Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

फागुन १९ देखि २७ सम्म ‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला’ हुने

खबरडबली संवाददाता

काठमाडौंँ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारा सहित ‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहिबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै मेलाको बिभिन्न पक्षको जानकारी दिएको हो ।

फाल्गुन १८ गतेदेखि २७ गतेसम्म चल्ने मेला काठमाडौं, दाङ्ग, पोखरा र ललितपुरमा आयोजना हुन आयोजक संस्था एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताए ।

‘ऐतिहासिक तथा विश्व सम्पदा सुचिमा आबद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्वर्द्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौ’ कोइरालाले भने ‘यसबाट देशको विविध सँस्कृतिक, पुरातत्विक र अन्य पर्यटकिय स्थलको मात्र नभई नेपालकै विश्वसामु प्रचार–प्रसार हुने आशा छ ।’ 

मेलामा अष्ट्रीया, बेल्जीयम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्यान्ड, साउथ अफ्रिका, र नेपाल लगायत राष्ट्रका विभिन्न साँस्कृतिक समुहका ३५० भन्दा बढी कलाकारहरुले भाग लिनेछन् ।

नेपाल जस्तो बहुजातिय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र सँस्कृतिहरु रहदै आएको सर्व विदितै छ । नेपाली सँस्कृति प्रति स्वदेशी भन्दा विदेशी बढि आकर्षित हुनु पर्यटन प्रवद्र्धनका दृष्टिकोणले राम्रै मान्न सकिन्छ । आफ्नो पहिचान र मौलिकता बोकेका सँस्कृति प्रति स्वयं नेपाली उदासिन हुनु दुःख लाग्दो पक्ष हो । वर्तमान युवा पिढी आफ्नो मौलिकतालाई विर्सिएर पाश्चात्य सँस्कृतिमा रमाउन थालेको युवा पिढीलाई पनि यस तर्फ आकर्षित गर्न यस्तो मेला महत्वपुर्ण हुने आयोजकको भनाई रहेको छ ।

मेला २०५८ देखि प्रत्येका २ बर्षमा नियमित आयोजना हँुदै आएको छ । सुरुवातदेखि एघारौं संस्करणसम्म मेलामा करिब ८५ भन्दा बढि देशका ८५०० भन्दा बढि कलाकारहरुले घर आगनमा आ–आफनो देशको मौलिकता झल्कने झाँकी सहित बिविध लोकसाँस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको आयोजकको दाबी रहेको छ ।

नेपाली सँस्कृति उत्थान तथा साँस्कृतिक प्रर्यटन प्रवद्र्धनको आफनो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा साँस्कृतिक पर्यटन प्रर्वद्धन गर्नु यस मेलाको प्रमुख उदेश्य रहेको आयोजकले बताएको छ । 

‘यस पटकको महोत्सव अवधिभर कलाकारहरुले आ–आफ्नो सँस्कृति झल्कने भेष–भुषा लगाई साँस्कृतिक झाँकि गर्ने र आफ्नो लोकगीत, संगीत र लोक नृत्य प्रस्तुत गर्नेछन्’, आयोजक कोइरालाले भने ‘काठमाडांै आसपासका बिद्यालयमा गई बिदेशी कलाकारहरुले आफ्ना साँस्कृतिक प्रस्तुत गर्ने र बिद्यालयका बिद्यार्थीहरुको समेत साँस्कृतिक प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।’ यस किसिमको साँस्कृतिक आदान प्रदानले बिद्यार्थीहरुमा आफ्नो लोक सँस्कृति प्रति अभिरुची बढ्ने विश्वास कोइरालाको रहेको छ ।

मेलाको फाल्गुण १९ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending