उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित त्रियुगा पुलको निर्माण तीव्र गतिमा भएको छ । मदन भण्डारी राजमार्गसँग स्थानीय तोरीबारी सडकलाई जोड्ने गरी निर्माण सुरु गरिएको पुलको निर्माण तिब्र गतिमा भएको हो ।
त्रियुगाकै सिवाही, बेलकाको गिदेरीखोला, धाप्लाङ सुनकोशीलगायत जिल्लाभित्रका अन्य कतिपय ठुला पक्की पुलको निर्माण वर्षौंदेखि अलपत्र परिरहेको अवस्थामा तोरीबारी कालीखोलाको यो त्रियुगा पुल भने निर्धारित समयसीमाभन्दा एक वर्षअगावै सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम अगाडि बढाएको हो ।
दुई स्पान र तीन वटा पिल्लरको करिब नौ मिटर चौडाइ तथा ८२ मिटर लम्बाइ रहेको मोटरेबल पक्की पुल निर्माण गर्न वीरेन्द्रनगर सुर्खेतको वाइएसएस निर्माण कम्पनीले २०८० साल असोज १ बाट काम थालेको पूर्वाधार विकास कार्यालय उदयपुरका साइट इन्जिनियर विवेकानन्द झाले बताए । निर्माण सुरु गरेको करिब छ महिना पनि नबित्दै करिब ६५ प्रतिशत काम सम्पन्न गरेको र यही फागुनभित्रमा एउटा स्पान अर्थात् ४१ मिटर पुलको ढलान सम्पन्न गर्ने गरी काम भइरहेको इन्जिनियर झाले बताए ।
कुल ११ करोड ३६ लाख ८५ हजार रुपियाँको लागतमा निर्माण सम्पन्न गर्ने गरी आफूहरूले २०८० साल वैशाख ११ गते सम्झौता गरेको र सो अनुरूप निर्माणको काम तीव्र रूपमा अगाडि बढाइएको थियो तर कार्यालयले भने सम्पन्न भएको काम अनुसार भुक्तानी नदिँदा आर्थिक अभाव उत्पन्न भई पुल निर्माणको काम अब भने प्रभावित हुन सक्ने अवस्थामा पुगेको निर्माण व्यवसायी महेशकुमार रेग्मीले बताए ।
निर्माण सम्पन्न भएको आधारमा करिब सात करोड रुपैयाँ भुक्तानी हुनुपर्ने र सो अनुसार बिलसमेत पेस गरिएकामा हालसम्म तीन करोड रुपैयाँ मात्र भुक्तानी भएको रेग्मीको भनाइ छ । काम सम्पन्न भएको खर्च मात्रै करिब चार करोड रुपयाँ भुक्तानी हुन बाँकी रहेको उनले बताए ।
प्रदेश सरकारले रकम नपठाउँदा भुक्तानीमा कठिनाई भएको कार्र्यालयले जनाएको छ । पुल निर्माणको कामसँगै त्रियुगा नदीको दुवै किनारामा पुलभन्दा माथिको भागमा दुई–दुई सय र तलको भागमा ५०–५० मिटर गरी करिब पाँच सय मिटर लामो तारजाली लगाएर नदी नियन्त्रणको कामसमेत सम्पन्न भइसकेको छ । रकम अभाव नहुने हो भने चालु आवको अन्त्यसम्ममा पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर लक्ष्मण बस्नेतले बताए ।
त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतले द्रुत गतिमा कार्य गर्ने निर्माण व्यवसायीलाई रकम अभाव हुन नदिन आफूले पहल गर्ने बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - २१:३०
काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...
चैत्र ११ गते, २०८२ - २१:२८
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...
चैत्र ११ गते, २०८२ - २१:२५
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...
चैत्र ११ गते, २०८२ - २१:१९
काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...
चैत्र ११ गते, २०८२ - २१:१८
बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...
चैत्र ११ गते, २०८२ - २१:०८
काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...
चैत्र ११ गते, २०८२ - २१:०४
काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...
चैत्र ११ गते, २०८२ - २१:०१
सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...
चैत्र ११ गते, २०८२ - २०:४०
नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...
चैत्र ११ गते, २०८२ - २०:३५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...


प्रतिकृया लेख्नुहोस्: