हुम्ला । अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा अदानचुली गाउँपालिका–६ को पाल्स गाउँका ३४ वर्षका दीपक टमटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना भएको नौ दिनपछि प्रहरीले टमटालाई नियन्त्रणमा लिन सफल भएको हो ।
उचाइ कम भएकी अपाङ्गता महिलालाई बलात्कार गरेको आरोपमा टमटालाई प्रहरीले बाजुरा जिल्लाको धुलाचौरबाट नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।
‘‘पीडित महिलाले आफ्नो उजुरीमा दीपक टमटाको नाम थाहा नभएपछि मोबाइल नम्बर उल्लेख गरेकी थिईन् । मोबाइल नम्बरको सिमकार्डमा रहेको नामबाट पीडकको नाम पत्ता लागेको थियो । ‘‘मोबाइल नम्बरबाट आरोपी टमटालाई प्रहरीले बाजुरा जिल्लामा नियन्त्रणमा लिन सफल भएको प्रहरी निरीक्षक चन्दले बताए ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका टमटाले ती महिलालाई करणी गरेको स्वीकार गरेको र उनलाई जिल्ला अदालतबाट सातदिने म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीले अदालतमा मुद्दा दर्ता गरिसकेको छ । यही फागुन ४ गते राति १० बजे टमटाले अपाङ्गता भएकी महिलालाई जबरजस्ती गरेकाा थिए । पीडित महिलाले फागुन ९ गते प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको प्रहरीले जनाएको छ ।
आफू घरमा सुतिरहेको अवस्थामा अदानचुली गाउँपालिका– ६ को पाल्स गाउँघर बताउने टमटाले बलात्कार गरेको उजुरीमा उल्लेख रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: