काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले राज्यले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएको बताएकी छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद कार्कीले नुनदेखि सुनसम्मको मूल्य तोक्दा स्वास्थ्यजस्तो गम्भीर र संवेदनशील विषयमा सरकार गम्भिर नभएको बताएकी हुन् ।
‘कुन उपचार, कुन परीक्षणको कति लाग्छ भन्नेमा न शुल्क निर्धारण छ न त नियमन नै । अस्पताल र प्रयोगशालाहरूले आफूखुशी शुल्क तोकिरहेका हन्छन्। निजीमात्र होइन सरकारी अस्पतालमा समेत शुल्कको एकरूपता छैन,’ उनले भनिन्।
संविधानको प्राबधानअनुसार नागरिकले कस्तो उपचार कति रूपैयाँमा हुन्छ र त्यसका जोखिमहरू के-के हुन्छन् भनेर सबै नागरिकले जानकारी पाउनुपर्ने उनकाे भनाइ छ । हरेक सेवा शुल्कबारे नागरिक बडापत्र बनाएर सबैले देख्ने ठाउँमा राख्नुपर्छ नियम भएपनि अधिकांश अस्पतालले यो नियमको पालना नगरेका उनले बताइन्।
‘कतिपय अस्पतालमा पैसा तिर्ने झ्यालमा पुगेपछि थाहा हुन्छ कुन उपचारको कति पैसा पर्छ भनेर । त्यो पनि अस्पतालपिच्छे फरकफरक छन्,’ उनले भनिन्। सांसदक कार्कीले भिडिओ एक्स–रे एउटै टेस्टको शुल्क ५ सयदेखि २५ सयसम्म लिइने गरेको पाएको बताइन् । ल्याब टेस्ट र अपरेशन शुल्कमा स्थिति अझै बिकराल रहेको उनको दाबी छ ।
‘पित्तथैलीको अपरेसन गर्नलाई, एपेन्डिक्स फाल्ने अपरेसन गर्न ३० हजारदेखि डेढ लाख तिरिरहेका हुन्छन् नागरिकहरूले। एकै देशमा एउटै प्रबिधिबाट गरिने उस्तै उपचारको शुल्क किन अस्पतालपिच्छे फरक छ? यसको मापदण्ड खोई?,’ उनले भनिन्।
अहिले पैसा हुनेले सहज उपचार पाउने र पैसा नहुनेले सस्तो कहाँ पाउँछ भनेर भौँतारिँदै हिँड्नुपर्ने अवस्था रहेको उनले बताइन्। ‘छटपटाइरहेको बिरामीले कहाँ सस्तो उपचार पाउँछु भन्दै भौँतारिनुपर्ने अनि मौलिक हक अधिकार सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौं भनेर भाषणमा कुर्लिरहने?,’ उनले भनिन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: