काठमाडौं । शहिद प्रतिष्ठान नेपालले 'शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति' भन्ने शिर्षकमा अन्तरक्रिया गर्ने भएको छ । लामो समयदेखि जनयुद्धका शहिद, बेपत्ता तथा घाइतेहरुको क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानले फागुन २१ गते ११ बजे उक्त कार्यक्रम गर्न लागेकाे हाे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे प्रमुख अतिथ्यता रहने उक्त कार्यक्रम राष्ट्रिय सभागृहमा हुने बताइएकाे छ ।
अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा एकीकृत समाजबादीका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजबादी पार्टीका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव एवम् समाजबादी मोर्चाका संयोजक विप्लव सि, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागीता रहनेछ ।
वि.स. २०६५ मा पोष्ट बहादुर बोगटीको अध्यक्षतामा स्थापित शहिद प्रतिष्ठान नेपालको संरक्षकको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । प्रतिष्ठानले देशभरी ५ स्थानमा शहिद स्मृति आवासीय माध्यमिक विद्यालयहरु संचालन गर्दै आइरहेकाे छ । डोटी, दाङ, पोखरा, दोलखा र सुनसरीमा रहेको उक्त विद्यालयहरुमा करिब २५ सय विद्यार्थीहरु अध्ययनरत रहेका प्रतिष्ठानले जनाएकाे छ । यसरी सञ्चालित विद्यालयले शहिद परिवार, बेपत्ता, घाइते, अल्पसंख्यक, दलित, बेसहारा सहित स्थानीय विद्यार्थीहरुलाई समेत निशुल्क शिक्षा दिँदै आएको छ ।
पछिल्लो समय उत्पन्न राजनीतिक विवादले शान्ति प्रक्रिया नटुंगिने हो कि भन्ने शंका पैदा भइरहेको बेला शहिद प्रतिष्ठान नेपालले सबै प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूलाई एउटै मञ्चमा खडा गरेर शान्ति प्रक्रियाको विषयमा बोल्नको लागि अन्तरक्रिया राखेको शहिद प्रतिष्ठान नेपालका महासचिव युवराज चौलागाईले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: