चितवन । स्कुल बसको चालकलाई पेस्तोल देखाउँदै हातपात भएको एक हप्ता वित्दा समेत चितवन प्रशासन बेखबर छ । भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कूलको बसका चालकलाई अज्ञात व्यक्तिले पेस्तोल देखाएर गत बुधबार हातपातसँगै धम्की दिएको कुरामा चितवन प्रशासन बेखबर भएको हो ।
विद्यार्थीलाई घर पुर्याउने क्रममा बुधबार अपरान्ह ४ः१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर-८ सल्यानीमा अज्ञात व्यक्तिले आफूलाई पेस्तोल देखाएर धम्की दिएको बस चालक अश्विन महतोले बताए । 'ुगाडी फर्काउने क्रममा मैले पछाडिको गाडीको प्याँप्याँ हर्नको आवज सुने । गाडी घुमाउन मैले अलिबेर लगाएछु । एक व्यक्ति झोक्किँदै बाहिर निस्किए । उक्त कालो रंगको गाडीमा रहेका व्यक्ति अचानक आएर मलाई तथानाम गाली गर्दै मेरो गर्धन समाते', चालक महतोले भने, ‘त्यसपछि पेस्तोल देखाएर हान्दिम्, मार्दिम् भनेर धम्की दिए । त्यति बेला मर्छु जस्तो लागेको थियो । तर उनले के सोचे पछि मलाई छाडेर गए । मैले रक्सी खाएको मान्छे पो रहेछ की भन्ने सोँचे । म सँग गाडीमा १ कक्षा देखि ५ कक्षा सम्म अध्ययन गर्ने १२ जनाभन्दा बढि विद्यार्थी थिए । मैले उनीहरुलाई सुरक्षित घर लैजाने कुरा मात्र सोँचे।’
घटनाको विषयमा विद्यालय प्रशासन र प्रहरी प्रशासनले खुलेर बोल्न चाहेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख एसपी भावेश रिमाल आफ्नो जिल्लामा यस्तो घटनानै नभएको बताउँछन् । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख भुपेन्द्र थापाले पनि घटना नघटेको र यो विषय हल्ला मात्र भएको बताए ।
तर, यस विषयमा विद्यालयका प्रधानाध्यापक शिवकुमार बगालेले जिल्ला प्रहरी कार्यालय चितवनमा सबै जानकारी गराएको बताएका छन् । उनले भने, ‘हामीले घटनाबारे सबै जानकारी प्रहरीलाई गराइसकेका छौँ । यसबारेमा हामीले भन्दा पनि प्रहरीको अनुसन्धानबाट थाहा होला ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: