Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

पुन:निर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पुर्‍याएको क्षतिपछिको पुन:निर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गरेको छन् । राष्ट्रियसभाको आजको वैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले जाजरकोट, दैलेख, सल्यान, डोटी र बझाङलगायतका जिल्लामा भूकम्पले पुर्‍याएको क्षतिपछिको पुन:निर्माणलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिईन्। 

उनले भूकम्पका कारण सञ्चार क्षेत्रमा पुर्‍याएको क्षतिबारे सरकारको ध्यानाकषर्ण गराईन् । सांसद शर्माले भनिन्, “भूकम्पपछि प्रभावित क्षेत्रमा प्राविधिक रुपमा भूगोलको अध्ययन जरुरी छ । भूकम्पपछि भूगोल खस्किएको छ, चिरा परेको छ, फाटेको छ र प्रभावित क्षेत्र बसोबासका लागि उपयुक्त छ वा छैन, अध्ययन गर्न जरुरी छ ।”

नेकपा (एमाले)का सांसद दीलकुमारी रावल थापा पार्वतीले चितवनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सडक, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रको विकास आवश्यक रहेकोमा सरकारको ध्यानाकषर्ण गराईन् । उनले भनिन्, “धार्मिक पर्यटनका सम्बन्धमा पवित्र नारायणीनदीको प्रमुख उदगमस्थल दामोदरकुण्ड, मुक्तिनाथ गोसाइगुण्ड, त्रिशुलीदेखि गोलाघाट अयोध्याधाम र त्रिवेणीधामसम्मलाई विशेष क्षेत्रका रुपमा संरक्षण, संवद्र्धन गर्दै देवघाटलाई प्रमुख पर्यटकीय धार्मिक क्षेत्रको रुपमा विकास गर्नु पर्दछ ।”

नेपाली कांग्रेसका सांसद रमेशजङ्ग रायमाझीले जनताबाट निर्वाचित सांसदहरुले निर्वाचनका समयमा जनतासमक्ष गरेका बाचाहरु पूरा गर्नुपर्नेमा जोड दिए। मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्ने, जतिसक्दो चाँडो सङ्घीय कानून बनाउनुपर्ने र कुनै राजनीतिक दल वा दलका नेतामा केन्द्रित गर्नेभन्दा पनि आगामी आर्थिक बर्षको बजेट जनताको पक्षमा बनाउनुपर्ने माग गरे। 

सांसद सिंहबहादुर विश्वकर्माले दलित समुदायबारे संविधानमा व्यवस्था गरिएको अधिकार कार्यान्वयनका लागि कानून निर्माण हुनुपर्नेमा जोड दिए। सांसदहरु नारायणप्रसाद दाहाल, इन्दु कडरिया, शेखरकुमार सिंह, नरपति लुहार र दीपा गुरुङले भ्रष्टाचारको अन्त्यलगायत समसामयिक विषयमा सरकारको ध्यानाकषर्ण गराए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरको दुवाकोटमा केएमसी अस्पतालको सेवा, सुनील शर्माद्धारा उद्घाटन

भक्तपुर । दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको सेवा सुरु भएको छ । आइतबार आयोजित एक समारोहका बिच अस्पतालका सञ्चालक डा। सुनील शर्माले अस्पत...

अमेरिकी–इरानी तनाव : ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्...

राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा, महाधिवेशनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ले पदबाट राजीनामा दिएका छन्। गत २१ गते भएको प्...

हिमपात र असिनाको चिसोले १२ भेडा मरे

हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...

हिमपात र असिनाको चिसोले १२ भेडा मरे

हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...

अब एउटै विवरणका लागि छुट्टाछुट्टै फारम भर्नु पर्दैन : गृहमन्त्री अर्याल

ललितपुर। सरकारले एकीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह सुरु गरेको छ । ...

कुवेतमा अलपत्र परेका ३३ नेपाली साउदीमार्फत गन्तव्यतर्फ पठाइए

काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ। कुवेतस्थित नेपाली राजदूतावा...

राप्रपा र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने

काठमाडौं । प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्। उक्त सुविधा नपाउने दलहरूमा राष्ट्रिय प्रजातन्त...

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध ४६ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पोखरा क्षेत्रीय अन्तर्र...

नेविसङ्घको ऐतिहासिक योगदान कसैले बिर्सन सक्दैन : महामन्त्री घिमिरे

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएको छन् । ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: