रौतहट । डडेलधुरा जिल्लामा सुन चोरीको घटनामा संलग्न रहेका दुई जना मानिस रौतहटबाट पक्राउ परेका छन् ।
केही दिनअघि भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुई जना लाई पक्राउ गरेको हो । रौतहटको चन्द्रपुर नगरपालिका ४ चनद्रनिगाहपुर स्थित बाटोमा हिँडिरहेको अवस्थामा डडेलधुरामा सुन चोरी गरी फरार रहेका दुवैजना लाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर रमाशंकर प्रसाद यादवको कमाण्डमा खटिएको टोलिले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।
पक्राउ पर्नेमा रौतहट चन्द्रपुर ९ बस्ने भिम बहादुर विश्वकर्माको छोरा वर्ष ४० को सुरेन्द्र बिश्वकर्मा र सप्तरी दुहबि नगरपालिका ४ बस्ने भैरव विश्वकर्माको छोरा वर्ष ४४ को शंकर बिश्वकर्मा रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन् ।
पक्राउ परेका दुबैजना आरोपी लाई डडेलधुराबाट खटिआएका इन्स्पेक्टर कुसुम नायकको जिम्मा लगाई पठाइएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन् । इन्सपेक्टर नायकका अनुसार डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका ५ स्थित बिजय साह सोनारको सुन चाँदी पसलमा गत १४ गते राती ९ बजे २० ग्राम सुन चोरी भएको थियो ।
अनुसन्धानमा उक्त घटनामा शंकर विश्वकर्माको संलग्नता देखिएको थियो । घटनाबारे अर्का आरोपी सुरेन्द्र बिश्वकर्मालाई पूर्ण जानकारी रहेको थियो । तर उनले प्रहरीलाई असहयोग गरेको कारण दुबै जनालाई पक्राउ गरिएको इन्सपेक्टर नायकले जानकारी दिएका छन् । दुवै जनालाई डडेलधुरामा आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सैयौं किलोमिटर टाढा डडेलाधुराबाट मात्र २० ग्राम सुन चोरी भएको १० दिनभित्रै आरोपीलाई रौतहटबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: