Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

अन्यदलका नेतालाई प्रधानमन्त्रीको अफर गर्दै गठबन्धन तोड्ने प्रयासमा काँग्रेस

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाली काँग्रेसले वर्तमान सत्ता गठबन्धन तोड्न प्रयास गरिरहेको छ । काँग्रेसले नेकपा एमाले र माओवादीसहितको गठबन्धनमा बनेको नयाँ सरकारको पक्षमा बहुमत पुग्न नदिन प्रयास गरिरहेको हो ।

काँग्रेसले प्रधानमन्त्रीमा विभिन्न दलका नेताहरूलाई अफर गरेर वर्तमान गठबन्धन तोड्ने र नयाँ सरकारको पक्षमा बहुमत पुग्न नदिन  गरेको प्रयास पछिल्लो घटनाक्रमले पनि देखाएकामे छ । काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको विषय मङ्गलवार दिनभर चर्चामा रहेको थियो । यसको लगतै  बुधवार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको अफर गरेको पनि चर्चा भइरहेको  छ । तर, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रधानमन्त्रीमा कसैलाई पनि अफर नगरेको बताएका छन् । उनले प्रधानमन्त्रीको अफर गरेको विषय अस्वीकार गरे पनि काँग्रेस स्रोतलाई उदृत गर्दै समाचारहरू आइरहेका छन् ।

धोका दिएका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बन्न नदिने प्रयासमा काँग्रेस रहेको छ । धोका दिएका प्रचण्डलाई पाखा लगाउन काँग्रेसले राष्ट्रिय सभा अध्यक्ष पनि एमालेलाई नै अफर गरेको चर्चा छ । काँग्रेस नेतृत्व निरन्तर अन्य दलसँगको संवादमा छ । सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् । 

गठबन्धनमा सहभागी हुन हतार नगर्न नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कांग्रेस भिापति शेरबहादुर देउवाले भेटेरै भनेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई सन्देश पठाएका छन् । यसैगरी काँग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि सन्देश पठाएर हतारमा नर्णिय नगर्न भनेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...

बाजुरामा तनाव चर्कियो : ३५ परिवार विस्थापित, भेडीगोठमा आगजनी

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...

छानबिनको ‘क्लिन चिट’सँगै गृह मन्त्रालयमा सुधन गुरुङको शक्तिशाली कमब्याक

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...

तरकारी बजारमा राहत : गोलभेँडा २० रुपैयाँमा झर्‍यो, आज कुन वस्तुको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...

निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन, नेपाली चलचित्र क्षेत्र शोकमा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक कृष्ण चापागाईं को अमेरिकामा हृदयघातका कारण निधन भएको छ। उपचारका क्रममा बोस्टनस्थित अस्पतालमा उनको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending