रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ ।
ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम राख्न भन्दै गत शनिबार बेलुका ५ बजेबाट ईशनाथ नगरपालिकाअन्तर्गत वडा नं। २, ३, ४, ५, ६ र ७ मा कर्फ्यू आदेश जारी गरिएको थियो ।
तर, हाल स्थिति सामान्य भइसकेकोले बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी कर्फ्यू पूर्णरुपले हटाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सार्वजनिक सूचना निकालेर जानकारी दिएका छन् ।
कर्फ्यू आदेश हटाइएको सार्वजनिक सूचना
यस जिल्लाको ईशनाथ न.पा.–७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ती सुरक्षा कायम गर्न २०८०।११।०५ गते बेलुका ५:०० बजे देखी अर्को आदेश नभए सम्मको लागि ईशनाथ नगरपालिका अन्तरगत वडा नं। २, ३, ४, ५, ६ र ७ मा तोकिएको चार किल्ला सहितको स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को क ९१० बमोजिम कर्फ्यू आदेश जारी गरिएकोमा हाल स्थिति सामान्य भईसकेकोले क्षेत्र सिमा विस्तार सहितको मिति २०८०।११।०६ मा जारी कर्फ्यू आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९क० को ५ बमोजिम मिति २०८०।११।०९ गते बेलुका ५:०० बजे देखी लागु हुने गरी पूर्णरुपले हटाइएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
हिरालाल रेग्मी
प्रमुख जिल्ला अधिकारी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २५ गते, २०८३ - १६:०४
काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअ...
जेष्ठ २५ गते, २०८३ - १५:५८
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार ...
जेष्ठ २५ गते, २०८३ - १५:२७
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। यससँगै नेप्से २,७३५ अंकमा झरेर बन्द भएको छ। यसअघि बिहीबार १३ अंक र शुक...
जेष्ठ २५ गते, २०८३ - १४:४९
काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आज सोमबार सवा १ बजेका लागि १५ मिनेट स्थगित गरिएको बैठक त्यसपछि वि...
जेष्ठ २५ गते, २०८३ - १४:१५
काठमाडौं । सिंगापुरस्थित सिङ्गा ओभल मैदानमा जारी एसियन गेम्स क्वालिफायरको उपाधि भिडन्तमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर...
जेष्ठ २५ गते, २०८३ - १३:५०
काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले “नेपालले भारतको सीमा मिचेको छ” भन्ने अभ...
जेष्ठ २५ गते, २०८३ - १३:४१
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्ने माग संसद्मै उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले क...
जेष्ठ २५ गते, २०८३ - १३:३०
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा आएर आफ्नो सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनु...
जेष्ठ २५ गते, २०८३ - १३:२४
काठमाडौं । नेकपा एमालेले नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा आपत्ति जनाउँदै क्षमायाचनाको माग गरेको छ। सोमबार प्रति...
जेष्ठ २५ गते, २०८३ - १३:१७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन्। केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध जनाएपछि बैठक ...



प्रतिकृया लेख्नुहोस्: