एजेन्सी । अफगानिस्तानमा महिलाहरूलाई आधारभूत अधिकारबाट वञ्चित भएको विवरणह आइरहेका समयमा मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त, भोल्कर टर्कले अफगानिस्तानमा महिला तथा किशोरी अधिकारलाई प्राथमिकता दिन आह्वान गरेका छन् ।
तुर्कले अफगानिस्तानले सामना गर्ने महिला तथा किशोरीहरूको अधिकारको अत्यधिक उल्लङ्घनको विषयमा ध्यानाकर्षण गराएकाे खामा प्रेसले आफ्नो समाचारमा लेखेको छ ।
अफगानिस्तानमा मानव अधिकारका लागि संयुक्त राष्टसङ्घीय विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिला तथा बिशोरहरूको दुरावस्थालाई विशेष जोड दिँदै अफगानिस्तान मानव अधिकारको गम्भीर अवस्थामा तुर्कको चिन्तालाई उजागर गरे ।
महिला अधिकारमा ध्यान केन्द्रित गर्दै अफगानिस्तानको इस्लामिक इमिरेटसँगको कुनै पनि अन्तरक्रियाका लागि मानव अधिकारको मौलिक सम्मान पूर्व शर्त भएको बेनेटले बताए ।
तालिबानले सत्ता कब्जा गरेको दुई वर्षभन्दा बढी समयपछि अफगानिस्तानमा मानव अधिकारको निरन्तर ह्रासबारे बेनेटको प्रतिवेदन २९ फेब्रुअरीमा संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्मा पठाइएको थियो ।
खामा प्रेसका अनुसार तुर्कले मानव अधिकारका मुद्दाहरूमा मात्र नभई तालिबानले सञ्चारमाध्यम र पत्रकारिताको दमनको बारेमा पनि चिन्ता व्यक्त गरे । प्रतिवेदनमा कान्दाहारमा व्यक्तिहरूको तस्बिरको प्रकाशनलाई गैरकानुनी बनाउने र खोस्ट प्रान्तमा महिलाहरूलाई रेडियो कार्यक्रममा समेत निषेध गर्ने जस्ता उपायहरू समावेश छन् ।
यद्यपि, तालिवान प्रशासनका प्रवक्ता जबिहुल्लाह मुजाहिदले महिला अधिकारका लागि वर्तमान् सरकार प्रतिबद्ध भएको बताए । मानव अधिकारको उल्लङ्घनलाई अस्वीकार गरी पश्चिमी राष्ट्रहरूले अफगान सरकारलाई दबाब दिन यी दावीहरू प्रयोग गरेको दावी उनले गरे ।
तालिबानले महिला अधिकारमा लगाएको कडा प्रतिबन्धले उनीहरूको शिक्षा र रोजगारीका अवसरहरूमा घातक प्रभाव पारेको छ । अफगान महिला तथा बालिकाहरूले सशक्तिकरण र आर्थिक स्वतन्त्रताको लागि आवश्यक मार्गहरूबाट वञ्चित गर्दै विद्यालय जान वा सुखद भविष्यको खोजी गर्न विकराल अवरोधहरूको सामना गरिरहेका छन् ।
यसैगरी, अन्तर्राष्ट्रिय समुदायले व्यापक मानवीय प्रयासको एक हिस्साको रूपमा अफगान महिला अधिकारको संरक्षण र समर्थनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको खामा प्रेसले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: