काठमाडौं । सांसदहरुले सुन तस्करीमा संलग्नलाई कानुनी कारबाही गर्न, सहकारीपीडितको समस्या समाधान गर्न, वैदेशिक रोजगारीमा जानेलाई निःशूल्क तालिमको व्यवस्था गर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बेठकको विशेष समयमा बोल्दै उनिहरुले सुन तस्करी, सहकारी ठगीलगायत गतिविधिलाई नियन्त्रण गर्दै सुशासन प्रवद्र्धनमा सरकार अग्रसर हुनुपर्ने माग गरे । सांसद राजेन्द्रकुमार केसीले सहकारीपीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सुन तस्करीका आरोपितलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । सांसद सञ्जयकुमार गौतमले सुन तस्करीका आरोपितलाई कारबाही गर्न सरकार समक्ष माग गरे ।
सांसद सूर्यबहादुर थापा क्षेत्रीले सुनको अबैध पैठारी तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गरी कार्यान्वयन गर्न सरकार समक्ष माग गरे । सांसद रामप्रकाश चौधरीले सुन तस्करी प्रकरणमा मुछिएका सबैलाई कानुनी दायरामा ल्याइनुपर्ने बताए । सांसद प्रेम सुवालले सुन तस्करीमा संलग्नलाई शीघ्र कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामेछानेलाई बुझाएको थियो । उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका थिए ।
निःशुल्क तालिमको माग
सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क विषयगत तालिमको व्यवस्था गर्न माग गर्नुपर्ने बताए । उनले कम्तीमा छ महिना तालिम नलिएका कामदारलाई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गरिनुपर्ने धारणा राखे । सांसद आचार्यले रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सङ्घीय सरकारले प्रत्येक पालिकामा त्यस्ता कामदारलाई लक्षित गरी निःशूल्क विषयगत तालिमको व्यवस्था गर्नुपर्ने खाँचो औँल्याए ।
सांसद पूर्णबहादुर घर्तीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै राजनीतिक दलहरुले सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए । सांसद निशा डाँगीले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद बुद्धिमान तामाङले राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षणलाई व्यवस्थित गरिनुपर्ने बताए ।
सांसद प्रदीप यादवले जलवायु परिवर्तनको असर नेपालभर परिरहेको तथा वायुमण्डल, जमिन, पानी र वन्यजन्तुमा परिरहेको भन्दै यसको जोखिम न्यूनीकरण गर्न सबै सक्रिय भएर लाग्नुपर्ने बताए । उनले ठूला देशले गरेको तीव्र औद्योगिकीकरणका कारण विश्वको तापमान वृद्धि भई नेपालजस्ता मुुलुकलाई बढी असर परेको उल्लेख गरे ।
सांसद शेरबहादुर कुँवरले दुरदराजका जनताले प्राथमिक स्वास्थ्य उपचार नपाएर अकालमा ज्यान गुगाइरहेको भन्दै नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चिता गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गरे ।
सांसद सीताकुमारी रानाले सहकारीपीडितलाई न्याय दिन सरकारले गम्भीर पहल गर्नुपर्ने माग गरिन् । सांसद सूर्यकुमारी श्रेष्ठले वैदेशिक रोजगारीका क्रममा नेपाली नागरिकले भोग्नुपरेका पीडा मर्कालाई ध्यान दिएर तत्सम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन माग गरिन् । सांसद मैना कार्कीले गठबन्धन सरकारले सुशासनसहितको आर्थिक विकास र समृद्धिका लागि प्रभावकारी काम गर्नुपर्ने खाँचो औंल्याइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: