काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेताहरूले राष्ट्रियसभाको अध्यक्ष नछाड्ने बताएका छन् । आज बसेको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश नेताले राष्ट्रियसभामा ठूलो दलको हैसियतले अध्यक्ष आफूले लिनुपर्ने धारणा राखेका हुन् ।
बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने, “अधिकांश स्थायी समिति सदस्यले राष्ट्रियसभाको ठूलो दलको हैसियतले अध्यक्ष छाड्नुहुन्न भन्ने धारणा राख्नुभएको छ ।” यही फागुन २० गतेदेखि राष्ट्रियसभा अध्यक्षको पद रिक्त हुँदैछ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयमा समेत नेताहरुले धारणा राखेको उनको भनाइ छ । माओवादी केन्द्रले आजको बैठकबाट नेताहरुको कार्यविभाजन गर्ने बताएको भएपनि त्यसबारेमा भने कुनै निर्णय हुन नसकेकाे प्रवक्ता सापकाेटाले बताए । कार्य विभाजनका विभिन्न विकल्पबारे छलफल भएको भए पनि निर्णय भने बुधबार बस्ने बैठकले गर्ने उनले बताए ।
यस्तै, आगामी चैत १ गतेदेखि तराई–मधेशमा सञ्चालन गर्न लागिएको अभियानका अलावा पार्टीका अन्य योजनाबारे पनि छलफल भए पनि अन्तिम निर्णय भने आज नभएको प्रवक्ता सापकोटाले जानकारी दिए । बैठकमा नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठक, सो बैठकमा पारित भएका प्रतिवेदन र व्यक्त विचारबारे समेत छलफल भएको थियो ।
बैठक बुधबार बिहान पुनः बस्नेछ । बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यसूची रहेकाे छ । बैठक आज नै समापन गर्ने तयारी गरिएको भए पनि प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारण भोलिका लागि सारिएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: