सल्यान । बालबालिकामा पठनसीप वृद्धि गराउने र पढ्ने बानीको विकास गर्ने उद्देश्यले सल्यानका सामुदायिक बिद्यालयमा बालमैत्री पुस्तकालय स्थापनालाइ तिब्रता दिइएको छ । चालू आर्थिक बर्षको हाल सम्म जिल्लाका २४ सामुदायिक बिद्यालयमा पुस्तकालय संचालनमा आएका छन् । जिल्लाका स्थानीय तह, रुम टु रिड र दलित बिकास समाजको संयुक्त साझेदारीमा संचालित साक्षरता कार्यक्रम अन्तर्गत बालमैत्री पुस्तकालय स्थापनाको अभियानलाई तिब्रता दिइएको हो ।
बुधबार मात्रै जिल्लाको बागचौर नगरपालिकामा ८ वटा बालमैत्री पुस्तकालय उद्घाटन भएको रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोखरेलले जानकारी दिए । सरस्वती माबि जामुनेचौर, अमरज्योती माबि, शिशु जागरण माबि खोरबारे, महेन्द्र माबि पिपलनेटा, सरस्वती आबि चिनाली, जनचेतना आबि दह, राष्ट्रिय आबि बैलडांडा र शिसुकल्याण आबि हारिचारमा बालमैत्री पुस्तकालय उद्घाटन गरिएको हो ।
४ वटा बिद्यालयमा पुस्तकालय उद्घाटन गर्दै बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले विद्यालयमा शैक्षिक गुणस्तर बढाउन पुस्तकालयको महत्वपुर्ण भुमिका हुने बताए । बालमैत्री पुस्तकालयमा साना कक्षाका विद्यार्थीले रमाइला रमाइला बालकथाका पुस्तक पढ्न पाउने, आफूलाई मन पर्ने पुस्तक घरमा लगेर पनि पढ्न पाउने भएकाले शैक्षिक क्षेत्रमा यो निकै महत्वपूर्ण लगानी रहेको उनको भनाइ छ ।
पुस्तकालय उद्घाटन कार्यक्रममा विभिन्न बिद्यालयमा सम्बन्धित वडाका वडा अध्यक्ष, शिक्षा शाखा तथा रुम टु रिड र दलित बिकास समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बालबालिकाको पढ्ने सीप र बानीको बिकास गरि स्वतन्त्र पाठक बनाउने उदेश्यले नगरपालिकासंगको साझेदारीमा बालपुस्तकालय खोलिएको रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत पोखरेलले जनाए ।
उनले भने, “कुनै पनि बालवालिकाले १० वर्षभित्र साधारण साक्षरता सीप सिक्न नसकेमा उसको जीन्दगी गरिवीको रेखामुनी रहने भिभिन्न अध्यनले देखाएको छ । बालवालिकालाई आफ्नो स्तर अनुसारको पुस्तक पढ्दै पठन संस्कृतिको विकास गर्न, पढ्ने सीप र बानीको विकास गर्नका लागि पुस्तकालय संचालनमा ल्याइएका हुन् ।”
यस अघि बागचौरकै दुर्गा सरस्वती माबिमा तथा छत्रेश्वरी र त्रिवेणि गाउँपालिकामा ६÷६ वटा एवम दार्मा गाउँपालिकामा ३ वटा बाल पुस्तकालय संचालनमा आइसकेका छन् । बालचित्र, कथा कलगायतका पुस्तक पढ्न पाउँदा स–साना विद्यार्थीमा पठनसीपको विकास संगै उनीहरुलाई अध्ययनशील पनि बनाउने भएकाले बालबालिकाहरुको व्यक्तित्व विकासमा बालपुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने साक्षरता कार्यक्रम सल्यानका संयोजक टेकराज शाहीले बताए ।
सामुदायिक विद्यालयका बालबालिकालाई पुस्तकप्रेमी बनाउन अभिभावक संगै स्थानीय तह, शिक्षक तथा विद्यालय व्यवस्थापक एवम् सरोकारवालाहरुले प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: