बारा । बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न वम विष्फाेट हुँदा एक जनाकाे मृत्यु भएकाे छ । विष्फाेटबाट वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको हाे ।
मगरले सञ्चालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेका बेला अचानक बमजस्तै देखिने वस्तु विस्फोट हुँदा रेशमसहित पाँच जना घाइते भएका थिए । विस्फोटबाट चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन शाह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र ठेगाना नखुलेको २० वर्षीय रितु रजत रहेका छन् भने निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको अवस्था सामान्य रहेको छ ।
घाइते सबैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको छ । हाल चार जनालाई थप उपचारका निम्ति वीरगन्ज रिफर गरिएको छ भने एक जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
प्रहरीका अनुसार विस्फोट भएको वस्तु हेर्दा बमजस्तै देखिएको बताइएको छ । त्यो वस्तु कहाँबाट आयो र कसरी विस्फोट भयो यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८१ - १०:४१
रुपन्देही । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट सेटिङ मिलाएर छाडेको मालवाहक ट्रक प्रहरीले समातेपछि भन्सार कर्मचारी र प्रहरीको दुरी बढेको छ । भन्सा...
चैत्र ८ गते, २०८१ - १०:३८
काठमाडौं । शंकरदेवका स्ववियु सचिव मदनराज उपाध्यायले स्वतन्त्र विद्यार्थी युनियनको चुनावविरुद्ध तालाबन्दी गरिएको भन्दै आपत्ति जनाएका छन्। त्रिवि तालिका...
चैत्र ८ गते, २०८१ - ०९:५०
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने चार जना घ...
चैत्र ७ गते, २०८१ - १६:०४
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी अप्रिल ६ मा अष्ट्रेलियामा रिलिज हुने भएको छ । अभिनेता सलोन बस्नेत प्...
चैत्र ७ गते, २०८१ - १६:०४
काठमाडाैं । भारत तथा अन्य मुलुक मा बस्ने सम्पूर्ण नेपाली का लागि नेपाली चलचित्र "प्रेमा" ले विश्व मञ्चमा नेपाली चलचित्रको लागि महत्वपूर्ण फड्को मारेको...
चैत्र ७ गते, २०८१ - १६:००
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १२.३८ अंक घटेको छ। सो गिरावटपछि नेप्से २६६९ अंकमा कायम भयो । बजारको परिसूचकसँ...
चैत्र ७ गते, २०८१ - १५:५३
नुवाकोट । नुवाकोटको छापडाँडाँमा बसले किच्दा महिलाको मृत्यु भएको छ। तारकेश्वर गाउँपालिका–१, छापडाँडाँमा बसले किचेर सोही ठाउँकी ३७ वर्षीया मञ्जु तामाङक...
चैत्र ७ गते, २०८१ - १५:५३
भ्रष्ट र दलाल अब हाम्रो निसानामा
चैत्र ७ गते, २०८१ - १५:४९
काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग नेपालले तेस्रो राष्ट्रिय सम्मेलनको तयारी सुरु गरेको छ । सम्मेलनका लागि प्रदेश बैठ...
चैत्र ७ गते, २०८१ - १५:४५
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का महिला नेसन्स लिग लगातार दोस्रो वर्ष पनि नेपालले आयोजना गर्ने भएको छ । काभाले हालै सार्वजनिक गरे...
प्रतिकृया लेख्नुहोस्: