Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । 

झापाको बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३ सय ३० मिलिग्राम र मोबाइल १ थानसहित सोही ठाउँ बस्ने २० वर्षीय राज राजवंशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको टीकापुर नगरपालिका–१ बाट अवैध लागूऔषध खैरो हेरोइन ९ सय ८० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका–४ घर भएका २३ वर्षीय आरोन थापालाई बुधबार  बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–४ पुरानो बसपार्कबाट अवैध लागूऔषध चरेश १ सय २९ ग्राम ६७ मिलिग्राम, नगद ८२ हजार ७ सय २५ रूपैयाँ र तौल गर्ने काँटा १ थानसहित सोही ठाउँ बस्ने ७४ वर्षीय शेर सिंह धामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको पसल र घरको तलासी गर्ने क्रममा उक्त परिमाणको चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरकै पुनर्वास नगरपालिका–४ कार्गिलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन ४ सय ४० मिलिग्रामसहित कैलाली गोदावरी नगरपालिका-८ स्याउले बस्ने २१ वर्षीय बिरेन्द्र कठायतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन ९ सय २० मिलिग्रामसहित बैतडी पाटन नगरपालिका-६ बस्ने २६ वर्षीय कमल भण्डारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-१० राजमार्ग चौराहाबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–१० कालिकानगर बस्ने २५ वर्षीय प्रविन थापालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट चौराहाबाट खटिएको प्रहरीले लु.८३ प ५२२८ नम्बरको  टरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार थापालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ५० मिलिग्रामसहित भारत बिहार घर भएका २७ वर्षीय सुभाष मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending