Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

पारिश्रमिक नपाएपछि शिक्षकद्वारा परीक्षा बहिष्कार, ६ हजार विद्यार्थी परीक्षाबाट बञ्चित

खबरडबली संवाददाता

रौतहट। लामो समयदेखि अनेक विवादको घेरामा रहेको रौतहटको फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरुले तलबको लागि बार्षिक परीक्षा बहिष्कार गरेपछि ६ हजार विद्यार्थी परीक्षाबाट बञ्चित भएका छन्।शिक्षकको बहिष्कारको कारण नगरक्षेत्रअन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बालबालिका बार्षिक परीक्षा दिनबाट वञ्चित भएका हुन्।

नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा केहीबेर अघि माध्यामिक विद्यालय दुधिअवाको प्राङ्गणमा सम्पन्न बैठकले बुधबार निर्णय गरिएअनुसार बार्षिक परीक्षा बहिष्कार यथावत राख्ने सहमति भएको हो।

फतुवा बिजयपुरमा नगरपालिका स्थापना भएदेखि नै आफ्नै तलब पाउन प्रत्येक बर्ष आन्दोलन गर्नुपर्ने बाध्यताको अन्त्यका लागि यसपटक परीक्षा बहिष्कार गर्ने भएको निर्णयलाई सर्वसहमतिले कार्यान्वयन  गर्ने बैठकमा सल्लाह भएको शिक्षा संयोजक यादवले जानकारी दिएका छन्।

बैठकमा माबि दुधिअवा प्रधानाध्यापक रवीन्द्र साह, मावि बिजयपुर शंकर राय, हिमालीवास बाबुराम आचार्य, शितलपुर माविका बुनिलाल यादव, निमावि डुमरियाका सन्तोष जयसवाल, निमावि भैसहीका अशोक जयसवाल, निमावि लक्ष्मिनियाका जयकिशोर साह, निमावि बैरगनियाका प्रधानाध्यापक रामनाथ यादव लगायत शिक्षकहरूको सहभागिता रहेको थियो।

फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत प्रस्तावित सहित ७ मावि ४ निमावि र २१ प्राथमिक विद्यालयमा कार्यरत २०४ शिक्षक कर्मचारी तथा अन्य क्षेत्रमा कार्यरत गरी ३५० कर्मचारी गत साउन देखि हालसम्म तलब पाएका छैनन्।

होली पर्व आउन मात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना कम देखिएको भन्दै नगरका शिक्षकहरू बुधबार बिहान १० बजेदेखि नगरपालिका अगाडि धर्नामा बसेका थिए। नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा बसेको बैठकले जबसम्म शिक्षक कर्मचारीको खातामा तलब जाँदैन बार्षिक परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको थियो।

कार्यवाहक मेयर अम्बेया खातुन र नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादवले ६ हजार विद्यार्थीको भविष्यको लागि बार्षिक परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरू लाई आग्रह गरेका थिए।

नगरक्षेत्र अन्तर्गतका सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी ४ गते कोलेनिका बाट खातामा जाने निश्चित भएकाले तलबको बिषय लिएर अब कुनै प्रकारको विवाद आन्दोलन नगर्न खातुनले आग्रह गरेकी थिइन्।

खातुनले न्युज कारखानासँग कुरा गर्दै आफू कार्यवाहक मेयरको जिम्मेवारी पाएदेखि नै केही जनप्रतिनिधि बिभिन्न भ्रम फैलाएर असफल बनाउने पटकपटक षडयन्त्र गर्दै आएकाले कसैको बहकावामा नपरी बालबालिकाको भविष्यको लागि बार्षिक परीक्षा सञ्चालन गर्न खातुनले सम्पूर्ण शिक्षक कर्मचारीसँग अनुरोध गरेकी थिइन्।

त्यसैगरी फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले आगामी ४ गते नगरक्षेत्रका सम्पूर्ण शिक्षक कर्मचारीको तलब खातामा जाने दोहोर्‍याएका थिए।

'लामो समयदेखि अवरुद्ध नगरको काममा लागि रहेका छौं , शिक्षक कर्मचारीको तलब निकासाको प्रक्रिया अगाड बढेको छ, तथापि ४ गते आइतबार सबैको खातामा जानेछ,' उपसचिव प्रधानले पुन: प्रतिवद्धता जनाए ।

फतुवा बिजयपुरमा नेपाली कांग्रेस बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेण्डरमा दोषी ठहर भएर अख्तियार द्वारा दण्डित भई उनको पद रिक्त भएपछि गत आर्थिक वर्षदेखि सोही पार्टी बाट निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहकको जिम्मेवारी पाएकी हुन्। ११ वडा रहेको फतुवा विजयपुरमा ८ वडा सहित कांग्रेस पूर्ण बहुमतमा रहेको छ

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending