सल्यान । नेकपा एमाले सल्यानका पदाधिकारी तथा माथिल्लो तहका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका केन्द्रीय पदाधिकारीहरुसंग छलफल गरेका छन् ।
कर्णाली प्रदेश अध्यक्ष, सल्यान जिल्ला इन्चार्ज तथा काठमाण्डौँमा उपलब्ध जिल्ला पदाधिकारीहरुले केन्द्रीय अध्यक्ष सहितका नेताहरुसंग भेटघाट र छलफल गरेका हुन् ।
मंगलबार साँझ पार्टी अध्यक्ष ओलीको निवास बालकोटमा सल्यानमा नेकपा एमालेको सांगठनिक अवस्था, समसामयीक राजनीतिक परिवेश लगाएतका महत्वपूर्ण विषयमा छलफल भएको एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले जानकारी दिए ।
भेटमा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह, पोलिटव्युरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरवसुन्दर श्रेष्ठ पनि सहभागि थिए ।
यस्तै जिल्ला कमिटी अध्यक्ष पुन सहित उपाध्यक्ष भीम बहादुर सेन, सचिव ओज बहादुर बुढाथोकी, उपसचिव पुस्पा कुमारी वोहराले पनि अध्यक्ष ओलीसंग भेट गर्दै जिल्लामा पार्टीका गतिविधि, एमालेले सञ्चालन गरेका अभियानले ल्याएको जागरण लगाएतका विषयमा अवगत गराएका थिए ।
सो अवसरमा एमाले अध्यक्ष ओलीले पार्टीलाई थप मजबुत बनाएर लैजान आवश्यक रहेको भन्दै एक ढिक्का भएर संगठन निर्माण र सुदृद्धिकरणमा केन्द्रीत हुन निर्देशन दिएको बताइएको छ । उनले पार्टीको नीति, विधि, प्रक्रिया र नेतृत्व निर्माणका सन्दर्भमा उत्साहजनक सल्लाह र निर्देशन दिएका थिए ।
यसअघि एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव द्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसंग पनि भेट र विविध विषयमा छलफल भएको एमाले सल्यानका अध्यक्ष पुनले जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: