दाङ । दाङको घोराही उपमहानगरपालिका–४ को भकारेमा शिलान्यास भएर लामो समय अलपत्र परेको ‘लक्ष्मीपुर अस्पताल’ निर्माणको काम अघि बढेको छ । दुई वर्षभित्र निर्माण सक्ने गरी २०७७ साल मङ्सिर १३ गते शिलान्यास भएको १५ शैयाको ‘लक्ष्मीपुर अस्पताल’ तीन वर्षपछि निर्माणको काम अघि बढेको हो ।
अहिले अस्पताल निर्माणको काम भइरहेको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसूदन घिमिरेले बताए। शिलान्यास भए पनि लामो समयसम्म निर्माण रोकिएको अस्पतालको काम अहिले धमाधम भइरहेको उनले बताए। लामो समय अलपत्र परेको अस्पतालको काम ढिलै भए पनि अहिले भइरहेको छ वडाध्यक्ष घिमिरेले बताए । लक्ष्मीपुर अस्पताल निर्माणका लागि शिलान्यास भएको करिब आठ महिनापछि २०७८ साल असार २८ गते राजेन्द्र निर्माण सेवासँग सम्झौता भएको थियो ।
सम्झौता अनुसार गत वर्षको असारमा सकिनुपर्ने भए पनि अस्पतालको डिजाइन मन्त्रालयबाट स्वीकृतमा ढिलाइ हुँदा अहिले काम सुरु भएको घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले बताए । पौडेलका अनुसार अस्पताल भवन निर्माणका लागि आगामी असार महिनासम्म म्याद थप गरिएको छ ।
सङ्घीय सरकारको बजेटमा घोराही उपमहानगरपालिकाले प्राविधिक सहयोगमा अस्पतालको भवन निर्माणको काम भइरहेको छ । करिब १० करोड ६६ लाख चार हजार ९०१ रुपैयाँमा भवन निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । अस्पताल निर्माण भएपछि घोराही उपमहानगरपालिका–४, ३, २ र १ नं। का नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।
लक्ष्मीपुर अस्पतालको भवन निर्माणको काम अघि बढे पनि घोराही उपमहानगरपालिका–१० को ‘नारायणपुर सहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ को भवन निर्माणको काम भने अझै सुरु हुन सकेको छैन । सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको भवन निर्माणका लागि २०७८ साल माघमा रोयल बिल्डर्स प्रालिसँग घोराही उपमहानगरपालिकाको सम्झौता भएको थियो ।
२०७९ साल असार ३० गतेसम्म सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको भवन निर्माण गरिसक्नुपर्ने भए पनि अहिलेसम्म काम नभएको महाशाखा प्रमुख पौडेलले बताए । निर्माण व्यवसायीलाई पेनाल्टी जरिबाना गरेर भवन निर्माणको काम गर्न दिने सहमति भए पनि निर्माण व्यवसायीले ढिलाइ गरेको उनको भनाइ छ ।
सम्झौता अनुसार काम सुरु भएको भए एक वर्षअघि नै भवन निर्माण भइसक्ने महाशाखा प्रमुख पौडेलले बताए । त्यो बेला आर्थिक समस्या नभएको र अहिले भवन निर्माणका लागि बजेटको समेत समस्या रहेको उनको भनाइ छ । एक करोडभन्दा बढीको योजना भए पनि अहिले २० लाख रुपैयाँ मात्र बजेट भएको महाशाखा प्रमुख पौडेलले बताए ।
भवन निर्माण नहुँदा सहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट बिरामीलाई सेवा दिन समस्या भइरहेको केन्द्रका प्रमुख डा. डिल्लीराज आचार्यले बताए । सहरी क्षेत्रमा भएकाले धेरै बिरामी आउने भए पनि भवन अभावका कारण साँघुरो र पुरानो भवनबाट सेवा दिनुपर्ने बाध्यता रहेको प्रमुख आचार्यको भनाइ छ । सहरी प्रवर्धन केन्द्रको भवन निर्माणमा ढिलाइ हुँदा बिरामीलाई सेवा दिनसँगै प्रशासनिक काम गर्न समस्या भइरहेको प्रमुख आचार्यले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: