Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

कञ्चनपुरमा दादुरा–रुबेला विरुद्ध खोप अभियान

खबरडबली संवाददाता

कञ्चनपुर । कञ्चनपुरका नौ स्थानीय तहका बालकालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका ९२ वडामा यही फागुन १३ देखि २१ गतेसम्म अभियान सञ्चालन गरी खोप लगाइने भएको हो ।

फागुन १३ देखि २१ गते (नौ दिन) सम्म सञ्चालन हुने अभियानमा जिल्लाका पाँच सय ५३ खोप केन्द्रमार्फत नियमित खोप लगाउन छुटेका एक लाख ३८ हजार एक सय १२ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय कञ्चनपुरका क्षय–कुष्ठरोग अधिकृत उद्धवबहादुर ठगुन्नाले जानकारी दिए । अभियानअन्तर्गत नौ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ । 

खोप केन्द्रमा स्वास्थ्यकर्मीसहित तीन जनालाई खटाइने तयारी गरिएको ठगुन्नाले बताए । उनका अनुसार एक खोप केन्द्रमार्फत दुई सय ५० जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । नियमित खोप केन्द्रसँगै स्वास्थ्य संस्था र विद्यालयमा खोप केन्द्र निर्धारण गरिएका छन् । खोप अभियान कार्यक्रम सञ्चालनका लागि स्थानीय तहस्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी सञ्चालन भइरहेका छन । 

गोष्ठीलाई वडासम्म पुर्‍याएर अभियानबारे जानकारी दिने कार्य भइरहेको क्षय–कुष्ठरोग अधिकृत ठगुन्नाले बताए । “गोष्ठीमा दादुरा–रुबेला खोप अभियानमा नियमित खोप सेवा सुदृढीकरण गर्नेबारे जानकारी गराउने काम भइरहेको छ”, उनले भने, “खोप लगाउन छुट हुने समुदाय, वर्ग, स्थानको पहिचान गरी ती सबैलाई खोप प्रदान गर्ने कार्यनीति अवलम्बन गर्न स्वास्थ्य संस्थालाई निर्देशन, सल्लाह र सुझाव दिने कार्य गरिएको छ ।”
 
दादुरा–रुबेला निवारणका लागि कम्तीमा ९५ प्रतिशत बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए । नगरपालिकाका १५ हजार बढी बालबालिकालाई उक्त खोप लगाइने उनले जानकारी दिए । “दादुरा–रुबेला खोपका लागि गरिएको सर्भेक्षणमा कञ्चनपुरको शुक्लाफाँटामा दुई र कृष्णपुर नगरपालिकामा ३८ जना बालबालिकामा दादुराको सङ्क्रमण देखिएको थियो”, भट्टले भने, “बसाइँसराइका कारण भारतलगायत अन्य क्षेत्रबाट आएका बालबालिकामा सङ्क्रमण भएको सर्भेक्षणमा पाइएको थियो ।” इँट्टाभट्टामा कम गर्ने व्यक्ति, मुक्तकमैया, सुकुम्वासी, भारतमा मौसमी बसाइँ सर्नेलगायत परिवारका बालबालिका अभिभावकसँगै काम गर्ने क्षेत्रमा जाने भएकाले पूर्ण खोप सुनिश्चितता हुन चुनौती रहेको उनको भनाइ थियो ।

सहरका घनाबस्ती, सुकुम्बासी बस्ती, उद्योग, कलकारखाना, बालमन्दिर, अनाथालय, अन्तदेशीय सीमा, बस पार्कलगायत क्षेत्रका बालबालिकालाई पहुँच पुग्ने गरी खोप केन्द्र राख्ने कार्य गरिएको भट्टले जानकारी दिए । उनका अनुसार सन् २०२६ सम्म रुबेला–दादुरा रोग निवारण गर्ने राष्ट्रिय उद्देश्य राखिएको छ । 

मुलुकका ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्ष उमेर समूह र कैलाली कञ्चनपुर सहितका २४ जिल्लाका नौ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई अभियानअन्तर्गत खोप लगाउने कार्यक्रम रहेको छ । दादुरा–रुबेला खोप अभियान २०७६/७७ अनुसार नियमित खोप लगाएका बालबालिका ८४ प्रतिशत थियो । उक्त तथ्याङ्कलाई बढाएर यस वर्षको अभियानमा ९५ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । 

आव २०७९/८० मा १९ जिल्लामा एक हजार तीन सय ३९ बालबालिकामा दादुरा महमारी देखिएको थियो । कोभिड–१९ को महामारी र अन्य कारणले गर्दा दादुरा–रुबेला खोप लगाउन छुट बालबालिकाको सङ्ख्यामा वृद्धी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
हालसम्म ७२ जिल्लाका सात सय ३३ स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका छन् । नुवाकोट, पर्सा लगायतका पाँच जिल्ला भने पूर्ण खोप घोषणा हुन बाँकी छन् । 

दादुरा–रुबेला खोप अभियान सफलतापूर्वक सञ्चालन गर्न/गराउन, स्थानीय तहको साधनस्रोत जुटाउन र परिचालन गर्न सरोकारवाला सबैसँग समन्वय गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुवँरले बताए । उनका अनुसार महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टको नेतृत्वमा तीन सदस्यीय एइएफआई समिति गठन गरिएको छ । 

खोप अभियान सञ्चालनका लागि टोलटोलमा विद्यालयमार्फत निमन्त्रणा कार्ड पठाउने कार्य गरिएको छ । नेपालको जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षण, २०२२ अनुसार चार प्रतिशत बालबालिकाले एउटा पनि खोप लगाएका छैनन् । करिब १६ प्रतिशत बालबालिकाले आंशिक खोप लगाएका छन भने ५२ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएका छन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE