Khabar Dabali २५ जेष्ठ २०८३ सोमबार | 8th June, 2026 Mon
Investment bank

पारिश्रमिक नपाएपछि शिक्षकद्वारा परीक्षा बहिष्कार, ६ हजार विद्यार्थी परीक्षाबाट बञ्चित

खबरडबली संवाददाता

रौतहट। लामो समयदेखि अनेक विवादको घेरामा रहेको रौतहटको फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरुले तलबको लागि बार्षिक परीक्षा बहिष्कार गरेपछि ६ हजार विद्यार्थी परीक्षाबाट बञ्चित भएका छन्।शिक्षकको बहिष्कारको कारण नगरक्षेत्रअन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बालबालिका बार्षिक परीक्षा दिनबाट वञ्चित भएका हुन्।

नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा केहीबेर अघि माध्यामिक विद्यालय दुधिअवाको प्राङ्गणमा सम्पन्न बैठकले बुधबार निर्णय गरिएअनुसार बार्षिक परीक्षा बहिष्कार यथावत राख्ने सहमति भएको हो।

फतुवा बिजयपुरमा नगरपालिका स्थापना भएदेखि नै आफ्नै तलब पाउन प्रत्येक बर्ष आन्दोलन गर्नुपर्ने बाध्यताको अन्त्यका लागि यसपटक परीक्षा बहिष्कार गर्ने भएको निर्णयलाई सर्वसहमतिले कार्यान्वयन  गर्ने बैठकमा सल्लाह भएको शिक्षा संयोजक यादवले जानकारी दिएका छन्।

बैठकमा माबि दुधिअवा प्रधानाध्यापक रवीन्द्र साह, मावि बिजयपुर शंकर राय, हिमालीवास बाबुराम आचार्य, शितलपुर माविका बुनिलाल यादव, निमावि डुमरियाका सन्तोष जयसवाल, निमावि भैसहीका अशोक जयसवाल, निमावि लक्ष्मिनियाका जयकिशोर साह, निमावि बैरगनियाका प्रधानाध्यापक रामनाथ यादव लगायत शिक्षकहरूको सहभागिता रहेको थियो।

फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत प्रस्तावित सहित ७ मावि ४ निमावि र २१ प्राथमिक विद्यालयमा कार्यरत २०४ शिक्षक कर्मचारी तथा अन्य क्षेत्रमा कार्यरत गरी ३५० कर्मचारी गत साउन देखि हालसम्म तलब पाएका छैनन्।

होली पर्व आउन मात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना कम देखिएको भन्दै नगरका शिक्षकहरू बुधबार बिहान १० बजेदेखि नगरपालिका अगाडि धर्नामा बसेका थिए। नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा बसेको बैठकले जबसम्म शिक्षक कर्मचारीको खातामा तलब जाँदैन बार्षिक परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको थियो।

कार्यवाहक मेयर अम्बेया खातुन र नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादवले ६ हजार विद्यार्थीको भविष्यको लागि बार्षिक परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरू लाई आग्रह गरेका थिए।

नगरक्षेत्र अन्तर्गतका सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी ४ गते कोलेनिका बाट खातामा जाने निश्चित भएकाले तलबको बिषय लिएर अब कुनै प्रकारको विवाद आन्दोलन नगर्न खातुनले आग्रह गरेकी थिइन्।

खातुनले न्युज कारखानासँग कुरा गर्दै आफू कार्यवाहक मेयरको जिम्मेवारी पाएदेखि नै केही जनप्रतिनिधि बिभिन्न भ्रम फैलाएर असफल बनाउने पटकपटक षडयन्त्र गर्दै आएकाले कसैको बहकावामा नपरी बालबालिकाको भविष्यको लागि बार्षिक परीक्षा सञ्चालन गर्न खातुनले सम्पूर्ण शिक्षक कर्मचारीसँग अनुरोध गरेकी थिइन्।

त्यसैगरी फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले आगामी ४ गते नगरक्षेत्रका सम्पूर्ण शिक्षक कर्मचारीको तलब खातामा जाने दोहोर्‍याएका थिए।

'लामो समयदेखि अवरुद्ध नगरको काममा लागि रहेका छौं , शिक्षक कर्मचारीको तलब निकासाको प्रक्रिया अगाड बढेको छ, तथापि ४ गते आइतबार सबैको खातामा जानेछ,' उपसचिव प्रधानले पुन: प्रतिवद्धता जनाए ।

फतुवा बिजयपुरमा नेपाली कांग्रेस बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेण्डरमा दोषी ठहर भएर अख्तियार द्वारा दण्डित भई उनको पद रिक्त भएपछि गत आर्थिक वर्षदेखि सोही पार्टी बाट निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहकको जिम्मेवारी पाएकी हुन्। ११ वडा रहेको फतुवा विजयपुरमा ८ वडा सहित कांग्रेस पूर्ण बहुमतमा रहेको छ

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभामा विपक्षी अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन्। केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध जनाएपछि बैठक ...

नेपाल–भारत सीमा विवादमा प्रधानमन्त्री होइन, परराष्ट्र मन्त्रालयले जवाफ दिनुहुन्छ: महामन्त्री बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले नेपाल–भारत सीमा विवादबारे संसदमा प्रधानमन्त्रीले नभई सम्बन्धित मन्त्रालयले जव...

सर्वदलीय बैठक निष्कर्षविहीन: प्रधानमन्त्रीले नै संसद्‌मा जवाफ दिनुपर्ने विपक्षीको अडान

काठमाडौं । संघीय संसद्मा जारी गतिरोध अन्त्य गर्ने प्रयास असफल भएपछि विपक्षी दलहरूले संसद् अवरोध कायमै राख्ने निर्णय गरेका छन्। संसद्‌मा देखिएको अवर...

नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद अवरोध जारी रहने एमालेको चेतावनी

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ नदिएसम्म संसदको अवरोध जारी रहने बताएका छन्...

प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक: मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्लास्टिक प्रदूषण, जलवायु परिवर्तन तथा जैविक विविधता क्षयजस्ता साझा वातावरणीय चुनौती समाधानका लाग...

टीएमसी नेता जहाँगीर खान नेपाल सीमाबाट पक्राउ

कोलकाता । पश्चिम बंगाल प्रहरीको स्पेशल टास्क फोर्सले सोमबार तृणमूल कंग्रेस (टीएमसी)का नेता जहाँगीर खान लाई पक्राउ गरेको छ। उनलाई नेपाल सीमाबाट पक्राउ ...

लुम्बिनीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ, मन्त्रालयको जिम्मेवारीसमेत तोकियो

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्ती ले मन्त्रीहरूलाई शपथ ...

बादलले बोलाए एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक मङ्गलबार बस्ने भएको छ। एमाले सचिव...

रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शन...

राप्रपाले रास्वपालाई दियो वैदेशिक सम्बन्धमा परिपक्व हुन सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई वैदेशिक सम्बन्धका विषयमा परिपक्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending