Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

अनि फेरियो साँखगाउँको मुहार

खबरडबली संवाददाता

रुकुमपश्चिम । रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ । माथिपट्टि अग्ला भिरपहरा अनि बीच भाग हुँदै रुकुम पूर्व जोडिएको मध्यपहाडी लोकमार्ग छेवैमा छ साँखगाउँ ।

मध्यपहाडी राजमार्गको माथिपट्टिको गाउँलाई ‘माथिगाउँ’ भनिन्छ भने तल्लो गाउँलाई ‘तलिगाउँ’ भनिन्छ । परम्परागत शैलीमा ढुङ्गा, माटो तथा खरको छानाले निर्माण गरिएका घर साँखगाउँमा देख्न सकिन्छ ।

 विकासक्रमसँगै पछिल्लो समयम गाउँमा सरिया, सिमेन्ट प्रयोग गरेर पक्की घरहरु निर्माण पनि भइरहेका छन् । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टम्म मिलेका घरहरु र गाउँको बीच भागमा रहको दह, अनि मध्यपहाडीदेखि आधा घण्टाको दूरीमा उकालो हिँडेपछि पुगिने ठूली दहले जो कोहीलाई आकर्षित गर्छ ।

यस दहमा हरेक वर्ष माघ १५ गते राति पापिनी मेला मेला लाग्ने गर्छ । मेलामा पालोअनुसार नाट्य रुपमा एक साल माथि गाउँबाट र अर्को साल तलिगाउँबाट किशोरकिशोरीबीच विवाह हुन्छ । अनि पापिनी मेला सम्पन्न हुन्छ । यो परम्पराले साँखगाउँलाई थप प्रचारमा सहयोग पुर्याएको छ ।

मध्यपहाडी छेवैमा रहेकाले मानिसहरु साखँगाउँ र दह अवलोकन गर्न आउने गर्दछन् । साँखगाउँमा झण्डै तीन सय ५० घर रहेका छन् । यहाँ विषेशगरी गहुँ, जौ र मकै राम्रो उत्पादन हुने गरेको छ । यहाँका नागरिकको मुख्य पेसा भनेको कृषि, पशुपालन र व्यापार–व्यवसाय नै हो । पछिल्लो समय मध्यपहाडी राजमार्ग सञ्चालन आएसँगै घरघरै व्यापार–व्यवसाय गर्ने व्यक्तिको सङ्ख्या पनि बढेको छ ।

रुकुम पश्चिमको पूर्व भूभागमा पर्ने साँखगाउँ जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाबाट नजिकै पर्छ । मुसिकोट नगरपालिका–७ मा अवस्थित साँखगाउँ मध्यपहाडी राजमार्गले सुगम मात्र बनाएको छैन, आर्थिक रुपमामा पनि सहज बनाएको छ । केही दशकदेखि पहिले दुर्गमको महसुुुस गरिरहेको साँखगाउँ जिल्ला सदरमुकाम नजिक हुनु र मध्यपहाडी राजमार्ग सञ्चालनमा आउनुले यस क्षेत्रको मुहार फेरिएको छ ।

मध्यपहाडी राजमार्ग साँखमा नजोडिँदा भने जिल्ला सदरमुकाम खलङ्गा पुगेर राप्ती राजमार्ग हुँदै काठमाडौँ जानुपर्ने बाध्यता थियो । अहिले भने घर छेवैबाट मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँ पुग्न सकिने स्थानीय विकास पाण्डेले बताउनुभयो । राप्ती राजमार्ग सल्यान–दाङ हुँदै काठमाडौँ जाने दूरी लामो भएकाले बसमा दुई दिनसम्म समय लाग्थो, मध्यपहाडीबाट भने रुकुम पूर्व–बागलुुङ–पोखरा हुँदै काठमाडौँ एक दिनमा पुग्ने गरेको उनले सुनाए ।

मध्यपहाडी सञ्चानलन नहुँदासम्म रुकुम पश्चिम र रुकुम पूर्वका नागरिक काठमाडौँ जानका लागि राप्ती राजमार्ग सल्यान दाङ हुँदै जानुपर्ने बाध्यता थियो । अब भने रुकुम पश्चिमका दूरी छोटो हुने र छिट्टै पुगिने भएकाले मध्यपहाडी राजमार्गको यात्रा गर्न मन पराउँछन् । सडक यातायातको पहुँचसँगै यहाँको चहलपहल बढेको छभने विकास निर्माणले पनि गति लिएको छ । गाउँमा पक्की भवन बन्न थालेका छन्भने परम्परात शैलीबाट निर्माण गरिएको घरहरु बिस्तारै लोप हुने अवस्था छन् ।

एक दशकभित्र आएको परिवर्तन देखेर स्थायीय ८० वर्र्षीय पूर्णबहादुर बुढा अचम्म पुर्नुभएको छ । एक दशक पहिलेसम्म कल्पना नै गर्न नसकिने घर अगाडिबाटै बस गुड्दा बुढालाई अचम्म लागेको छ ।

“विंस २०६२÷६३ तिर दैनिक उपभोग्य सामग्री ल्याउनका लागि एक महिना पैदल हिँडेर दाङको कोइलावास, नेपालगञ्जलगायत ठाउँबाट घरमा उत्पादन भएको घ्यू बिक्री गरेर नुन, चामल उपभोग गर्नुपर्ने अवस्था थियो । अहिले त पैसा भएपछि घरभित्रै खाद्यान्न सामग्री आइपुग्छ । यस्तो सुविधा हाम्रो पालामा आउला भने लागेको थिएन,” बुढाले भने । पहिले दाङ नेपालगन्ज गएर गाडी देखिएको स्मरण गर्दै आजभोलि घरछेवैमा गाडी गुढ्दा खुसी लागेको उनले बताए ।

“पहिले मीठो खान दसँैतिहार पर्खिनुपथ्र्यो, अहिले त दिनैपिच्छे आफूलाई जे खान मन लाग्छ गाउँमै पाइन्छ, पहिले त्यस्तो थिएन दालभात खान पनि दसैँ, तिहार पर्खिनुपथ्र्यो,” स्थानीय ६५ वर्षीय मनकला थापाले भने ।

पछिल्लो समयको विकास देखेर भने उहाँ पनि खुसी हुन्हुन्छ । आफ्नो पालामा भोग्नुपरेका समस्याका बारेमा युवालाई बताउने गरेको र आजको विकास निर्माणले केही हदसम्म जनजीवनमा परिर्वतन ल्याएको थापा बताउँछन् ,

साँखगाउँ जिल्ला सदरमुकाम नजिक रहेकाले पनि शिक्षा, स्वास्थ्य र अन्य विकास निर्माणसँगै पर्यटकीय हिसाबले पनि जोडिन थालेको छ । गाउँमै माध्यमिक तहको पढाइ, गाउँमै स्वास्थ्य एकाइ केन्द्र, सुरक्षाका हिसाबले गाउँमै प्रहरी चौकीले पनि यहाँका नागरिकलाई सहज भएको छ ।

प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम आउनुपर्यो भने पनि आधा घन्टामा जिल्ला सदरमुकाम पुगिन्छ । गाउँमै अटोरिक्सा सञ्चालन भएकाले गाडी पर्खिनुपर्ने समस्या पनि स्थानीयलाई छैन् ।

शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारले हिसाबले साँखगाउँ अगाडि बढेको छ । विद्युतीकरणका हिसाबले पनि साँखगाउँ केन्द्रीय लाइनको पहँुचमा रहको छ । गाउँमै व्यापार–व्यवसाय गर्न सके गाउँमै आर्थिक समृद्धि गर्न सकिने हुँदा युवा विदेश पलायन रोक्न सकिने उनको भनाइ थियो ।

साँखगाउँमा खाद्यान्न बाली गहुँ, जौ, मकैबाहेक तरकारी खेती पनि राम्रो हुने गरको छ । गाउँमा उत्पादन भएको तरकारी बिक्रीमा भने बजारको समस्या नरहेको पाण्डे बताए । बजारीकरणका लागि सडक सञ्जालले पनि ठूलो सहयोग पुर्याएको छ ।

यहाँका स्थानीयहरु गाई, भैँसी, बाख्रा, कुखुरापालन र कृषि पेसा नै मुख्य आयस्रोत हो । मध्यपहाडी राजमार्गले यहाँको जनजीवन परिर्वतन गर्न ठूलो भूमिका खेलेको छ । राजमार्गकै कारण साँखमा रहेका पर्यटकीय ठाउँको पनि प्रचारमा सहयोग पुगेको वडाध्यक्ष एक्कबहादुर पाण्डेले बताए ।

साँखगाउँलाई पर्यटकीय हिसाबले अझ व्यवस्थित गर्न मुसिकोट नगरपालिका र वडा कार्यालय लागिपरेका उनले बताए । “साँखगाउँलाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न, साँख दह संरक्षण तथा भौतिक संरचना निर्माणमा निरन्तर लागिरहेका छौँ । यस क्षेत्रमा पर्यटक भित्र्याई गाउँलाई आर्थिक रुपमा समृद्ध बनाउने हाम्रो योजना छ”, उनले भने ।

दहमा लिफ्टिङ प्रविधिमार्फत पानी ल्याई डुङ्गा सञ्चालन र माछापालन गरी यहाँको आर्थिक विकास गर्ने वडाको योजना छ । “पर्यटन प्रवद्र्धनका लागि साँख दहबाट दुलीदसम्म केबलकार सञ्चालन गर्ने पनि योजना रहेको छ, केही वर्षमै योजना पूरा गर्छौं र यहाँका स्थानीयलाई आर्थिक रुपान्तरमा जोडछौँ,” वडाध्यक्ष पाण्डेले भने ।

दहलाई संरक्षण गर्न मुसिकोट नगरपालिका पनि लागिपरेको छ । गत वर्ष मात्र दह संरक्षणका लागि सङ्घीय ससर्त अनुदानअन्तर्गत रु ५४ लाखमा दहको चारैतिर पदमार्ग निर्माण, रेलिङ, प्रतीक्षालय र द्वार निर्माण गरिएको थियो ।   

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं आइसकेको टर्किसको जहाज लखनऊ र त्यहाँबाट दिल्ली डाइभर्ट हुँदा यात्रुलाई सस्ती

काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज पहिलोपटक भारत लखनऊ र त्यहाँबाट नयाँदिल्ली ‘डाइभर्ट’ हुँदा यात्रुले पाउनुसम्म सास...

सल्यानका ६ वडामा सामाजिक र आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना सुरु

सल्यान  । महिला र युवाहरुको सक्रिय सहभागिता मार्फत समावेशी र दिगो समाज स्थापनाका लागि सल्यानमा समुदायलाई परिचालन गरिने भएको छ । जिल्लाका ६ वटा वडामा स...

जीबी राईको हत्या भएको दाबी गर्ने डिल्लीराम खनाल पक्राउ

काठमाडौं । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीबी) राईको ‘हत्या’ भइसकेको दाबी गर्ने डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ...

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो । बुधबार...

सूचना-प्रविधिलाई 'लिडिङ फ्याक्टर' को रूपमा आत्मसात गरौँ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । सा...

पत्रकार यादव मृत्यु शंकास्पद, ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा १५ दिन अघि नै दिएका थिए निवेदन

जनकपुर ।  मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवको दुर्घटना शंकास्पद देखिएको छ । गत वैशाख ११ गते रेडियो धनुषाधामका सञ्चालक समेत रहेका...

घरको भित्तामा मोटरसाइकल जोत्तिदा दुई युवाको मृत्यु

काठमाडौं । चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटनाहुँदा दुई युवाको मृत्यु भएको छ । तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई मध्यराति घरमा ...

मैथलीफिल्म ‘लेबर’ घोषणा

काठमाडौं ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइदै गरेको एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक  पुर्णे...

धादिङमा भएको आगलागीमा वृद्ध दम्पतीको मृत्यु, गोरखामा ६ घरगोठ जले

काठमाडाैं। धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।  गएराति ७० वर्षीय ते...

डा. आयुष्नोभाको पोल्टामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’को ताज

काठमाडौं । डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies