Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्ली र लखनउका लागि मैत्री बससेवा सुरु

खबरडबली संवाददाता
बाँके । नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्ली र उत्तरप्रदेश प्रान्तको राजधानी लखनउका लागि मैत्री बससेवा सुरु गरिएको छ । यसअघि, नेपालगञ्जबाट दिल्ली र लखनउसम्म नेपाल–भारत मैत्री बससेवा सञ्चालन गर्दै आइएको भेरी यातायात प्रालिसँग सहकार्य गरेर उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोण्डाले आजदेखि बस सेवा सञ्चालन गरेको हो । 
 
आज नेपालगञ्ज बसपार्कमा एक समारोहकाबीच लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री र उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोण्डाका क्षेत्रीय प्रबन्धक अङ्कुर विकासले बस सेवाको शुभारम्भ गरे । 
 
प्रदेशसभा सदस्य खत्रीले नेपाली बस मात्रै दिल्ली र लखनउ सञ्चालन हुँदै आएकामा अव भारतको उत्तर प्रदेश सरकारलेसमेत नेपालीलाई सेवा सहजताका लागि मैत्री बस सञ्चालन गर्नु खुसीको कुरा भएको बताए । 
 
उत्तर प्रदेश परिवहनका क्षेत्रीय प्रबन्धक विकासले सीमा क्षेत्रमा नेपाली यात्रुले पाउँदै आएको सास्तीलाई मध्यनजर गर्दै नेपालगञ्जबाटै सहज र सुलभ दरमा बस सेवा सञ्चालन गरिएको बताए । 
 
भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले भारतीय पक्षले भारतबाट बस सञ्चालन गरेपछि अब नेपाल–भारत मैत्री बस सेवाले सार्थकता पाएको बताए । उनले आफुहरुले हाल नेपालगञ्जबाट दिल्ली, लखनउ र हरिद्वारका लागि सुविधा सम्पन्न बस सञ्चालन गरेर यात्रुलाई सुविधा प्रदान गर्दै आएको दाबी गरे । 
 
उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोन्डाले नेपालगञ्जबाट हाल लखनउ र दिल्लीका लागि दुईवटा बस सञ्चालन गर्ने सहमति भएको भेरी यातायात प्रालिका प्रबन्धक प्रमोद धितालले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन प्रणाली संशोधन आवश्यक छ: डा कोइराला

मोरङ । मुलुकमा स्थिर सरकार बिना आर्थिक विकासले गति लिन नसक्ने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् ।  आज मोरङको बूढीगङ्गा गाउँपालिका...

यी प्रदेशमा आज राति हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र कोसी  प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्...

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलाग्ने...

एकीकृत समाजवादीको मकवानपुरअध्यक्षमा दाहाल

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्ष पदमा पुनः विष्णुप्रसाद दाहाल चयन भएका छन् ।  शनिबार र आइतबार हेटौँडामा सञ्च...

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट आज लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । दार्चुला मालिकार्जुन गउँपालिका–३ का आनसिँ साउँद, भीमदत्त नगरपालिका–६ का ऐठपुरका गो...

सिंहदरबार प्रवेशका लागि इलेक्ट्रोनिक गेटपासको व्यवस्था

काठमाडौं । सर्वसाधरणहरूका लागि सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिने भएको छ ।  गृह मन्त्रालयले ई गेट पासको अवधारणा कार्यान्वायनम...

इलाम-२ मा मतान्तर बढाउँदै एमालेका सुहाङ

इलाम । इलाम-२ मा नेकपा एमालेका सुहाङ नेम्बाङले  मतान्तर बढाउँदै लागेका छन् । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग...

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौं बैठकमा कर्णाली प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई ११ बुँदे ...

बझाङ-१ (क) मा एमाले उम्मेदवार भण्डारीकाे अग्रता कायमै

बझाङ । बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका-९ को मतगणना सम्पन्न भएको छ । प्राप्त परिणामअनु...

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पेसागत वरिष्ठ अधिवक्ता तथा अधिवक्तामाथि कुनै प्रकारको निराधार एवं आपत्त...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies