दाङ । तुलसीपुर रोयल्स र दङ्गाली लायन्स दाङको घोराहीमा जारी ‘दाङ क्रिकेट लिग–२’ को उपाधिका लागि भिड्ने भएका छन् । फाइनल खेल शनिबार घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा हुने छ ।
दाङ क्रिकेट सङ्घको आयोजनामा यही फागुन १४ गतेदेखि सुरु भएको लिग चरणको अन्तिम खेलमा शुक्रबार तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई तथा दङ्गाली लायन्सले देउखुरी वारियर्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।
तुलसीपुर रोयल्स लिग चरणका चारवटै खेलमा अपराजित रहँदै आठ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै दङ्गाली लायन्स चार खेलमा तीनमा जित तथा एउटामा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा सहभागी घोराही टाइगर्स चार अङ्कसहित तेस्रो, पुरन्धारा च्यालेन्जर्स दुई अङ्कसहित चौथो तथा लिग चरणमा जितबिहीन रहेको देउखुरी वारियर्स अङ्क तालिकाको पुछारमा रहेको छ ।
पहिलो खेलमा दङ्गाली लायन्सले देउखुरी वारियर्सलाई ६ विकेटले हराएको हो । देउखुरीले दिएको एक सय २६ रनको लक्ष्य दङ्गालीले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । यस अघि टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रन बनाएको थियो ।
यसैगरी आजै भएको लिग चरणको अन्तिम खेलमा तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई ४१ रनले पराजित गर्यो । घोराहीले एक सय ५१ रनको लक्ष्य पाए पनि २० ओभरमा नौ विकेटको क्षतिमा एक सय नौ रन मात्र बनायो । यस अघि टस हारेर ब्याटिङको निम्तोे पाएको तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५० रन बनाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: