Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कैलालीमा निलम्बित अध्यक्षबाट दुई शिक्षकमाथि कुटपिट

खबरडबली संवाददाता

धनगढी । कैलालीमा निलम्बनमा परेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट दुई शिक्षक कुटिएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–४ मा रहेको सरस्वती माध्यमिक विद्यालयका अध्यक्ष भनिएका भरतराज जोशीले २ शिक्षकलाई कुटपिट गरेका हुन् ।

उनले नवराज भट्ट र मदनराज भाटमाथि कुटपिट गरेकाे प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरूको बिचमा माइनियुटको विषयमा विवाद भएको हो । विद्यालयका अध्यक्ष रहेका जोशीलाई अभिभावक भेलाले हटाइको थियो । वडा अध्यक्ष तारा प्रसाद अधिकारीका अनुसार जोशीलाई अभिभावक भेलाले हटाउने निर्णय गरेको थियो । उनले सरस्वती पूजाको दोस्रो दिन कक्षा सञ्चालन गर्न भनेका थिए ।

कक्षा १० का विद्यार्थीहरूलाई प्रश्न गर्ने र उत्तर नदिए, कक्षा ४ मा बसाल्ने गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोशीसँग शिक्षक तथा विद्यार्थीहरूको विवाद रहेको थियो । सोही विषयको विवाद लम्कीचुहा नगरपालिकाको नगर शिक्षा समिति हुँदै जिल्ला शिक्षा विकास इकाइसम्म आएको थियो । उनलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट निलम्बन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट निलम्बन गरिएको निर्णयको माग गर्दै जोशी बिहीबार विद्यालय गएका थिए । विद्यालयका प्रधानाध्यापकसँग उनको विवाद सुरु भएका बेला शिक्षकहरू भाट र भट्ट प्रवेश गरेका हुन् । 

शिक्षकहरूलाई जोशीले नकले हानेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, लम्कीले नियन्त्रणमा लिएको छ । दुबै शिक्षकहरूको उपचार हुँदैछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending