Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

सरकारी फार्मेसी रित्तो हुँदा निजी फार्मेसीमा औषधी किन्न बाध्य सर्वसाधरण

मासिक ५३ करोड रुपैयाँ भुक्तानी दिइरहे पनि अस्पताल भन्छ सरकारले पैसै दिएन

खबरडबली संवाददाता

काठमाडौं ।  भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधी किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको सरकारी फार्मेसीमा बढीमा एक सय रुपैयाँ मूल्य पर्ने औषधी मात्र पाइने भएका कारण निजी फार्मेसीमा पठाउने गरिएको हो ।

बढी मूल्य पर्ने औषधी नपाइने भएकाले अस्पतालको फार्मेसीका दराज प्रायः खाली हुन्छन् । सरकारले क्यान्सर उपचारमा एक लाख रुपैयाँ बराबरको उपचार तथा औषधी निःशुल्क उपलब्ध गराउने गरेको छ । निःशुल्क उपचार तथा औषधीका लागि फार्मेसीमा औषधी नपाइँदा बिरामी निःशुल्क पाइने औषधीसमेत अस्पतालबाहिरका फार्मेसीबाट शुल्क तिरेरै खरिद गर्न बाध्य रहेका  छन् ।

सिन्धुपाल्चोकका नवराज तामाङ बाबुको क्यान्सरको उपचारका लागि केही दिनअघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा रहेका छन् । उनले राज्यले एक लाख रुपैयाँ बराबरको औषधी निःशुल्क पाउनुपर्ने व्यवस्था रहे पनि चिकित्सकले सिफारिस गरेका औषधी अस्पतालको फार्मेसीमा नपाइने गरेको गुनासो गरे । 

उनले चिकित्सकले १० हजार रुपैयाँ बराबरका औषधी सिफारिस गरिदिएको तर अस्पताल फार्मेसीबाट पाँच सय रुपियाँ बराबरको औषधी पनि नपाइएकाले बिरामीले महँगोमा औषधी किन्नुपरेको बताए ।  उनले डाक्टरले नौ किसिमका औषधी लेखेर दिएपनि फार्मेसीमा दुई प्रकारका मात्र उपलब्ध भएका र बाँकी बाहिरबाट किन्नुपरेको बताए । 

ताप्लेजुङबाट क्यान्सरको उपचार गराउन भक्तपुर क्यान्सर अस्पताल आएका कवीन्द्र सेर्माले अस्पतालको फार्मेसी रित्तो रहेको भन्दै सरकारबाट पाउने सुविधा पाउनबाट समेत वञ्चित भएको बताए । बाहिर पनि एउटा मात्र फार्मेसीमा औषधी पाइने रहेछ । उनीहरूले जति भने पनि तिर्न बाध्य परिने भएका कारण आफुहरु ठगीएको महसुस भएको बताए ।  स्वास्थ्य बिमामार्फत पाउने औषधी र विपन्न नागरिकले पाउने सुविधा अनुसारका औषधी क्यान्सर अस्पतालको फार्मेसीमा नरहेको उनले बताए । 

अस्पतालका कार्यकारी निर्देशक डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालभित्रको फार्मेसीमा औषधी नपाउनु स्वाभाविक रहेको बताए । सरकारले विपन्न नागरिकको उपचारबापतको रकम छ महिनादेखि भुक्तानी गरेको छैन । त्यसैले अस्पतालको फार्मेसीमा औषधी उपलब्ध नभएको उनले बताए । 

उनले औषधी आपूर्तिकर्तालाई रकम भुक्तानी गर्न नसक्दा उनीहरूले आपूर्ति गर्न रोकेको जानकारी दिए । उनका अनुसार सरकारले विपन्न नागरिकको उपचारबापतको सात करोड रुपैयाँ अस्पताललाई उपलब्ध गराउन बाँकी छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठले सरकारले विपन्न नागरिकको उपचारको रकम नपठाउने हो भने बिरामीलाई उपचार गर्न समस्या हुने बताए । डेढ वर्षअघिदेखि औषधीको टेन्डर नहुँदा औषधी सकिँदै गएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विपन्नलाई उपचार गराएबापतको मासिक ५३ करोड रुपैयाँ भुक्तानी दिइरहेको जानकारी दिँदै भक्तपुर क्यान्सर अस्पतालले के कारणले रकम नपाएको हो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए । मन्त्रालयको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हिरादेवी निरौलाले भदौसम्मको भुक्तानी भइसकेको जानकारी दिँदै महाशाखासँग सम्झौता नगरेका अस्पतालमा भने भुक्तानी नहुने स्पष्ट पारिन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending