काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले गणतन्त्रमा गुहेकिराको गनाउने ट्यारट्यारको कुनै अथ नरहेको बताएका छन् । आईतबारको प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले दिएको अभिव्यक्तिप्रति लक्षित न्यौपानेले यस्तो बताएका हुन् ।
नेता न्यौपानेले आजका पंच (पंचायतका अवशेष)का नाममा भन्दै लेखेका छन्–‘शाह वंश र त्यस अवधिमा दरबारभित्र भएका काटमार र डरलाग्दा हत्याकाण्ड (कोत पर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड) लगायत सयौं काण्डहरु अलि पुरानो भएपनि कसैले बिर्सेको छैन ।’
संसदमा शाहीले बोलेको अभिव्क्ति प्रति इंगित गर्दै नेता न्यौपानेले लेखेका छन्– ‘पंचायत कालमा पंचहरुले क्रुर पंचायती सत्ता टिकाउने नाममा के पो गरेनन् र ? हजारौं हत्या र सयौं सामुहिक हत्याकाण्डमा बगेको नेपाली सन्तानहरुको रगतले आजका पंचहरुको समेत अनुहार लत्पत्तिएको प्रस्ट देख्न सकिन्छ ।
विपि कोइरालालाई फाँसी दिनुपर्छ भन्ने पंचहरु थिए । सुखानी हत्याकाण्ड २०२९, छिन्ताङ हत्याकाण्ड २०३६, नमिता(सुनिता हत्या २(बलत्कारपछि हत्या) ०३८ काण्ड, पिस्कर हत्याकाण्ड २०४२ जस्ता सामुहिक हत्याकाण्ड पंचहरुले नै घटाएका थिए ।
भारत प्रवासमा रहेका नेपाली कांग्रेसका नेताहरु तेजबहादुर अमात्यलाई २०२२ सालमा, योगेन्द्रमान शेरचनलाई २०२८ सालमा, सरोज कोइरालालाई २०३० सालमा गुण्डा परिचालन गरेर हत्या गर्ने पनि पंचहरु नै हुन् ।
राजनीतिक आस्थाका आधारमा रत्नकुमार वान्तवा (इलाम), ऋषि देवकोटा र दुर्गा सुवेदी (सिन्धुली), टंक भुसाल (अर्घाखाँची), यज्ञबहादुर थापा (सोंलु) लगायतको बीभत्स ढंगले हत्या गर्ने पंचहरु नै थिए ।
विद्यार्थीहरु कामेश्वर, कशेश्वर यादव २०२९, फणिन्द्र तिमिल्सेना २०३८, शिवप्रसाद पौडेल २०३८, मित्रमणि आचार्य २०४२, गणेश निधि गौतम २०३५ हरुको समेत रगत पिउने पंचहरु नै थिए ।
यस्ता हजारौं हत्याहरु गरेर पनि पंचायती सत्ता जोगाउन असफल पंचहरु र तिनका आजका सन्तानहरुले बुझ्नुपर्छ कि हाम्रो पुस्ताले रगत, आँसु र पसिना बगाएका स्थापित गरेको गणतन्त्रमा गुहेकिराको गनाउने ट्यारट्यारको कुनै अर्थ छैन ।
शाहीले ‘मैले आठ र नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? मैले नेपाली दाजुभाइ तथा दिदीबहिनी मारेको हो ? मैले जातजाति, धर्म भेषभूषाको नाममा हिंसा गरेर आएको हो ?’ भन्ने अभिव्यक्ति दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: