Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

आइतबारको प्रतिनिधिसभा बैठकः कुन सांसदले के भने ?

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदहरूले विविध विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।  आजको बैठकमा सांसद रामहरि खतिवडाले राजनीतिक नियुक्ति र भागबण्डाका कारण सरकारी संस्थान तथा निकायहरू समस्याग्रस्त बन्दै गएको बताए ।

नेपाल वायुसेवा निगममा सरकारले करिब ३१ अर्ब रुपैयाँ बराबर लगानी गरेको र हाल ४८ अर्ब रुपैयाँ घाटामा रहेको उल्लेख गर्दै निगमको आर्थिक अवस्था सुधारका लागि पहल गरिनुपर्ने माग गरे । 

निगमका कर्मचारी व्यवस्थापनमा पनि समस्या रहेको उनको भनाइ छ । नयाँ जहाज किन्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी गरिरहेको तर बिग्रिएर थन्किएका जहाज मर्मतसम्भारमा भने उदासिनता देखाएको सांसद खतिवडाले बताए ।  

सांसद भीमप्रसाद आचार्यले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको विषय संसद्मा उठाए । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रलाई जिम्मा लगाउने तयारी भइरहेकोमा संसद्को ध्यानाकर्षण गराए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन नहुने उनको भनाइ छ । नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनका लागि विमानस्थल सञ्चालनसँग सम्बन्धित हवाई मार्ग, ‘ग्राउन्ड ह्यान्डलिङ’ र थप अन्य देशसँग हवाई सम्झौतालगायतका विषयलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने उनले बताए ।  

सांसद माधव सापकोटाले नेपालको संविधानले व्यवस्था गरेको सार्वभौमसत्ता सम्पन्न संसद् र संसदीय व्यवस्थाको विकल्प खोज्न नसकिने बताए । नेपालले अवलम्वन गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाभन्दा बाहिर गएर गरिने क्रियाकलाप संविधान विपरीत हुने सांसद सापकोटाको भनाइ छ । जलावायु परिवर्तनसँग सम्बन्धित मुद्दालाई गम्भीररूपमा लिइनुपर्नेमा उनले जोड दिए । 

जलवायु परिवर्तनका कारण सिर्जित समस्याले नेपालको हिमाली क्षेत्रमा ठूलो असर देखिएको उल्लेख गर्दै उनले यस्ता जोखिम न्यूनीकरणका लागि पहल गरिनुपर्ने बताए ।

सांसद मनिष झाले मिटरब्याजपीडितका समस्या समाधानका लागि सरकार गम्भीर हुन नसकेको आरोप लगाए । तराईका जिल्लामा इन्धनका रूपमा गुइँठाको प्रयोग गर्दा त्यहाँका महिलाको औसत आयु घटेको विषयमा संसद्को ध्यानाकर्षण गरे । तराईका जिल्लामा इन्धनको स्रोतका रुपमा करिब १० प्रतिशत गुइँठाको प्रयोग हुने गरेको देखिएको उनको भनाइ छ । नेपालको शिक्षा प्रणालीमा सुधारको आवश्यकता रहेको विषय पनि सांसद झाले संसदमा उठान गरे ।  

सांसद ज्ञानबहादुर शाहीले गत १३ पुसमा ललितपुरको बालकुमारी क्षेत्रमा इपिएस कोरियाका विद्यार्थीले गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको विषयमा सरकार गम्भीर हुन नसकेको आरोप लगाए । संसदमा फरक धारणा र फरक विचार राख्न पाउने अधिकार संविधानले नै व्यवस्था गरिएको उल्लेख गर्दै सांसद शाहीले आफूले संसद्मा बोलेकै आधारमा सत्तापक्षका दलबाट राजीनामा मागिनु जायज नरहेको बताए ।  

सांसद प्रदीप यादवले पुँजीबजारमा देखिएका समस्याका विषय संसद्मा उठान गरे । घाटामा रहेका कम्पनीहरुले पनि प्राथमिक शेयर निष्कासन गरिरहेको विषयमा अनुसन्धान गरिनुपर्ने उनको माग छ । रेटिङ एजेन्सीका कामलाई पनि नियमन गर्नुपर्ने यादवको भनाइ छ । प्राथमिक शेयर निष्कासन गर्नुअघि कम्पनीहरुले गलत वित्तीय विवरण देखाएर रेटिङ एजेन्सीमार्फत क्रेडिट रेटिङ गरिरहेको सांसद यादवले उल्लेख गरे ।  

सांसद धनबहादुर बुढाले आगामी २०८१ साल भदौमा डोल्पामा लाग्ने बौद्ध धर्मालम्बीको से मेलालाई व्यवस्थित बनाउन सम्बन्धित सबै पक्षले भूमिका निभाउनुपर्ने बताउनुभयो । उहाँले डोल्पाका त्रिपुरासुन्दरी मन्दिर, मस्टो मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धनमा जोड दिए ।  

सांसद अब्दुल खांनले नेपालको शिक्षा, स्वास्थ्य, रोजगारलगायतका क्षेत्र अस्तव्यस्त भएको बताए । उत्पादन बढ्न नसकेको तर आयात भने निरन्तर बढिरहँदा त्यसले अर्थतन्त्रमै समस्या पारिरहेको उनको दाबी छ । उपभोग्य मिति गुज्रेका अखाद्य वस्तु आयात भइरहेको विषयमा पनि उनले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।  

उच्च पदस्थ राजनीतिक व्यक्ति र कर्मचारीको विलासी जीवनशैलीबारे सांसद रामप्रकाश चौधरीले प्रश्न उठाए । मिटरब्याजपीडितका समस्या समाधानका लागि सरकारबाट भएका प्रयास अपर्याप्त रहेको पनि उनले बताए । सांसद प्रेम सुवालले काठमाडौं उपत्यकाको वायु प्रदूषण बढेकोे विषय उठान गरे । अन्नको भण्डार मानिने तराई क्षेत्रमै अहिले खाद्यान्नको अभाव रहेको पनि उनले बताए । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति पारदर्शी रुपमा हुन नसकेको पनि सुवालको आरोप छ । 

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको र किसानका समस्या पनि सुन्न नचाहेको धारणा सांसद डा। अमरेशकुमार सिंहले उठान गरे । किसानले दूध र उखुको मूल्य नपाएकोलगायतका समस्या पटक–पटक दोहोरिनु सरकारको अकर्मण्यताको नतिजा रहेको उनले आरोप लगाए ।  

सांसद सञ्जयकुमार गौतमले जनताले सरकारको अनुभूति गर्न नसकेको भन्दै सरकारका काममा सुशासन र जवाफदेहिता नहुँदा नागरिकस्तरमा चरम निराशा रहेको उल्लेख गरे । देश ‘सिण्डिकेट’बाट चलेको छ र त्यो नभत्किएसम्म अहिलेको समस्या समाधान हुँदैन भन्ने अनुभूति नागरिकले गरिरहेको सांसद गौतमले जिकिर गरे । आफू सत्तापक्ष दलको सांसद भएपनि सरकारका काम आफूलाई चित्त नबुझेको धारणा पनि उनले राखे ।  

मुलुकको व्यवस्था फेरिएपनि अवस्था भने फेरिन नसकेको धारणा सांसद ज्वालाकुमारी साहले राखिन् । संसद्मा उठेका प्रश्नलाई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने प्रतिपक्ष दलको अडानलाई गम्भीररूपमा लिन पनि उनले आग्रह गरिन् ।  

संसदीय मर्यादा पालना गर्नु सबै दल र सांसदको जिम्मेवारी भएकाले संसद्मा बोल्दा जिम्मेवार भएर आफ्ना अभिव्यक्ति राख्नुपर्ने धारणा सांसद महेन्द्रबहादुर शाहीले राखे । संसद्मा आरोप प्रत्यारोप मात्रै हुने तर जनताका गुनासा सम्बोधन नहुने अवस्था आउन दिन नहुने उनको भनाई थियो । मुलुकको आर्थिक अवस्था कमजोर हुँदा सरकार पनि कमजोर देखिने सांसद शाहीले बताए ।

सांसद अम्मरबहादुर थापाले दैलेखमा बाँदर र बँदेलको आतङ्क बढेको बताउँँदै यो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरे । त्यसैगरी, मिटरब्याजपीडितका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने पनि उनले बताए ।  

सांसद बिनिता कठायतले कर्णालीका बालबालिका गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुविधाबाट वञ्चित भइरहेकोबारे सरकारको ध्यानाकर्षण गराइन् । कोहलपुर–सुर्खेत–जुम्ला विद्युतीय प्रसारणलाइन अझै निर्माण हुन नसक्दा कर्णालीका बासिन्दा अझै अध्याँरोमा बस्नु परेको पनि कठायतले बताइन् ।  

जाजरकोट भूकम्पका पीडितलाई सरकारले उपलब्ध गराउने भनिएको राहत र पुनःस्थापनाको प्रगतिबारे सांसद रमा कोइराला पौड्यालले प्रश्न उठाइन् । भूकम्प प्रभावित अहिले पनि पालभित्रै बस्नुपरेको अवस्थालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने र आवास पुनःनिर्माणमा गति दिनुपर्ने उनको भनाइ छ । भक्तपुरमा खानेपानीको अभाव रहेको विषय संसद्मा उठाउँदै पौड्यालले समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गरिन् ।  

सांसद लीलानाथ श्रेष्ठले बालकुमारी घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गरे ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending