Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सल्यानमा २४ बालमैत्री पुस्तकालय खुले, बागचौरमा एकैदिन ८ पुस्तकालयकाे उद्घाटन

खबरडबली संवाददाता

सल्यान  । बालबालिकामा पठनसीप वृद्धि गराउने र पढ्ने बानीको विकास गर्ने उद्देश्यले सल्यानका सामुदायिक बिद्यालयमा बालमैत्री पुस्तकालय स्थापनालाइ तिब्रता दिइएको छ । चालू आर्थिक बर्षको हाल सम्म जिल्लाका २४ सामुदायिक बिद्यालयमा पुस्तकालय संचालनमा आएका छन् । जिल्लाका स्थानीय तह, रुम टु रिड र दलित बिकास समाजको संयुक्त साझेदारीमा संचालित साक्षरता कार्यक्रम अन्तर्गत बालमैत्री पुस्तकालय स्थापनाको अभियानलाई तिब्रता दिइएको हो ।

बुधबार मात्रै जिल्लाको बागचौर नगरपालिकामा ८ वटा बालमैत्री पुस्तकालय उद्घाटन भएको रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोखरेलले जानकारी दिए । सरस्वती माबि जामुनेचौर, अमरज्योती माबि, शिशु जागरण माबि खोरबारे, महेन्द्र माबि पिपलनेटा, सरस्वती आबि चिनाली, जनचेतना आबि दह, राष्ट्रिय आबि बैलडांडा र शिसुकल्याण आबि हारिचारमा बालमैत्री पुस्तकालय उद्घाटन गरिएको हो ।

४ वटा बिद्यालयमा पुस्तकालय उद्घाटन गर्दै बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले विद्यालयमा शैक्षिक गुणस्तर बढाउन पुस्तकालयको महत्वपुर्ण भुमिका हुने बताए । बालमैत्री पुस्तकालयमा साना कक्षाका विद्यार्थीले रमाइला रमाइला बालकथाका पुस्तक पढ्न पाउने, आफूलाई मन पर्ने पुस्तक घरमा लगेर पनि पढ्न पाउने भएकाले शैक्षिक क्षेत्रमा यो निकै महत्वपूर्ण लगानी रहेको उनको भनाइ छ ।

पुस्तकालय उद्घाटन कार्यक्रममा विभिन्न बिद्यालयमा सम्बन्धित वडाका वडा अध्यक्ष, शिक्षा शाखा तथा रुम टु रिड र दलित बिकास समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बालबालिकाको पढ्ने सीप र बानीको बिकास गरि स्वतन्त्र पाठक बनाउने उदेश्यले नगरपालिकासंगको साझेदारीमा बालपुस्तकालय खोलिएको रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत पोखरेलले जनाए ।

उनले भने, “कुनै पनि बालवालिकाले १० वर्षभित्र साधारण साक्षरता सीप सिक्न नसकेमा उसको जीन्दगी गरिवीको रेखामुनी रहने भिभिन्न अध्यनले देखाएको छ । बालवालिकालाई आफ्नो स्तर अनुसारको पुस्तक पढ्दै पठन संस्कृतिको विकास गर्न, पढ्ने सीप र बानीको विकास गर्नका लागि पुस्तकालय संचालनमा ल्याइएका हुन् ।”

यस अघि बागचौरकै दुर्गा सरस्वती माबिमा तथा छत्रेश्वरी र त्रिवेणि गाउँपालिकामा ६÷६ वटा एवम दार्मा गाउँपालिकामा ३ वटा बाल पुस्तकालय संचालनमा आइसकेका छन् । बालचित्र, कथा कलगायतका पुस्तक पढ्न पाउँदा स–साना विद्यार्थीमा पठनसीपको विकास संगै उनीहरुलाई अध्ययनशील पनि बनाउने भएकाले बालबालिकाहरुको व्यक्तित्व विकासमा बालपुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने साक्षरता कार्यक्रम सल्यानका संयोजक टेकराज शाहीले बताए ।

सामुदायिक विद्यालयका बालबालिकालाई पुस्तकप्रेमी बनाउन अभिभावक संगै स्थानीय तह, शिक्षक तथा विद्यालय व्यवस्थापक एवम् सरोकारवालाहरुले प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने देखिन्छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending