Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

‘जीवगाथा’ लिएर आए ददि सापकोटा

खबरडबली संवाददाता

काठमाडौं । वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्ने लेखक एवम् पत्रकार ददि सापकोटाको नयाँ कृति ‘जीवगाथा’ लोकार्पण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित विशेष कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवाल र लेखक ददि सापकोटाले पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवालले प्रकृति एवम् जीवजनावरसम्बन्धी पुस्तक कम लेखिएको र त्यसमा ददि सापकोटाको ‘जीवगाथा’ विशेष रहेको बताए । जीवजनावरका आनीबानी र क्रियाकलाप सरल किसिमले लेखिएको यो पुस्तकको महत्त्व पनि रहेको उनको भनाइ छ ।  

मान्छेको समाजमा भन्दा धेरै वन्यजन्तुको समाजमा रमाउने अनि तिनलाई साथी बनाउने, तिनका कथाव्यथा बुझ्ने, तिनका आनीबानी र स्वभावलाई पछ्याएर रमाइलो किसिमले लेख्ने स्वभाव ददि सापकोटाको रहेको लेखक अमर न्यौपानेको भनाइ छ । ‘ददिजीको लेख्ने तरिका रमाइलो छ । पशुपन्छीका तिनका यौनजन्य स्वभावलाई विशेष किसिमले पस्किने उनको लेखन मलाई मन पर्छ,’ उनले भने ।  

वर्षाैंअघि चितवनको सौराहामा बसेर पथप्रदर्शक बन्दा आफू प्रकृतिका विविध पक्षसित मोहित भएको र त्यसले आफूलाई बिस्तारै जीव–जनावर आदिमा आकर्षित गरेको लेखक ददि सापकोटाले बताए । ‘सौराहामै बसेर पर्यटकलाई प्रकृतिको रसस्वादन गराउँदै जाँदा मलाई थाहा भयो— कोटेरो चराको बिहे हुन निकै गाह्रो रहेछ । जाडोयाम लाग्नासाथ भालेहरु हतारिएर उड्दै तराईतिरका अग्ला रूखमा बाघकाने टोपी जस्ता गुँड बनाउन हतार गर्दा रहेछन्,’ उनले भने, ‘जसले सुन्दर, राम्रो, पानी ओत्ने, बचेरा हुर्काउन सजिलो हुने गुँड बनायो, पोथी उसैसित फकिने रहेछ । हतारिँदै निकै दिन लगाएर खाइनखाई बनाएको गुँड मन नपराइदिएपछि पोथीको मन जित्न भालेले फेरि अर्को गुँड देखाउने, गुँड बनाइसकेपछि त्यसको छतमा उभिएर प्यारी, मेरो गुँड हेर्न आइदेऊ न भन्दै बिलौना गर्ने गर्छन् । यति गर्दा पनि पोथीले मन नपराइदिएपछि भाले हेरेको हेर्‍यै हुन्छन् । पोथी जति अन्य सिपालु भालेले ओगटिसकेका हुन्छन् । त्यसैले कुनै कुनै भाले त्यो यामभरि पोथी नपाएरै जिल्ल पर्छन् ।’

यस्ता विविध पक्षबाट आफू आकर्षित भएको र सबै मानिसमा नपुगेको जानकारी पुस्तकमार्फत दिन ‘जीवगाथा’ लेखेको लेखक सापकोटाको भनाइ छ। ‘जुँगा–दाह्री चट्ट पार्ने, तेल घसेर कपाल लरक्क लर्काउने र स्त्रीलाई आकर्षित गर्ने स्वभाव चरा र अन्य जीवमा पनि हुने रहेछ,’ उनी भन्छन्, ‘मानव समाजमा जस्तै जीवजन्तुमा पनि बलात्कारीहरुले स्त्रीलाई दुःख दिने रहेछन् । तिनलाई तह लगाउने पहलमान पनि हुने रहेछन् । चोरीचकारी अनि लुकीचोरी मायाप्रेम त जीवजन्तुले पनि गाँस्ने रहेछन् ।’

प्रकृतिका अनेक रहस्यमय पाटा खोज्दाखोज्दै, तिनको रसास्वादन गर्दागर्दै आफू यस पटक ‘जीवगाथा’मा आइपुगेको उनले जनाए । ‘प्रकृतिका यस्तै रहस्यमय, कौतूहलपूर्ण विषयबारे वनको ‘वैभव पुस्तक’ लेखिसकेको मैले यस पटक थप जीवजन्तुका रोचक आनीबानी, कौतूहलपूर्ण व्यवहार र लुकेका पाटा समेटेर जीवगाथा पस्किएको छु,’ उनले भने, ‘मलाई विश्वास छ, यस पुस्तकले पनि पाठकलाई वन, जीवजन्तुको गाथा वा समग्रमा प्रकृतिका थप रहस्य खोतल्न मद्दत गर्नेछ ।’

पुस्तकमा के छ ?

मान्छेकै भाषा र सङ्केत त सहजै बुझ्न सकिन्न; जीवजन्तुको मन झन् कसरी बुझ्ने ? जीवजन्तुबीच पनि माया, प्रेम, स्नेह, भाषा र सङ्केत हुन्छ। चरा, पुतली अनि वनस्पतिले पनि मानिसले जसरी यात्रा गर्छन् । चरा पनि विश्वकै अग्लाअग्ला हिमाल आरोहण गरेर नेपाल आउजाउ गर्छन् । तिनले पर्वतारोहीले जस्तै समस्या भोग्छन् । राम्रा र असल, बलिया र निरोगी प्रेमीप्रेमिका जीवजन्तुको पनि छनोट हो । कतिपय जीवले त गर्भमै जीवनको पाठसमेत सिकाउँछन् ।

तिनै जीवजन्तुका फरक आनीबानी, जीवनशैली र विविध क्रियाकलापबारे बुझाउने पुस्तक हो— ‘जीवगाथा’। वैज्ञानिक तथ्य र सन्दर्भसामग्रीसहितको यो पुस्तक पढ्दा पाठकले जीवजन्तुसँगै हेलमेल भइरहेको अनुभूति गर्छन् ।

को हुन् ददि सापकोटा ?

ददि सापकोटा पेसाले पत्रकार, लेखक हुन् । पर्यटकीय क्षेत्रबाट पेसा सुरू गरेका उनी वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्छन् । हाल उनी नेपाललाई कर्मथलो बनाएका युरोपेली, युरोपको नेपाली समुदाय र प्रकृतिका विविध पक्षको खोजीमा छन् । यसअघि पन्छी जगत्, त्यो नेपाल, दुखेको युरोप र वनको वैभव लेखेका उनको यो पाँचौं पुस्तक हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थाई सेना द्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु

जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन...

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

कोलम्बो । श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी...

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने ३ जना पक्राउ

काठमाडौँ । झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन् ।  झुठ्ठा विवरण पेस गरी ना...

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा सुवेदी नियुक्त

काठमडौँ  । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा.नरेश सुवेदी नियुक्त भएका छन् । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था...

काभ्रेमा मालवाहक टिपर सञ्चालनमा नियमन गरिने

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक हुँदै विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको मालबहाक सवारी टिपर सञ्चालनमा नियमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय धुलि...

स्पा र गेस्टहाउसमा प्रहरी छापा, पाँचजना पक्राउ

काठमाडाैं । नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिको काममा  लगाएको आरोपमा प्रहरीले काठमाडौंका स्पा र गेस्टहाउसमा छापा हानेर पाँचजनालाई पक्राउ गरेको छ ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending