Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

देवदह नगरपालिकामा जनप्रतिनिधि हुँ भन्दै हाकिमको कठालो समात्न खोज्नेलाई कारबाहीको माग

खबरडबली संवाददाता

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई हातपातको प्रयास गर्दै तोडफोडमा उत्रिने वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरेको छ । नगरपालिकाले मंगलवार बिहान पत्रकार सम्मेलन गरी मेयर ध्रुव खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको नवीनतम् कामलाई प्रभावित पार्न आक्रमण गरिएको जनाएको हो । 

हातपातको प्रयास गर्नेलाई कानूनी उपचारमा ल्याउन पनि नगरपालिकाले माग गरेको हो । नगरको खेलकुद संयोजकको विषयलाई लिएर देवदहमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले सोमवार प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र तोडफोड गर्दै कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

नगरपालिकाका प्रवक्ता रमेश डुम्रेले तोडफोड गर्दै तालाबन्दी गर्नु नगरबासीमाथिको अपमान भएको बताए । ‘हामीले कानून, विधि र विधानबाट तलमाथि नगरी काम गरेका छौं’, प्रवक्ता डुम्रेले भने, ‘नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई तस्करको आरोप लगाउनु भनेको जनतामाथिको अपमान हो । मेयर र हाकिमबीच मिलेर नगरमा भएका कामले जनता खुसी छन् । परिवर्तन र नवीनतम् कामबाट आत्तिएर आक्रमण प्रयास भएको हो । यसको हामी निन्दा गर्दछौं ।’

गत पुस १८ गते बसेको कार्यपालिका बैठकले देवदह–७ का कमल पाण्डेलाई नगर खेलकुद विकास समितिको संयोजक तोकेको थियो । कार्यविधिमा नगर खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोक्ने व्यवस्था अनुसार आफूले संयोजक तोकेको नगरप्रमुख खरेलले जानकारी दिए ।  ‘खेलकुदको संयोजक सहमतिमा तोक्न लामो प्रयास गरे’ खरेलले भने, ‘सहमति हुन नसकेपछि बहुमतबाट टुंगो लगाएको हो । हामी विधि विधानले पनि त्यही भन्छ । जनप्रतिनिधि हुँ भन्दै हाकिमको कठालो समात्न खोज्ने, बन्दुक खोस्नेलाई कारबाहीको माग गर्दछौं ।’

प्रमुख प्रशासकीय अधिकृत सापकोटाले पालिकामा भएका हरेक काम स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले तोके अनुसार नै भएको बताए ।

७ जना वडा अध्यक्ष र केही कार्यपालिका सदस्यले सोमवार नगरपालिकामा ताला लगाएका थिए । उनीहरूले लगाएको ताला प्रहरीले सोमवार नै तोडेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending