काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा अहिलेको अवस्थामा विमानस्थल बनाउन नसक्ने निष्कर्ष निकालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् । मन्त्री किरातीको निर्देशनअनुसार गठित अध्ययन समितिको प्रतिवेदनले अहिले सञ्चालनमा रहेको विमानस्थलसँगको भौतिक दूरीकै कारण यो सम्भव नरहेको निष्कर्ष निकालेपछि मेयर हर्क साम्पाङ मन्त्री किरातीविरुद्ध खनिएका हुन् ।
सामाजिक सञ्चालमा मन्त्री किरातीलाई लक्षित गर्दै उनको तारन्तार स्टाटस सार्वजनिक भइरहेको छ । समितिको निष्कर्ष सार्वजनिक भएको २४ घण्टा नपुग्दै उनले दर्जन बढी स्टाटस पोष्ट गरिसकेका छन् । मेयर साम्पाङले किराँतीलाई कुलले धिक्कार्नेसम्म भन्न भ्याएका छन् । उनले एउटा नाथे नियमावली संशोधन गर्न नसक्ने मन्त्रीको संज्ञा पनि दिएका छन् ।
उनले पछिल्लो स्टाटसमा भनेका छन्, ‘एउटा नाथे नियमावली संशोधन गर्न नसक्ने मन्त्रीले के गर्छ हौ रु भाषण मात्रै गर्दै बस्नु, उहिल्यै बर्गर खाको ढिंडो खाको, देश परिवर्तन गर्ने आँट हुनु पर्छ नि, खोइ त आँट रु छि‘’ उनी यतिमा मात्रै रोकिँदैनन् मन्त्री किराँतीले राज्यको ढुकुटी सकेकोसम्म भनेका छन् । ‘केही गर्छ कि भनेको ताइँ न तुइँको गफ बाहेक अरू केही गरेन । मन्त्री भए पछि मन्त्री जस्तो काम गरे पो यस भन्नु, राज्यको ढुकुटीको सत्यानाश मात्रै ।’ उनले भनेका छन् ।
मेयर साम्पाङले नियमावलीलाई थुक्दै संविधान त परिवर्तन हुने नियमावली संशोधन नहुने भन्दै पनि टिप्पणी गरेका छन् । उनले नियमावली संशोधन गरेर भए पनि विमानस्थल बनाउने मन्त्री किरातीलाई चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्चालमा मन्त्री किरातीलाई लक्षित गर्दै लेखेका छन्,‘तेरो नियम संशोधन गरेर भए पनि विमान स्थल बनाउनेछौँ । ज्यादा नखोक् । संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु । उनको स्टाटस हेर्दा लाग्छ, उनले आफू मेयर भएको समेत बिर्सिएर टिप्पणी गरिरहेका छन् ।
त्यसो त धरानमा विमानस्थल माग्दै मन्त्रालयमा आइपुगेका मेयर हर्क साम्पाङलाई उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले उतिबेलै हवाई नीति र दूरीबारे सम्झाएका पनि थिए । धरानमा विमानस्थल बन्न सक्दैन भनेपछि साम्पाङसँग मन्त्रालयमै उनको भनाभनको अवस्था देखिएको थियो । तर साम्पाङलाई नचिढ्याउन मन्त्री किरातीले अध्ययन समितिको एकसरो निर्देशन दिएका थिए ।
सोही निर्देशनअनुसार गठित समितिले दिएको निर्देशनले पनि हवाई नीतिको व्यवस्था र विराटनगर–धरानबीचको दूरीबाहेक केही बोलेको छैन । समितिको निष्कर्षसँगै उक्त विमानस्थल सम्बन्धी परियोजना अगाडि बढाउने बाटो पनि बन्द भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: