दाङ । सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढालाई दाङमा भव्य नागरिक अभिनन्दन गरिएको छ । गोर्खा ग्रुप दाङको अगुवाइमा सर्वसाधारणको उपस्थितिमा घोराहीको तुलसीपुर चोकदेखि घोराहीको बजारमा उनलाई नागरिक अभिनन्दन गरिएको हाे ।
दंगालीहरुले झाँकीसहित उनको स्वागत गरेका थिए । मगर, थारु समुदायलगायतका समुदायले आ–आफ्नो भेषभूषा र बाजागाजासहित दाङको दर्जनौं क्रियाशील संघसंस्था, विभिन्न विद्यालयका विद्यार्थीहरुले स्वागत सम्मानको लागि चोक चोकमा उपस्थिति भएका थिए ।
बजार परिक्रमापछि बहुउद्देश्यीय सभागृहमा भएको कार्यक्रममा नागरिक अगुवा एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले बुढालाई सम्मान पत्रले सम्मान गरेका छन् ।
सोही क्रममा सम्बोधन गर्दै बुढाले अपांगता भएकाहरु सक्षम हुन्छन् भन्ने देखाउनको लागि आफूले सगरमाथा चढेको बताए । आफू अपांगता भए पनि देश र समाजको लागि केही गरेर देखाउने सपना रहेको बताए। खुट्ट गुमाए पनि आफूले हौसला नगुमाएको बताउँदै बुढाले आफू भाग्यमानी भएर सगरमाथा आरोहण गर्न सफल भएको बताए।
बेलायती सेनामा जागिर खाने क्रममा ८ वर्षअघि अफगानिस्तानस्थित हेलमान प्रान्तको आक्रमणमा परी बुढाले दुवै खुट्टा गुमाएका थिए। उनी गत जेठ ५ गते ३ बजे १० मिनेट जाँदा सगरमाथा चढेर विश्व किर्तिमान कायम गरेका थिए ।
यसअघि २०१६ मा सूर्यकुण्ड हिमाल नेपाल, बेन नेभिस स्कटल्याण्ड, माउन्ट ब्ल्याडक फ्रान्स हुँदै नेपालको थोराङलापाससम्म पुगिसकेको उनले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - २०:५७
उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...
फाल्गुन २९ गते, २०८२ - २०:५४
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...
फाल्गुन २९ गते, २०८२ - २०:५०
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...
फाल्गुन २९ गते, २०८२ - २०:४४
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...
फाल्गुन २९ गते, २०८२ - २०:२९
विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा
फाल्गुन २९ गते, २०८२ - २०:१७
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...
फाल्गुन २९ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...
फाल्गुन २९ गते, २०८२ - २०:०२
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...


प्रतिकृया लेख्नुहोस्: