भैरहवा । भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३ मा सहभागीहरुले नेपाली बस्तुको निर्यातमा भारतमा विभिन्न समस्या र अड्चनहरु सिर्जना हुने गरेको बताएका छन् । नेपालको अर्थतन्त्रमा ठूलो हिस्सा भारतको भए पनि यहाँ उत्पादित बस्तु भारतमा निर्यात गर्दा उद्योगी व्यवसायीले समस्या व्योहोर्नु परेको बताए ।
भैरहवामा भएको तेस्रो भारत–नेपाल आर्थिक साझेदारी शिखरमा बोल्दै सहभागीले दुईपक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारले महत्वपूर्ण भूमिका खेल्दै आउने समस्याको समाधान गर्नुपर्ने बताए ।
पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको आयोजना नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको संयोजन तथा नेपाल एसबीआई बैंकको सहकार्यमा भएको सम्मेलनमा बोल्दै नेपाल एसविआई बैंकका सल्लाहकार अनुकुल भटनाकरले दुई देशबीच धेरै वर्ष अगाडिबाट व्यपार भइरहेको बताउँदै यहाँ धेरै सम्भावना रहेको जनाए ।
पछिल्लो ५ वर्षमा कनेक्टीभिटीमा ठूलो परिवर्तन आएको उनले बताए । नेपालको प्रवेश विन्दुको रुपमा रहेको भैरहवा नाकाबाट सम्बन्ध सुमधुर बनाई दुवै देशको आर्थिक उन्नति हुने उनले बताए ।
नेपालका लागि पूर्वभारतीय राजदुत मनजीव सिंह पुरीले भारतको आर्थिक विकास तीव्र रुपले अघि बढाई धेरै परिवर्तन ल्याउनुमा निजि क्षेत्रको ठूलो भुमिका रहेको बताउँदै नेपाली निजी क्षेत्रले पनि भूमिका खेल्नु पर्ने बताए । रोटीवेटीको पुरानो सम्बन्ध जस्तै दुवै देशका निजी क्षेत्रसँगै बसेर छलफलबाट काम गरे नतिजा राम्रो हुने र दुवै देशका नागरिक विकसित हुने उनको भनाइ थियो ।
सीमामा दुवै देशको व्यापार सहजीकरणका लागि भएको समस्या समाधानका लागि पहल गर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: