विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीचको भएको दोस्रो चरणको वार्ता तीन बुँदे आंशिक सहमतिपछि सकिएको छ । बुधबार विराटनगरको इस्टर्नस्टार होटलमा भएको सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिको वार्ता आंशिक सहमतिपछि सकिएको हो।
दुई पक्षको वार्ता टोलीबीच प्रदेशको पुनः नामांकनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुबैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्याउन आगामी वार्तासम्ममा पहल गर्ने सहमति वार्ता टोलीका सदस्य सचिव आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले बताए।
त्यस्तै फागुन मसान्तसम्ममा प्रदेश खारेजीको आन्दोलनका क्रममा घाइते भएकाहरूको तथ्यांक संकलन गरिने सहमति भएको छ, जसका लागि प्रदेश सरकार र आन्दोलनरत पक्षबाट दुई-दुई जना प्रतिनिधिसहित कार्यदल बनाइने छ।
उक्त कार्यदलले उपचार खर्चको विवरणसमेत संकलन गरी आगामी वार्तामा पेस गर्ने सहमति भएको छ । यसअघि आन्दोलनकारीलाई लागेका सबै मुद्दा फिर्ता गर्ने सहमति पनि कोशी सरकारले गरेको छ ।
यसैगरी कोशी नामकरणका दिन आगामी फागुन १७ मा पहिचान पक्षधरले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने छन् । नामकरण भएको दिनलाई शान्तिपूर्ण विरोध गर्ने आन्दोलनरत वार्ता टोलीका संयोजक डकेन्द्रसिं थेगिमले जानकारी दिए। नामकरण भएको दिनलाई कालो दिनका रूपमा मनाउने उनले बताए ।
यसअघिको वार्तामा दुईपक्षबीच पाँच बुँदे सहमति भएको थियो। सो सहमतिलाई कार्यान्वयन गर्ने पनि सहमति भएको छ। गत फागुन १७ गते प्रदेशको नामकरण भएपछि पहिचान पक्षधर आन्दोलनरत छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: