Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भृकुटीमण्डपमा मिटरव्याज पीडितमाथि प्रहरी हस्तक्षेप हुँदा भाँडियो वार्ता

खबरडबली संवाददाता

काठमाडौं । मिटरव्याज पीडितहरुसँग सोमबार हुने निएको वार्ता विथोलिएको छ । गृह मन्त्रालयमा बिहान ११ बजे वार्ता बस्ने भनिएपनि ९ बजे पीडित बसेकै ठाउँमा प्रहरी पुगेर तितरवितर पार्न खोजेपछि वार्ता विथोलिएको हो ।

सडक आन्दोलनको नेतृत्व गरिरहेका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका नीर्घ नविनका अनुसार, बिहान ९ बजे मिटरब्याज पीडित बसिरहेको भृकुटीमण्डपमा गएर पीडितलाई हटाउन खोजेको थियो । जिल्ला प्रशासन कार्यालयको पत्रसहित प्रहरी वृत्त सिंहदरबारका डीएसपी भृकुटीमण्डप पुगेका थिए ।  हाल बसिरहेको ठाउँ समाज कल्याण परिषद्को भएको भन्दै खाली गर्न भन्दै प्रहरीले जबरजस्ती हटाउन  प्रयास गरेका थिए । 

गृह मन्त्रालयमा आइतबार सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा गठित समितिले मिटरब्याज पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष अवधेश कुशहवा नेतृत्वको टोलीसँग पहिलो चरणको वार्ता गरेको थियो । दुवै पक्षले एकअर्काको कुुरा सुनेपछि सोमबार बिहान ११ बजे फेरि बैठक बस्ने गरी छलफल टुंगिएको थियो । 

वार्ताका लागि जानुअघि नै पीडितलाई प्रहरी लगाएर हटाउन खोजिएको भन्दै पीडित पक्षले वार्ता नजाने निर्णय गर्यो । प्रहरीले सामान उठाउने प्रयास गरेपछि उनीहरु भृकुटीमण्डपमै बसिरहेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending