काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सबभन्दा राम्रो देखिनुपर्ने संसद्को स्तर दिन प्रति दिन खस्किँदै गएको भनेर आलोचना गरेका छन् । पूर्वसभामुख समेत रहेका सापकोटाले ‘विचारको शून्यताका कारण संसद्मा अराजकता बढेकाले दिन प्रति दिन संसद् खस्किँदै गएको बताएका हुन् ।
शनिबार माओवादीको मुख्यालयमा रिटर्नी सेन्टर नेपालको प्रथम बागमती प्रदेश सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले देशमा विकृति विसङ्गति र अराजकता बढेको छ, देशको संसद्मा समेत अराजकता देखिन्छ । यसको पछाडिको मुख्य कारण विचारको विकास नहुनु,विचारको रिक्तता, विचारको शून्यता नै हो जसले लोकतन्त्र कमजोर भइरहेको छ । लोकतन्त्र त सबभन्दा बलियो हुनुपर्ने संसद्मा पनि अराजकता छ नि तपाईँहरूले पनि देख्नुभएको होला सबभन्दा राम्रो देखिनुपर्ने संसद् सबभन्दा नराम्रो देखिन्छ । त्यहाँको स्तर दिन प्रति दिन खस्किरहेको छ ।’
प्रवक्ता सापकोटाले अहिले देशको परिवर्तनको नेतृत्व गर्ने पार्टी माओवादीको विरुद्धमा विभिन्न खालका भयानक जालझेलहरू भइरहेको बताए । फेरि एक पटक भयानक आँधी तुफान र भारी वर्षाका बिचमा पनि शक्तिशाली भएर उभिन उनले सबैलाई अपिल गरे ।
सापकोटाले भने, ‘अहिले भएको यो परिवर्तनका विरुद्धमा परिवर्तनको नेतृत्व गर्ने पार्टी र त्यसको नेतृत्वको विरुद्धमा भयानक ठूला षड्यन्त्रहरू हुँदै छन् । त्यसैले अपिल गर्छु फेरि हामी एक पटक त्यो भयानक आँधी तुफान र भारी वर्षाका बिचमा पनि शक्तिशाली भएर उभिने खालको मान्छे बन्नुपर्छ ।’
आफूलाई चिन्ने कुरा सबैभन्दा कठिन रहेको भन्दै अरू रूपान्तरण भए कि भएनन् भन्दा पनि म रूपान्तरण भएँ कि भइनँ भन्ने कुरा सोच्ने र आत्म सुधारमा लाग्नुपर्ने उनको सुझाव छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: