काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले गणतन्त्रमा गुहेकिराको गनाउने ट्यारट्यारको कुनै अथ नरहेको बताएका छन् । आईतबारको प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले दिएको अभिव्यक्तिप्रति लक्षित न्यौपानेले यस्तो बताएका हुन् ।
नेता न्यौपानेले आजका पंच (पंचायतका अवशेष)का नाममा भन्दै लेखेका छन्–‘शाह वंश र त्यस अवधिमा दरबारभित्र भएका काटमार र डरलाग्दा हत्याकाण्ड (कोत पर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड) लगायत सयौं काण्डहरु अलि पुरानो भएपनि कसैले बिर्सेको छैन ।’
संसदमा शाहीले बोलेको अभिव्क्ति प्रति इंगित गर्दै नेता न्यौपानेले लेखेका छन्– ‘पंचायत कालमा पंचहरुले क्रुर पंचायती सत्ता टिकाउने नाममा के पो गरेनन् र ? हजारौं हत्या र सयौं सामुहिक हत्याकाण्डमा बगेको नेपाली सन्तानहरुको रगतले आजका पंचहरुको समेत अनुहार लत्पत्तिएको प्रस्ट देख्न सकिन्छ ।
विपि कोइरालालाई फाँसी दिनुपर्छ भन्ने पंचहरु थिए । सुखानी हत्याकाण्ड २०२९, छिन्ताङ हत्याकाण्ड २०३६, नमिता(सुनिता हत्या २(बलत्कारपछि हत्या) ०३८ काण्ड, पिस्कर हत्याकाण्ड २०४२ जस्ता सामुहिक हत्याकाण्ड पंचहरुले नै घटाएका थिए ।
भारत प्रवासमा रहेका नेपाली कांग्रेसका नेताहरु तेजबहादुर अमात्यलाई २०२२ सालमा, योगेन्द्रमान शेरचनलाई २०२८ सालमा, सरोज कोइरालालाई २०३० सालमा गुण्डा परिचालन गरेर हत्या गर्ने पनि पंचहरु नै हुन् ।
राजनीतिक आस्थाका आधारमा रत्नकुमार वान्तवा (इलाम), ऋषि देवकोटा र दुर्गा सुवेदी (सिन्धुली), टंक भुसाल (अर्घाखाँची), यज्ञबहादुर थापा (सोंलु) लगायतको बीभत्स ढंगले हत्या गर्ने पंचहरु नै थिए ।
विद्यार्थीहरु कामेश्वर, कशेश्वर यादव २०२९, फणिन्द्र तिमिल्सेना २०३८, शिवप्रसाद पौडेल २०३८, मित्रमणि आचार्य २०४२, गणेश निधि गौतम २०३५ हरुको समेत रगत पिउने पंचहरु नै थिए ।
यस्ता हजारौं हत्याहरु गरेर पनि पंचायती सत्ता जोगाउन असफल पंचहरु र तिनका आजका सन्तानहरुले बुझ्नुपर्छ कि हाम्रो पुस्ताले रगत, आँसु र पसिना बगाएका स्थापित गरेको गणतन्त्रमा गुहेकिराको गनाउने ट्यारट्यारको कुनै अर्थ छैन ।
शाहीले ‘मैले आठ र नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? मैले नेपाली दाजुभाइ तथा दिदीबहिनी मारेको हो ? मैले जातजाति, धर्म भेषभूषाको नाममा हिंसा गरेर आएको हो ?’ भन्ने अभिव्यक्ति दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: