काठमाडौं । दमक बालुवाटार जग्गा घोटाला प्रकरणमा मुछिएका माओवादी नेता रेवतराज पुरी (गगन)विरूद्ध भ्रष्टाचार मुद्दा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी कोशी प्रदेश कमिटीका कोषाध्यक्ष पुरीसहितका व्यक्तिमाथि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पुरीसँग ६ करोड २ लाख ७० हजार ४९९ रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए । यस्तै, उनकी श्रीमती केशावती पुरीविरूद्ध ८४ लाख ८९ हजार १६५ रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरिएको उनले बताए ।
रेवतराजकी आमा मनमाया पुरीविरूद्ध ५ करोड ७० लाख २८ हजार ३८० रुपैयाँ बिगो माग गरिएको छ । यस्तै, देवकुमार पुरीविरूद्ध ५२ लाख ८४ हजार २६०, डिल्लीराम पुरीविरूद्ध ८२ लाख ९२ हजार २८३, देवरुपा पुरीविरूद्ध ४ करोड ३२ लाख ६२ हजार ७८०, ममता पुरी घिमिरेविरूद्ध १ करोड २८ लाख ७० हजार, माया पुरी पाण्डेविरूद्ध १ करोड २० लाख ५७ हजार ५८०, कृष्णकुमार पुरीविरूद्ध ९१ लाख चार हजार ४४०, प्रेमकुमार पुरीविरूद्ध १ करोड ९४ लाख ६३ हजा ३३२, कुलबहादुर पुरीविरूद्ध १ करोड ७ लाख रुपैयाँ बिगो माग गरिएको छ।
यस्तै, मुद्दामा नापी कार्यालय झापाका तत्कालीन प्रमुख स्व. शशिकान्त झा र उनकी श्रीमती अनारदेवी झालाई ३० करोड २ लाख ७१ हजार ९२६ रुपैयाँ बिगो माग गरिएको प्रवक्ता घिमिरेले बताए । रेवतराज र उनकी श्रीमती केशावतीलाई यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दमा दोषी ठहर गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: