सल्यान । नेकपा एमाले सल्यानका पदाधिकारी तथा माथिल्लो तहका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका केन्द्रीय पदाधिकारीहरुसंग छलफल गरेका छन् ।
कर्णाली प्रदेश अध्यक्ष, सल्यान जिल्ला इन्चार्ज तथा काठमाण्डौँमा उपलब्ध जिल्ला पदाधिकारीहरुले केन्द्रीय अध्यक्ष सहितका नेताहरुसंग भेटघाट र छलफल गरेका हुन् ।
मंगलबार साँझ पार्टी अध्यक्ष ओलीको निवास बालकोटमा सल्यानमा नेकपा एमालेको सांगठनिक अवस्था, समसामयीक राजनीतिक परिवेश लगाएतका महत्वपूर्ण विषयमा छलफल भएको एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले जानकारी दिए ।
भेटमा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह, पोलिटव्युरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरवसुन्दर श्रेष्ठ पनि सहभागि थिए ।
यस्तै जिल्ला कमिटी अध्यक्ष पुन सहित उपाध्यक्ष भीम बहादुर सेन, सचिव ओज बहादुर बुढाथोकी, उपसचिव पुस्पा कुमारी वोहराले पनि अध्यक्ष ओलीसंग भेट गर्दै जिल्लामा पार्टीका गतिविधि, एमालेले सञ्चालन गरेका अभियानले ल्याएको जागरण लगाएतका विषयमा अवगत गराएका थिए ।
सो अवसरमा एमाले अध्यक्ष ओलीले पार्टीलाई थप मजबुत बनाएर लैजान आवश्यक रहेको भन्दै एक ढिक्का भएर संगठन निर्माण र सुदृद्धिकरणमा केन्द्रीत हुन निर्देशन दिएको बताइएको छ । उनले पार्टीको नीति, विधि, प्रक्रिया र नेतृत्व निर्माणका सन्दर्भमा उत्साहजनक सल्लाह र निर्देशन दिएका थिए ।
यसअघि एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव द्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसंग पनि भेट र विविध विषयमा छलफल भएको एमाले सल्यानका अध्यक्ष पुनले जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: