तनहुँ । भरतपुर महानगरपालिकाले आजदेखि सुरु गरेको भ्रमण वर्ष २०२४ ले तनहुँको देवघाटको धार्मिक पर्यटनका लागि सहयोग पुग्ने भएको छ । सो महानगरपालिकासँग सिमाना जोडिएको देवघाटको धार्मिक पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्षले सहयोग पुग्ने विश्वास गरिएको छ ।
भरतपुर भ्रमण वर्ष उक्त महानगरपालिकाका लागि मात्रै नभइ छिमेकी पालिकाको पर्यटन प्रवद्र्धनका लागि सहयोगी हुने विश्वास गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । उनले भने, “भरतपुर आउने पर्यटकलाई देवघाटसम्म ल्याउने वातावरण सृजना गरी यहाँको धार्मिक पर्यटनको प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्छ, त्यसका लागि हामी सहकार्य गर्छौं ।”
भरतपुर भ्रमण वर्ष सफल बनाउन देवघाटको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ । भरतपुर महानगरले भ्रमण वर्षलाई सहयोग गर्न सीमा जोडिएका सात स्थानीय तहलाई अनुरोध गरेको थियो । भरतपुरसँग सीमा जोडिएका तनहुँको देवघाट, नवलपुरको गैँडाकोटसहित चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकालाई औपचारिकरुपमा आह्वान गरेको थियो ।
भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको स्वागतका लागि देवघाट गाउँपालिकाले स्थानीय माझी, बोटे, मगर, गुरुङ र कुमाल समुदायको सांस्कृतिक नाच तथा गुरुकुलका बटुक र ब्राह्मणको भजन प्रदर्शन गर्ने अध्यक्ष थापाले बताए । भरतपुर भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको कम्तीमा ४० प्रतिशत देवघाटमा लैजान सकेमा देवघाटको पनि थप प्रचारप्रसार हुने र देवघाटमा व्यापार–व्यवसायको प्रवद्र्धन हुने अध्यक्ष थापाले बताए । उनले भने, “भरतपुर भ्रमण वर्षले देवघाटको धार्मिक पर्यटनमा समेत सहयोग पुग्छ, त्यसका लागि पनि देवघाटले भ्रमण वर्ष सफल बनाउन सहयोग गर्नेछ ।”
भरतपुर भ्रमण वर्षले भरतपुरको मात्र नभई आसपासका छिमेकी जिल्लाको पर्यटन प्रवद्र्धन र समृद्धिमा सहयोग पुग्ने महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिइन । महानगरपालिकाले घुम्ने गन्तव्यको सूचीमा देवघाटलाई समेत समावेश गरेको छ । देवघाटमा चक्रवर्ती मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम, वेणी सङ्गमस्थल, सीता गुफा, देवपुर सामुदायिक घरबास, गोपीटार सामुदायिक घरबास, खाल्टे सामुदायिक घरबास, कोटा रङ्गशाला, छरछरे झरना, घण्टाचुली, प्याउलीगढी, सिन्च्याङगढी, पालुराज मन्दिर, सीता गुफा, बौद्ध गुम्बालगायत पर्यटकीय गन्तव्य छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: