Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

धरानका नगर प्रमुख हर्क साम्पाङको सनक, सामाजिक सञ्जालमै दिए मन्त्री किरातीलाई दनक !

‘कुलको इज्जत राख्छ कि भनेको हुतिहारा परेछ !’

खबरडबली संवाददाता

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा अहिलेको अवस्थामा विमानस्थल बनाउन नसक्ने निष्कर्ष निकालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् । मन्त्री किरातीको निर्देशनअनुसार गठित अध्ययन समितिको प्रतिवेदनले अहिले सञ्चालनमा रहेको विमानस्थलसँगको भौतिक दूरीकै कारण यो सम्भव नरहेको निष्कर्ष निकालेपछि मेयर हर्क साम्पाङ मन्त्री किरातीविरुद्ध खनिएका हुन् ।

सामाजिक सञ्चालमा मन्त्री किरातीलाई लक्षित गर्दै उनको तारन्तार स्टाटस सार्वजनिक भइरहेको छ । समितिको निष्कर्ष सार्वजनिक भएको २४ घण्टा नपुग्दै उनले दर्जन बढी स्टाटस पोष्ट गरिसकेका छन् । मेयर साम्पाङले किराँतीलाई कुलले धिक्कार्नेसम्म भन्न भ्याएका छन् । उनले एउटा नाथे नियमावली संशोधन गर्न नसक्ने मन्त्रीको संज्ञा पनि दिएका छन् ।

उनले पछिल्लो स्टाटसमा भनेका छन्, ‘एउटा नाथे नियमावली संशोधन गर्न नसक्ने मन्त्रीले के गर्छ हौ रु भाषण मात्रै गर्दै बस्नु, उहिल्यै बर्गर खाको ढिंडो खाको, देश परिवर्तन गर्ने आँट हुनु पर्छ नि, खोइ त आँट रु छि‘’ उनी यतिमा मात्रै रोकिँदैनन् मन्त्री किराँतीले राज्यको ढुकुटी सकेकोसम्म भनेका छन् । ‘केही गर्छ कि भनेको ताइँ न तुइँको गफ बाहेक अरू केही गरेन । मन्त्री भए पछि मन्त्री जस्तो काम गरे पो यस भन्नु, राज्यको ढुकुटीको सत्यानाश मात्रै ।’ उनले भनेका छन् ।

मेयर साम्पाङले नियमावलीलाई थुक्दै संविधान त परिवर्तन हुने नियमावली संशोधन नहुने भन्दै पनि टिप्पणी गरेका छन् । उनले नियमावली संशोधन गरेर भए पनि विमानस्थल बनाउने मन्त्री किरातीलाई चेतावनी दिएका छन् ।

उनले सामाजिक सञ्चालमा मन्त्री किरातीलाई लक्षित गर्दै लेखेका छन्,‘तेरो नियम संशोधन गरेर भए पनि विमान स्थल बनाउनेछौँ । ज्यादा नखोक् । संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु । उनको स्टाटस हेर्दा लाग्छ, उनले आफू मेयर भएको समेत बिर्सिएर टिप्पणी गरिरहेका छन् ।

त्यसो त धरानमा विमानस्थल माग्दै मन्त्रालयमा आइपुगेका मेयर हर्क साम्पाङलाई उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले उतिबेलै हवाई नीति र दूरीबारे सम्झाएका पनि थिए । धरानमा विमानस्थल बन्न सक्दैन भनेपछि साम्पाङसँग मन्त्रालयमै उनको भनाभनको अवस्था देखिएको थियो । तर साम्पाङलाई नचिढ्याउन मन्त्री किरातीले अध्ययन समितिको एकसरो निर्देशन दिएका थिए ।

सोही निर्देशनअनुसार गठित समितिले दिएको निर्देशनले पनि हवाई नीतिको व्यवस्था र विराटनगर–धरानबीचको दूरीबाहेक केही बोलेको छैन । समितिको निष्कर्षसँगै उक्त विमानस्थल सम्बन्धी परियोजना अगाडि बढाउने बाटो पनि बन्द भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending