Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

संसदमा माओवादी र राप्रपा सांसदको दोहोरी

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा माओवादी र राप्रपा सांसदको दोहोरी चलेकाे छ । आइतबार बसेकाे प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही बीच वादविवाद भएको हाे ।

माओवादी सांसद सापकोटाले संसदमा व्यवस्था विरोधी बहस हुन नसक्ने बताएपछि राप्रपाका सांसद शाही प्रतिवादमा उत्रेका थिए । सांसद सापकोटाले संविधानको प्रस्तवनामै सार्वभौमसत्ता सम्पन्न नेपाली जनता लेखिएको स्मरण गर्दै सामन्ती, निरंकुश र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका उत्पीडनको अन्त्य गरिने भनी लेखिएको बताउँदै भने- ‘तर, यो व्यवस्थाको बारेमा बेलाबखत चाहिने भन्दा ज्यादा अर्नगल प्रचारबाजीहरु गर्ने गरिएको छ । यही संसदको लोगो लगाएर भए भरका सेवा सुविधाहरु  लिने माैका पर्दा मन्त्री र सभामुख पड्काउने, फेरि यही व्यवस्थाको विरोध गर्ने यो कति नैतिक छ ?’ भन्दै प्रश्न समेत गरेका थिए ।

साैसद सापकाेटाले राप्रपाका सांसदहरुप्रति इंगित गर्दै  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सीमा र कमीकमजोरीको बारेमा संसदमा छलफल हुन सक्ने तर, संविधानलाई ध्वंश गर्ने अधिकार कसैलाई नभएको बताए ।

उनले भने- ‘यो संसदमा यो संविधानका विरुद्धमा बेलाबखत जसरी विरोध भइराखेको छ, हमला भइराखेको छ, यसलाई ध्वंश तुल्याउने जो भइराखेको छ यसका बारेमा सचेत तुल्याइनुपर्दछ, सचेत गराइनुपर्छ’, उनले दोहोर्याए, ‘यही संविधानले दिएको लोगो र यही संविधानले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने, लोगोको आधारमा सेवा सुविधा भोग गर्ने, पाइहाले मन्त्री पड्काउने, प्रदेशतिर सभामुख लिने तर, फेरि यो संविधान विरोध गर्ने ?’

वर्तमान व्यवस्थाको विकल्प राजा र राजतन्त्रवादीहरु हुन नसक्ने भन्दै उनले व्यवस्था विरोधी बहसको बारेमा सबै राजनीतिक दलहरु सचेत हुनुपर्ने बताए ।

माओवादी सांसद सापकोटालाई राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कवितामार्फत जवाफ दिएका थिए । उनले बालकुमारी घटनालाइ इंगित गर्दै कविता मार्फत भने- ‘फक्रक्क फुल्न नपाउँदै कोपिलामै चुँडाइदियौ

दुई नौजवानको सपना बालकुमारीमै उडाइदियौ

थिए होलान् तिनीहरुका पनि सपना

न्यानो लगाउने र मिठो खाने

रक्षक नै भक्षक भएपछि

न्याय खोज्न अब कहाँ जाने रु

आँखाबाट आँशु झार्दै

भक्कानिएर रुन्छिन् तिनकी आमा

अपराधीलाई कारबाही गर भनी

संसदमा आवाज उठाउँदा माग्छौ मेरो राजीनामा

सत्ता तिम्रै छ, शक्ति तिम्रै छ,

जति दबाउन सक्छौ दबाऊ,

दबिएर दबिँदैन यी आवाजहरु

एक दिन उठ्नेछन् र भन्नेछन्

भ्रष्टाचारी र देशद्रोहीलाई संसदबाट मात्र होइन

यो देशबाटै भगाऔं ।’

माओवादी सांसद सापकोटाले राप्रपा सांसद ज्ञानेन्द्र शाहीसँग यसअघि पनि वादविवाद गरेका थिए । गत शुक्रबार सापकोटाले शाहीलाई राजीनामा दिएर सडकमा जान सुझाव दिएका थिए । त्यसको जवाफ उनले आइतबार कवितामार्फत दिए । शाहीले संविधानको व्यवस्था नै उधृत गरेर प्रचलित व्यवस्थामाथि बहस गर्न पाइने र कसैले सांसदको राजीनमा माग्न नपाउने बताए ।

विचार मिल्दैन भन्दैमा अमुक मान्छेले राजीनामा माग्न नपाइने उल्लेख गर्दै उनले भने, ‘अलिकति ज्ञान भए संविधान पढेर आउनू, आउँदैन भने हामीसँग सिकाइ माग्नुपर्यो ।’

संविधानको धारा १०३ ले कुनै पनि सांसदलाई बोलेकै आधारमा राजीनामा माग्न नपाउने विशेषाधिकार दिएकोसांसद शाहीले बताए । अहिलेको व्यवस्थाको विरोधमा बोल्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ ले नरोकेको पनि शाहीले सांसद सापकोटालाई जवाफ दिए ।

आफू जुम्लाका जनताबाट निर्वाचित भएर आएको उल्लेख गर्दै उनले कसैले राजीनामा माग्न नसक्ने दोहोर्‍याए । शाहीले जुम्लेली जनताले माया गरेर सांसद बनाएकाे पनि बताए । उनले भने- ‘मैले किन राजीनामा दिने ? शाहीले माओवादी आन्दाेलनप्रति इंगित गर्दै भने- मैले आठ र नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? मैले किन राजीनामा दिने ? मैले नेपाली दाजुभाइ तथा दिदीबहिनी मारेको हो ? मैले जातजाति, धर्म भेषभूषाको नाममा हिंसा गरेर आएको हो ?’

राप्रपाका प्रमुख सचेतक शाहीले आफ्नो राजीनामा मागिएको सम्बन्धमा प्रयोग गरेका शब्दहरुप्रति माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले नियमापत्ती गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending