Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

मानसिक रोगले ग्रसित फुरदिकुलाई उपचार गर्न खर्च अभाव

खबरडबली संवाददाता

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी  फुरदिकुको श्रीमान् (दाजाङ शेर्पा)को तीन वर्षअघि मुटु रोगका कारण मृत्यु भयो । 

श्रीमान्को मृत्युपछि छ वर्षीय छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइती घर नुनथला फर्किएकी फुरदिकु गत माघ ३ गतेदेखि आफैँ बिरामी परिन् । मानसिक रोगले ग्रसित फुरदिकुलाई अहिले परिवारका अन्य सदस्यले माइती घर अगाडि काठको खोर बनाएर त्यसभित्र राखेका छन् । 

काठ प्रयोग गरेर बाख्रा तथा सुँगुरका लागि बनाइने खोरजस्तो ठाउँमा राखिएकी फुरदिकुलाई परिवारका अन्य सदस्यले त्यही ठाउँमा खाना खाने र सुत्ने व्यवस्था मिलाइ दिएका छन् । बुबा पेमाछेतर र आमा निम्ने शेर्पाकी जेठी छोरी फुरदिकुलाई गत माघ १६ गतेदेखि खोरमा राखिएको छिमेकीले बताएका छन् । 

घर छाडेर हिँड्ने, गालीबेइज्जत बोल्ने तथा आफ्नो अगाडि देखा परेका जोकोही मानिसमाथि जाइलाग्ने व्यवहार देखाउन थालेपछि छोरी फुरदिकुलाई नियन्त्रण गर्न खोरभित्र राख्नुपरेको बुबा पेमाछेतरले बताए ।

“फुरदिकु १६ वर्षकै उमेरदेखि मानसिक रोगी थिइन् । उनलाई दुई वर्षअघि पाटन अस्पताल काठमाडौँमा लगेरसमेत उपचार गरियो । दुई महिना पाटन अस्पताल राखेर ल्याएपछि ठीक भएको थियो”, उनले भने, “उनीलाई पुनः सोही प्रकृतिको बिरामी बल्झिएको छ । उनीलाई सम्झाएर नियन्त्रण गर्न नसक्ने अवस्था छैन ।

बिगार गर्न नदिनका लागि खोरमा राख्न बाध्य भएका छौँ । उसको उपचारमा रु सात लाखभन्दा बढी खर्च भइसक्यो । आम्दानीको स्रोत छैन । पुनः उपचार गर्न पाएको खण्डमा ठीक हुन्छ भन्ने लाग्छ । तर, हामीसँग खर्च छैन । कसैको सहयोग पाए उपचारमा लैजान्थ्यौँ, छोरी हो ! माया लाग्छ ! तर, बाध्य भएर खोरमा राख्नुपरेको छ ।”

आमा फुरदिकुलाई खोरभित्र राखिएपछि कक्षा–३ मा अध्ययनरत छोरा पसनुरीको हेरचाह बाजे९बजूले गर्दै आएका छन् । बुबा९आमाको रेखदेख तथा हेरचाह आवश्यक पर्ने अवस्थामा बुबाको मृत्यु तथा आमा बिरामी भएपछि छ वर्षीय बालक ९पसनुरी०को भविष्य अन्यौलमा परेको देखिएको छ । 

फुरदिकुलाई गत माघ २१ गतेदेखि जिल्ला अस्पताल खोटाङबाट मानसिक रोगसम्बन्धीको औषधि खरिद गरेर सेवन गराइरहेको आमा निम्लेले बताइन् । “औषधि खाएको केही समयसम्म ठीक हुन्छ । औषधिले काम गर्न छाड्ने बित्तिकै मनलाग्दी बोल्छ । बेसुरमा गीत गाउँछ । आफ्नो अगाडि मान्छे आएको देख्नासाथ मुखमा जे आउँछ त्यही बोल्छ । गाउँमा बसिएको छ । आफन्तहरू आउँछन् । उनीहरूलाई बसिसक्नु दिँदैनन्”, उनले भनिन्, “फकाएर औषधि सेवन गराएपछि होसमा आएको समयमा खाना तथा खाजा माग्छ । खाना तथा खाजा राम्ररी खान्छ । बाहिर निकाल्यो भने हिँडिहाल्छ १ यसअघि पनि तीनरचार दिनसम्म हराएपछि खोजी गरेर ल्याएका थियौँ । उसको गोठाला गरेर बसौँ घर खेती गर्नुपर्छ १ नगरौँ सबै थोक बित्छ । ”

सामान्य घर खेतीबाट परिवार चलाउँदै आएका शेर्पा दम्पतीलाई जेठी छोरी फुरदिकुमा देखिएको समस्याले झनै समस्या भएको छिमेकी दोर्जे शेर्पाले बताए । “पाँच सन्तानका बुबारआमा पेमाछेतर र निम्लेलाई ठूलो समस्या आइलागेको छ । छिमेकमा बसेका हामीले गर्न सक्ने भनेको अर्मपर्म हो । त्यस्तो सहयोगले उनीहरूको समस्या समाधान हुनेवाला छैन”, उनले भने, “पेमाछेतर र निम्लेलाई परेको समस्यामा सरकारको ध्यान जान जरुरी छ । उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु हुँदैन । यसप्रति स्थानीय सरकार गम्भीर हुनुपर्छ ।”

विसं २०६६ मा नुनथलास्थित जालपा माध्यमिक विद्यालय नुनथलाबाट प्रवेशिका उत्तीर्ण गरेकी फुरदिकुलाई सुरुमा धामी झाँक्रीसमेत लगाइएको पारिवारिक स्रोतले जनाएको छ । 

विसं २०५० साउन १५ गते जन्मिएकी फुरदिकुमा देखिएजस्तो लक्षण यसअघि बुबा पेमाछेतर र आमा निम्लेलाई समेत देखिएको र उनीहरूको समस्या बिस्तारै ठीक भएको जनाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending