दाङ । दाङको घोराही उपमहानगरपालिका–४ को भकारेमा शिलान्यास भएर लामो समय अलपत्र परेको ‘लक्ष्मीपुर अस्पताल’ निर्माणको काम अघि बढेको छ । दुई वर्षभित्र निर्माण सक्ने गरी २०७७ साल मङ्सिर १३ गते शिलान्यास भएको १५ शैयाको ‘लक्ष्मीपुर अस्पताल’ तीन वर्षपछि निर्माणको काम अघि बढेको हो ।
अहिले अस्पताल निर्माणको काम भइरहेको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसूदन घिमिरेले बताए। शिलान्यास भए पनि लामो समयसम्म निर्माण रोकिएको अस्पतालको काम अहिले धमाधम भइरहेको उनले बताए। लामो समय अलपत्र परेको अस्पतालको काम ढिलै भए पनि अहिले भइरहेको छ वडाध्यक्ष घिमिरेले बताए । लक्ष्मीपुर अस्पताल निर्माणका लागि शिलान्यास भएको करिब आठ महिनापछि २०७८ साल असार २८ गते राजेन्द्र निर्माण सेवासँग सम्झौता भएको थियो ।
सम्झौता अनुसार गत वर्षको असारमा सकिनुपर्ने भए पनि अस्पतालको डिजाइन मन्त्रालयबाट स्वीकृतमा ढिलाइ हुँदा अहिले काम सुरु भएको घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले बताए । पौडेलका अनुसार अस्पताल भवन निर्माणका लागि आगामी असार महिनासम्म म्याद थप गरिएको छ ।
सङ्घीय सरकारको बजेटमा घोराही उपमहानगरपालिकाले प्राविधिक सहयोगमा अस्पतालको भवन निर्माणको काम भइरहेको छ । करिब १० करोड ६६ लाख चार हजार ९०१ रुपैयाँमा भवन निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । अस्पताल निर्माण भएपछि घोराही उपमहानगरपालिका–४, ३, २ र १ नं। का नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।
लक्ष्मीपुर अस्पतालको भवन निर्माणको काम अघि बढे पनि घोराही उपमहानगरपालिका–१० को ‘नारायणपुर सहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ को भवन निर्माणको काम भने अझै सुरु हुन सकेको छैन । सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको भवन निर्माणका लागि २०७८ साल माघमा रोयल बिल्डर्स प्रालिसँग घोराही उपमहानगरपालिकाको सम्झौता भएको थियो ।
२०७९ साल असार ३० गतेसम्म सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको भवन निर्माण गरिसक्नुपर्ने भए पनि अहिलेसम्म काम नभएको महाशाखा प्रमुख पौडेलले बताए । निर्माण व्यवसायीलाई पेनाल्टी जरिबाना गरेर भवन निर्माणको काम गर्न दिने सहमति भए पनि निर्माण व्यवसायीले ढिलाइ गरेको उनको भनाइ छ ।
सम्झौता अनुसार काम सुरु भएको भए एक वर्षअघि नै भवन निर्माण भइसक्ने महाशाखा प्रमुख पौडेलले बताए । त्यो बेला आर्थिक समस्या नभएको र अहिले भवन निर्माणका लागि बजेटको समेत समस्या रहेको उनको भनाइ छ । एक करोडभन्दा बढीको योजना भए पनि अहिले २० लाख रुपैयाँ मात्र बजेट भएको महाशाखा प्रमुख पौडेलले बताए ।
भवन निर्माण नहुँदा सहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट बिरामीलाई सेवा दिन समस्या भइरहेको केन्द्रका प्रमुख डा. डिल्लीराज आचार्यले बताए । सहरी क्षेत्रमा भएकाले धेरै बिरामी आउने भए पनि भवन अभावका कारण साँघुरो र पुरानो भवनबाट सेवा दिनुपर्ने बाध्यता रहेको प्रमुख आचार्यको भनाइ छ । सहरी प्रवर्धन केन्द्रको भवन निर्माणमा ढिलाइ हुँदा बिरामीलाई सेवा दिनसँगै प्रशासनिक काम गर्न समस्या भइरहेको प्रमुख आचार्यले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: