काठमाडौं । यही फागुन ११ देखि १९ गतेसम्म हुने ‘केपी ओली कप–२०८०’ फुटबल प्रतियोगिताका विजेतालाई रु ११ लाख प्रदान गरिने भएको छ ।
राष्ट्रिय युवासङ्घ नेपालले भोलिदेखि आयोजना गर्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रतियोगिताका द्वितीयलाई रु पाँच लाख, उत्कृष्ट खेलाडीलाई रु एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५०/५० हजार प्रदान गरिने जनाइएको छ ।
खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० टिमले सहभागिता जनाउने छन् । नेपालका सात टिममा जाउलाखेल युथ क्लब, न्यूरोड टिम (एनआरटी), थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाउने केपी ओली कपका संयोजक सुमन पुरीले जानकारी दिए ।
उनका अनुसार खेलको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उक्त समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, अन्य विशिष्ट व्यक्ति, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी र कलाकार रहने छन् । उद्घाटन समारोहमा ख्यातिप्राप्त कलाकारद्वय प्रकाश दुतराज र दीक्षा कार्कीको विशेष प्रस्तुति रहने पुरीले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उक्त प्रतियोगिताको ११ देखि १६ गतेसम्म एन्फा सातदोबाटो हुनेछ भने १७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल प्रतियोगिता दशरथ रङ्गशाला त्रिपुरेश्वरमा हुनेछ ।
‘सवल राष्ट्र निर्माणका लागि स्वस्थ सेवा, स्वस्थ युवाका लागि खेलकुद’ भन्ने नाराका साथ हुन लागेको फुटबल प्रतियोगिताले खेलकुदको प्रवर्द्धन, खेलाडी उत्पादन, रोजगारसँगैै आर्थिक समृद्धिको आधारसँग जोड्ने अभियानले आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।
खेलकुद क्षेत्रमा ‘समस्या होइन, सम्भावना’ छ भन्ने कुरालाई उजागर गर्दै त्यसलाई नेतृत्व गर्न सक्ने सङ्गठनको रुपमा केपी ओली कप गत वर्षदेखि सुरुआत गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: