रौतहट। देवाही गोनाही नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मनोज कुमार यादवको निधनप्रति शोक मनाउन नगरभित्र बुधबार शोक बिदा दिएको छ ।
देवाही गोनाही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवको मंगलवार राति १० बजे हृदयघातका कारण असामयिक निधन भएकोप्रति दु:ख व्यक्त गर्दै नगरपालिकाले बुधबार शोक बिदा दिएको हो ।
बुधबार नगरपालिकाको कार्यालय र मातहतका सबै वडा कार्यालयहरु, संघ संस्था, सामुदायिक विद्यालयहरुमा शोक बिदा दिएको निमित्त प्रशासकीय अधिकृत राजदेव रामले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘देवाही गोनाही नगरपालिकाका स्वास्थय शाखा प्रमुख श्री मनोज कुमार यादव ज्युको अल्पआयुमै मिति २०८०/११/०८ गते मंगलवार राति १० बजे हृदयघातका कारण आसामयिक निधन भएको प्रति देवाही गोनाही नगरपालिका दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । यस दु:खद घडीमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौँ, विज्ञप्तिमा भनिएको छ, ‘साथै आज मिति: २०८० /११/०९ गते बुधवार नगर प्रमुखको आदेशानुसार यस नगरपालिकाको कार्यालय र मातहतका सबै वडा कार्यालयहरु, संघ संस्था, सामुदायिक विद्यालयहरुमा शोक विदा हुने व्यहोरा सम्बन्धित सवैमा जानकारी गराइन्छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २५ गते, २०८३ - १६:०४
काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअ...
जेष्ठ २५ गते, २०८३ - १५:५८
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार ...
जेष्ठ २५ गते, २०८३ - १५:२७
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। यससँगै नेप्से २,७३५ अंकमा झरेर बन्द भएको छ। यसअघि बिहीबार १३ अंक र शुक...
जेष्ठ २५ गते, २०८३ - १४:४९
काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आज सोमबार सवा १ बजेका लागि १५ मिनेट स्थगित गरिएको बैठक त्यसपछि वि...
जेष्ठ २५ गते, २०८३ - १४:१५
काठमाडौं । सिंगापुरस्थित सिङ्गा ओभल मैदानमा जारी एसियन गेम्स क्वालिफायरको उपाधि भिडन्तमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर...
जेष्ठ २५ गते, २०८३ - १३:५०
काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले “नेपालले भारतको सीमा मिचेको छ” भन्ने अभ...
जेष्ठ २५ गते, २०८३ - १३:४१
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्ने माग संसद्मै उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले क...
जेष्ठ २५ गते, २०८३ - १३:३०
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा आएर आफ्नो सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनु...
जेष्ठ २५ गते, २०८३ - १३:२४
काठमाडौं । नेकपा एमालेले नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा आपत्ति जनाउँदै क्षमायाचनाको माग गरेको छ। सोमबार प्रति...
जेष्ठ २५ गते, २०८३ - १३:१७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन्। केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध जनाएपछि बैठक ...



प्रतिकृया लेख्नुहोस्: