काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको महासमिति बैठकमा सञ्चार क्षेत्रलाई समेटेर कुनै पनि प्रस्ताव नआउनु दुःखद् भएको बताएका छन् ।
प्रेस युनियनका तर्फबाट महासमिति सदस्य चयन भएका अध्यक्ष लम्सालले महासमिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै सञ्चार क्षेत्रले जताततै चुनौती भोग्दै गरेको अवस्थालाई कांग्रेसको महासमिति बैठकमा प्रस्तुत कुनै पनि प्रतिवेदनमा समावेश नगरिनु दुःखद् भएको बताए ।
“प्रेस, न्यु मिडिया एवं समग्र पत्रकारिता जगत्ले भोग्दै आएका चुनौतीबारे महासमिति बैठकमा कुनै पनि प्रतिवेदनमा केही आएन, नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक दलले सञ्चार क्षेत्रका विषयमा धेरै कुरा समेट्न सक्नुपथ्र्याे तर आएन”, लम्सालले भने ।
उनले कांग्रेसले गुट या ‘आफ्नो मान्छे’ प्रवृत्तिलाई छोडेर परिणाममुखी कामका माध्यमबाट कांग्रेसलाई बलियो बनाउन सबै तहका नेताहरु लाग्नुपर्ने सुझाव पनि दिए । लम्सालले पार्टीबाट निर्वाचित भएका नेताहरुमा पालिकाका वडादेखि प्रदेश हुँदै केन्द्रीय तहसम्म नै भ्रष्टाचार बढ्दै गएको व्यापक जनगुनासो रहेको पनि बताए ।
सत्तामा भएको गठबन्धनका कारण धेरै क्षेत्रमा कांग्रेसका कार्यकर्ता एवं समर्थकले अवसर गुमाउनुपर्ने अवस्था आएको बताए । महाससमिति बैठकमा धारणा राख्दै महासमिति सदस्य तथा वरिष्ठ पत्रकार तारानाथ दाहालले दुई महामन्त्रीले पेस गरेका प्रतिवेदनलाई परिमार्जनसहित बैठकले पारित गर्दा महासमितिमा आएका शब्दको थुप्रोलाई व्यवस्थित गर्न सकिने धारणा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:२८
संयुक्त राष्ट्र । संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेसले अष्ट्रेलियाको सिड्नीमा हनुक्का पर्वको अवसरमा भएको आतङ्कवादी घटनाप्रति गहिरो चिन्ता व्यक्त...
मंसिर ३० गते, २०८२ - १७:२६
शेन्जेन । चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीह...
मंसिर ३० गते, २०८२ - १७:२३
पाेखरा । गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ । यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्याकाल गत व...
मंसिर ३० गते, २०८२ - १७:२०
काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशन औपचारिक रूपमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया भए पनि यसको राजनीतिक अर्थ त्यसभन्दा धेरै गहिरो छ । यो महाधिवेश...
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...




प्रतिकृया लेख्नुहोस्: