Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

संसदमा माओवादी र राप्रपा सांसदको दोहोरी

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा माओवादी र राप्रपा सांसदको दोहोरी चलेकाे छ । आइतबार बसेकाे प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही बीच वादविवाद भएको हाे ।

माओवादी सांसद सापकोटाले संसदमा व्यवस्था विरोधी बहस हुन नसक्ने बताएपछि राप्रपाका सांसद शाही प्रतिवादमा उत्रेका थिए । सांसद सापकोटाले संविधानको प्रस्तवनामै सार्वभौमसत्ता सम्पन्न नेपाली जनता लेखिएको स्मरण गर्दै सामन्ती, निरंकुश र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका उत्पीडनको अन्त्य गरिने भनी लेखिएको बताउँदै भने- ‘तर, यो व्यवस्थाको बारेमा बेलाबखत चाहिने भन्दा ज्यादा अर्नगल प्रचारबाजीहरु गर्ने गरिएको छ । यही संसदको लोगो लगाएर भए भरका सेवा सुविधाहरु  लिने माैका पर्दा मन्त्री र सभामुख पड्काउने, फेरि यही व्यवस्थाको विरोध गर्ने यो कति नैतिक छ ?’ भन्दै प्रश्न समेत गरेका थिए ।

साैसद सापकाेटाले राप्रपाका सांसदहरुप्रति इंगित गर्दै  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सीमा र कमीकमजोरीको बारेमा संसदमा छलफल हुन सक्ने तर, संविधानलाई ध्वंश गर्ने अधिकार कसैलाई नभएको बताए ।

उनले भने- ‘यो संसदमा यो संविधानका विरुद्धमा बेलाबखत जसरी विरोध भइराखेको छ, हमला भइराखेको छ, यसलाई ध्वंश तुल्याउने जो भइराखेको छ यसका बारेमा सचेत तुल्याइनुपर्दछ, सचेत गराइनुपर्छ’, उनले दोहोर्याए, ‘यही संविधानले दिएको लोगो र यही संविधानले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने, लोगोको आधारमा सेवा सुविधा भोग गर्ने, पाइहाले मन्त्री पड्काउने, प्रदेशतिर सभामुख लिने तर, फेरि यो संविधान विरोध गर्ने ?’

वर्तमान व्यवस्थाको विकल्प राजा र राजतन्त्रवादीहरु हुन नसक्ने भन्दै उनले व्यवस्था विरोधी बहसको बारेमा सबै राजनीतिक दलहरु सचेत हुनुपर्ने बताए ।

माओवादी सांसद सापकोटालाई राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कवितामार्फत जवाफ दिएका थिए । उनले बालकुमारी घटनालाइ इंगित गर्दै कविता मार्फत भने- ‘फक्रक्क फुल्न नपाउँदै कोपिलामै चुँडाइदियौ

दुई नौजवानको सपना बालकुमारीमै उडाइदियौ

थिए होलान् तिनीहरुका पनि सपना

न्यानो लगाउने र मिठो खाने

रक्षक नै भक्षक भएपछि

न्याय खोज्न अब कहाँ जाने रु

आँखाबाट आँशु झार्दै

भक्कानिएर रुन्छिन् तिनकी आमा

अपराधीलाई कारबाही गर भनी

संसदमा आवाज उठाउँदा माग्छौ मेरो राजीनामा

सत्ता तिम्रै छ, शक्ति तिम्रै छ,

जति दबाउन सक्छौ दबाऊ,

दबिएर दबिँदैन यी आवाजहरु

एक दिन उठ्नेछन् र भन्नेछन्

भ्रष्टाचारी र देशद्रोहीलाई संसदबाट मात्र होइन

यो देशबाटै भगाऔं ।’

माओवादी सांसद सापकोटाले राप्रपा सांसद ज्ञानेन्द्र शाहीसँग यसअघि पनि वादविवाद गरेका थिए । गत शुक्रबार सापकोटाले शाहीलाई राजीनामा दिएर सडकमा जान सुझाव दिएका थिए । त्यसको जवाफ उनले आइतबार कवितामार्फत दिए । शाहीले संविधानको व्यवस्था नै उधृत गरेर प्रचलित व्यवस्थामाथि बहस गर्न पाइने र कसैले सांसदको राजीनमा माग्न नपाउने बताए ।

विचार मिल्दैन भन्दैमा अमुक मान्छेले राजीनामा माग्न नपाइने उल्लेख गर्दै उनले भने, ‘अलिकति ज्ञान भए संविधान पढेर आउनू, आउँदैन भने हामीसँग सिकाइ माग्नुपर्यो ।’

संविधानको धारा १०३ ले कुनै पनि सांसदलाई बोलेकै आधारमा राजीनामा माग्न नपाउने विशेषाधिकार दिएकोसांसद शाहीले बताए । अहिलेको व्यवस्थाको विरोधमा बोल्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ ले नरोकेको पनि शाहीले सांसद सापकोटालाई जवाफ दिए ।

आफू जुम्लाका जनताबाट निर्वाचित भएर आएको उल्लेख गर्दै उनले कसैले राजीनामा माग्न नसक्ने दोहोर्‍याए । शाहीले जुम्लेली जनताले माया गरेर सांसद बनाएकाे पनि बताए । उनले भने- ‘मैले किन राजीनामा दिने ? शाहीले माओवादी आन्दाेलनप्रति इंगित गर्दै भने- मैले आठ र नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? मैले किन राजीनामा दिने ? मैले नेपाली दाजुभाइ तथा दिदीबहिनी मारेको हो ? मैले जातजाति, धर्म भेषभूषाको नाममा हिंसा गरेर आएको हो ?’

राप्रपाका प्रमुख सचेतक शाहीले आफ्नो राजीनामा मागिएको सम्बन्धमा प्रयोग गरेका शब्दहरुप्रति माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले नियमापत्ती गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

आरोग्य पर्यटन दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्य बनाउने : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले घोषणा गरेको ‘आरोग्य दशक’ पहलले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यट...

निशान्त विक र संगीना थापा मगर बने ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता’का विजेता

काठमाडौं । ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ को उपाधि निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख))ले जितेका...

सुविधा बढे, गाउँ रित्तिए: अर्घाखाँचीमा ७ हजार हेक्टरभन्दा बढी जमिन बाँझो

काठमाडौं । एक समय नुन–तेल किन्न बुटवलसम्म ढाकर बोकेर पुग्नुपर्ने अर्घाखाँचीका गाउँमा आज सडक, बिजुली, इन्टरनेट, खानेपानी र स्वास्थ्य सेवाको पहुँच पुगेक...

जयतु संस्कृतम् : शिक्षा सुधारको मागबाट सुरु भएको आन्दोलन, प्रजातन्त्रको आधार बन्यो

काठमाडौँ । नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलनका रूपमा चिनिने ‘जयतु संस्कृतम्’ आन्दोलनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ८०औँ जयतु संस्कृत...

भारतीय बाँधले बढायो गौरको चिन्ता, डुबान जोखिम झन् गहिरियो

रौतहट । भारतले नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको बाँध मर्मतको नाममा थप अग्लो र बलियो बनाउन थालेपछि रौतहटको सदरमुकाम गौरसहित आसपासका बस्ती पुनः डुबा...

पहिलो हाफमा स्वीडेन २-१ ले अगाडि

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बना...

एमालेमा बढ्दै ध्रुवीकरण, ओलीको निशानामा पौडेल–पोखरेल

काठमाडौं । नेकपा एमालेभित्र पुनर्गठन बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेतामाथि सार्वजनिक रूपमा नभए पनि आन्तरिक बैठकमा कडा ...

निजी लगानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सरकारी रङ्गशाला भने अझै अलपत्र

भैरहवा । रुपन्देहीमा क्रिकेट पूर्वाधार विस्तारले तीव्रता पाइरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आशा जगाएको छ। निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending