सुर्खेत । वीरेन्द्रनगर नगरपालिका क्षेत्रका अस्थायी संरचना हटाउन सुरु गरिएको छ । पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि वीरेन्द्रनगर नगरपालिकाले वडा नं ६ को हटिया लाइन क्षेत्रमा अस्थायी संरचना हटाउन सुरु गरेको हो ।
नगर विकास समितिले गत माघ १७ गते व्यापारीलाई आफ्ना संरचना भत्काइ सरकारी जग्गा खाली गराउन सूचना जारी गरेको थियो । यही फागुन २३ गते नै समय सकिएको भए पनि नगरपालिकाले फागुन ३० गतेसम्म संरचना हटाउन समय उपलब्ध गराएको थियो । तर, व्यवसायीले उचित विकल्प नदिएको भन्दै संरचना हटाउनुको साटो आन्दोलन थालेपछि नगरपालिकाले आफैँ संरचना हटाउन थालेको जनाएको छ ।
वीरेन्द्रनगर–६ को हङ्कङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउन थालेको नगरपालिका प्रमुख मोहोनमाया ढकालले बताइन् । नगरपालिकाले डोजर चलाउन थालेपछि केही व्यापारीले ढुङ्गामुढा गरेपछि केहीबेर तनाव भएको थियो ।
व्यवसायीको आक्रमणबाट डोजरको सिसा फुटेको छ भने नगरपालिकाका तीन जना कर्मचारी घाइते भएका छन् । नगरप्रमुख ढकालले प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको र अस्थायी संरचना हटाइने बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: