उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित त्रियुगा पुलको निर्माण तीव्र गतिमा भएको छ । मदन भण्डारी राजमार्गसँग स्थानीय तोरीबारी सडकलाई जोड्ने गरी निर्माण सुरु गरिएको पुलको निर्माण तिब्र गतिमा भएको हो ।
त्रियुगाकै सिवाही, बेलकाको गिदेरीखोला, धाप्लाङ सुनकोशीलगायत जिल्लाभित्रका अन्य कतिपय ठुला पक्की पुलको निर्माण वर्षौंदेखि अलपत्र परिरहेको अवस्थामा तोरीबारी कालीखोलाको यो त्रियुगा पुल भने निर्धारित समयसीमाभन्दा एक वर्षअगावै सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम अगाडि बढाएको हो ।
दुई स्पान र तीन वटा पिल्लरको करिब नौ मिटर चौडाइ तथा ८२ मिटर लम्बाइ रहेको मोटरेबल पक्की पुल निर्माण गर्न वीरेन्द्रनगर सुर्खेतको वाइएसएस निर्माण कम्पनीले २०८० साल असोज १ बाट काम थालेको पूर्वाधार विकास कार्यालय उदयपुरका साइट इन्जिनियर विवेकानन्द झाले बताए । निर्माण सुरु गरेको करिब छ महिना पनि नबित्दै करिब ६५ प्रतिशत काम सम्पन्न गरेको र यही फागुनभित्रमा एउटा स्पान अर्थात् ४१ मिटर पुलको ढलान सम्पन्न गर्ने गरी काम भइरहेको इन्जिनियर झाले बताए ।
कुल ११ करोड ३६ लाख ८५ हजार रुपियाँको लागतमा निर्माण सम्पन्न गर्ने गरी आफूहरूले २०८० साल वैशाख ११ गते सम्झौता गरेको र सो अनुरूप निर्माणको काम तीव्र रूपमा अगाडि बढाइएको थियो तर कार्यालयले भने सम्पन्न भएको काम अनुसार भुक्तानी नदिँदा आर्थिक अभाव उत्पन्न भई पुल निर्माणको काम अब भने प्रभावित हुन सक्ने अवस्थामा पुगेको निर्माण व्यवसायी महेशकुमार रेग्मीले बताए ।
निर्माण सम्पन्न भएको आधारमा करिब सात करोड रुपैयाँ भुक्तानी हुनुपर्ने र सो अनुसार बिलसमेत पेस गरिएकामा हालसम्म तीन करोड रुपैयाँ मात्र भुक्तानी भएको रेग्मीको भनाइ छ । काम सम्पन्न भएको खर्च मात्रै करिब चार करोड रुपयाँ भुक्तानी हुन बाँकी रहेको उनले बताए ।
प्रदेश सरकारले रकम नपठाउँदा भुक्तानीमा कठिनाई भएको कार्र्यालयले जनाएको छ । पुल निर्माणको कामसँगै त्रियुगा नदीको दुवै किनारामा पुलभन्दा माथिको भागमा दुई–दुई सय र तलको भागमा ५०–५० मिटर गरी करिब पाँच सय मिटर लामो तारजाली लगाएर नदी नियन्त्रणको कामसमेत सम्पन्न भइसकेको छ । रकम अभाव नहुने हो भने चालु आवको अन्त्यसम्ममा पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर लक्ष्मण बस्नेतले बताए ।
त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतले द्रुत गतिमा कार्य गर्ने निर्माण व्यवसायीलाई रकम अभाव हुन नदिन आफूले पहल गर्ने बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: