Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सुन तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउन सांसदको माग

खबरडबली संवाददाता

काठमाडौं । सांसदहरुले सुन तस्करीमा संलग्नलाई कानुनी कारबाही गर्न, सहकारीपीडितको समस्या समाधान गर्न, वैदेशिक रोजगारीमा जानेलाई निःशूल्क तालिमको व्यवस्था गर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आजको बेठकको विशेष समयमा बोल्दै उनिहरुले सुन तस्करी, सहकारी ठगीलगायत गतिविधिलाई नियन्त्रण गर्दै सुशासन प्रवद्र्धनमा सरकार अग्रसर हुनुपर्ने माग गरे । सांसद राजेन्द्रकुमार केसीले सहकारीपीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सुन तस्करीका आरोपितलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । सांसद सञ्जयकुमार गौतमले सुन तस्करीका आरोपितलाई कारबाही गर्न सरकार समक्ष माग गरे । 

सांसद सूर्यबहादुर थापा क्षेत्रीले सुनको अबैध पैठारी तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गरी कार्यान्वयन गर्न सरकार समक्ष माग गरे । सांसद रामप्रकाश चौधरीले सुन तस्करी प्रकरणमा मुछिएका सबैलाई कानुनी दायरामा ल्याइनुपर्ने बताए । सांसद प्रेम सुवालले सुन तस्करीमा संलग्नलाई शीघ्र कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । 

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामेछानेलाई बुझाएको थियो । उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका थिए । 

निःशुल्क तालिमको माग

सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क विषयगत तालिमको व्यवस्था गर्न माग गर्नुपर्ने बताए । उनले कम्तीमा छ महिना तालिम नलिएका कामदारलाई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गरिनुपर्ने धारणा राखे । सांसद आचार्यले रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन  सङ्घीय सरकारले प्रत्येक पालिकामा त्यस्ता कामदारलाई लक्षित गरी निःशूल्क विषयगत तालिमको व्यवस्था गर्नुपर्ने खाँचो औँल्याए । 

सांसद पूर्णबहादुर घर्तीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै राजनीतिक दलहरुले सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए । सांसद निशा डाँगीले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद बुद्धिमान तामाङले राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षणलाई व्यवस्थित गरिनुपर्ने बताए । 

सांसद प्रदीप यादवले जलवायु परिवर्तनको असर नेपालभर परिरहेको तथा वायुमण्डल, जमिन, पानी र वन्यजन्तुमा परिरहेको भन्दै यसको जोखिम न्यूनीकरण गर्न सबै सक्रिय भएर लाग्नुपर्ने बताए । उनले ठूला देशले गरेको तीव्र औद्योगिकीकरणका कारण विश्वको तापमान वृद्धि भई नेपालजस्ता मुुलुकलाई बढी असर परेको उल्लेख गरे । 

सांसद शेरबहादुर कुँवरले दुरदराजका जनताले प्राथमिक स्वास्थ्य उपचार नपाएर अकालमा ज्यान गुगाइरहेको भन्दै नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चिता गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गरे । 

सांसद सीताकुमारी रानाले सहकारीपीडितलाई न्याय दिन सरकारले गम्भीर पहल गर्नुपर्ने माग गरिन् । सांसद सूर्यकुमारी श्रेष्ठले वैदेशिक रोजगारीका क्रममा नेपाली नागरिकले भोग्नुपरेका पीडा मर्कालाई ध्यान दिएर तत्सम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन माग गरिन् । सांसद मैना कार्कीले गठबन्धन सरकारले सुशासनसहितको आर्थिक विकास र समृद्धिका लागि प्रभावकारी काम गर्नुपर्ने खाँचो औंल्याइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending