Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

अनि फेरियो साँखगाउँको मुहार

खबरडबली संवाददाता

रुकुमपश्चिम । रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ । माथिपट्टि अग्ला भिरपहरा अनि बीच भाग हुँदै रुकुम पूर्व जोडिएको मध्यपहाडी लोकमार्ग छेवैमा छ साँखगाउँ ।

मध्यपहाडी राजमार्गको माथिपट्टिको गाउँलाई ‘माथिगाउँ’ भनिन्छ भने तल्लो गाउँलाई ‘तलिगाउँ’ भनिन्छ । परम्परागत शैलीमा ढुङ्गा, माटो तथा खरको छानाले निर्माण गरिएका घर साँखगाउँमा देख्न सकिन्छ ।

 विकासक्रमसँगै पछिल्लो समयम गाउँमा सरिया, सिमेन्ट प्रयोग गरेर पक्की घरहरु निर्माण पनि भइरहेका छन् । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टम्म मिलेका घरहरु र गाउँको बीच भागमा रहको दह, अनि मध्यपहाडीदेखि आधा घण्टाको दूरीमा उकालो हिँडेपछि पुगिने ठूली दहले जो कोहीलाई आकर्षित गर्छ ।

यस दहमा हरेक वर्ष माघ १५ गते राति पापिनी मेला मेला लाग्ने गर्छ । मेलामा पालोअनुसार नाट्य रुपमा एक साल माथि गाउँबाट र अर्को साल तलिगाउँबाट किशोरकिशोरीबीच विवाह हुन्छ । अनि पापिनी मेला सम्पन्न हुन्छ । यो परम्पराले साँखगाउँलाई थप प्रचारमा सहयोग पुर्याएको छ ।

मध्यपहाडी छेवैमा रहेकाले मानिसहरु साखँगाउँ र दह अवलोकन गर्न आउने गर्दछन् । साँखगाउँमा झण्डै तीन सय ५० घर रहेका छन् । यहाँ विषेशगरी गहुँ, जौ र मकै राम्रो उत्पादन हुने गरेको छ । यहाँका नागरिकको मुख्य पेसा भनेको कृषि, पशुपालन र व्यापार–व्यवसाय नै हो । पछिल्लो समय मध्यपहाडी राजमार्ग सञ्चालन आएसँगै घरघरै व्यापार–व्यवसाय गर्ने व्यक्तिको सङ्ख्या पनि बढेको छ ।

रुकुम पश्चिमको पूर्व भूभागमा पर्ने साँखगाउँ जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाबाट नजिकै पर्छ । मुसिकोट नगरपालिका–७ मा अवस्थित साँखगाउँ मध्यपहाडी राजमार्गले सुगम मात्र बनाएको छैन, आर्थिक रुपमामा पनि सहज बनाएको छ । केही दशकदेखि पहिले दुर्गमको महसुुुस गरिरहेको साँखगाउँ जिल्ला सदरमुकाम नजिक हुनु र मध्यपहाडी राजमार्ग सञ्चालनमा आउनुले यस क्षेत्रको मुहार फेरिएको छ ।

मध्यपहाडी राजमार्ग साँखमा नजोडिँदा भने जिल्ला सदरमुकाम खलङ्गा पुगेर राप्ती राजमार्ग हुँदै काठमाडौँ जानुपर्ने बाध्यता थियो । अहिले भने घर छेवैबाट मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँ पुग्न सकिने स्थानीय विकास पाण्डेले बताउनुभयो । राप्ती राजमार्ग सल्यान–दाङ हुँदै काठमाडौँ जाने दूरी लामो भएकाले बसमा दुई दिनसम्म समय लाग्थो, मध्यपहाडीबाट भने रुकुम पूर्व–बागलुुङ–पोखरा हुँदै काठमाडौँ एक दिनमा पुग्ने गरेको उनले सुनाए ।

मध्यपहाडी सञ्चानलन नहुँदासम्म रुकुम पश्चिम र रुकुम पूर्वका नागरिक काठमाडौँ जानका लागि राप्ती राजमार्ग सल्यान दाङ हुँदै जानुपर्ने बाध्यता थियो । अब भने रुकुम पश्चिमका दूरी छोटो हुने र छिट्टै पुगिने भएकाले मध्यपहाडी राजमार्गको यात्रा गर्न मन पराउँछन् । सडक यातायातको पहुँचसँगै यहाँको चहलपहल बढेको छभने विकास निर्माणले पनि गति लिएको छ । गाउँमा पक्की भवन बन्न थालेका छन्भने परम्परात शैलीबाट निर्माण गरिएको घरहरु बिस्तारै लोप हुने अवस्था छन् ।

एक दशकभित्र आएको परिवर्तन देखेर स्थायीय ८० वर्र्षीय पूर्णबहादुर बुढा अचम्म पुर्नुभएको छ । एक दशक पहिलेसम्म कल्पना नै गर्न नसकिने घर अगाडिबाटै बस गुड्दा बुढालाई अचम्म लागेको छ ।

“विंस २०६२÷६३ तिर दैनिक उपभोग्य सामग्री ल्याउनका लागि एक महिना पैदल हिँडेर दाङको कोइलावास, नेपालगञ्जलगायत ठाउँबाट घरमा उत्पादन भएको घ्यू बिक्री गरेर नुन, चामल उपभोग गर्नुपर्ने अवस्था थियो । अहिले त पैसा भएपछि घरभित्रै खाद्यान्न सामग्री आइपुग्छ । यस्तो सुविधा हाम्रो पालामा आउला भने लागेको थिएन,” बुढाले भने । पहिले दाङ नेपालगन्ज गएर गाडी देखिएको स्मरण गर्दै आजभोलि घरछेवैमा गाडी गुढ्दा खुसी लागेको उनले बताए ।

“पहिले मीठो खान दसँैतिहार पर्खिनुपथ्र्यो, अहिले त दिनैपिच्छे आफूलाई जे खान मन लाग्छ गाउँमै पाइन्छ, पहिले त्यस्तो थिएन दालभात खान पनि दसैँ, तिहार पर्खिनुपथ्र्यो,” स्थानीय ६५ वर्षीय मनकला थापाले भने ।

पछिल्लो समयको विकास देखेर भने उहाँ पनि खुसी हुन्हुन्छ । आफ्नो पालामा भोग्नुपरेका समस्याका बारेमा युवालाई बताउने गरेको र आजको विकास निर्माणले केही हदसम्म जनजीवनमा परिर्वतन ल्याएको थापा बताउँछन् ,

साँखगाउँ जिल्ला सदरमुकाम नजिक रहेकाले पनि शिक्षा, स्वास्थ्य र अन्य विकास निर्माणसँगै पर्यटकीय हिसाबले पनि जोडिन थालेको छ । गाउँमै माध्यमिक तहको पढाइ, गाउँमै स्वास्थ्य एकाइ केन्द्र, सुरक्षाका हिसाबले गाउँमै प्रहरी चौकीले पनि यहाँका नागरिकलाई सहज भएको छ ।

प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम आउनुपर्यो भने पनि आधा घन्टामा जिल्ला सदरमुकाम पुगिन्छ । गाउँमै अटोरिक्सा सञ्चालन भएकाले गाडी पर्खिनुपर्ने समस्या पनि स्थानीयलाई छैन् ।

शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारले हिसाबले साँखगाउँ अगाडि बढेको छ । विद्युतीकरणका हिसाबले पनि साँखगाउँ केन्द्रीय लाइनको पहँुचमा रहको छ । गाउँमै व्यापार–व्यवसाय गर्न सके गाउँमै आर्थिक समृद्धि गर्न सकिने हुँदा युवा विदेश पलायन रोक्न सकिने उनको भनाइ थियो ।

साँखगाउँमा खाद्यान्न बाली गहुँ, जौ, मकैबाहेक तरकारी खेती पनि राम्रो हुने गरको छ । गाउँमा उत्पादन भएको तरकारी बिक्रीमा भने बजारको समस्या नरहेको पाण्डे बताए । बजारीकरणका लागि सडक सञ्जालले पनि ठूलो सहयोग पुर्याएको छ ।

यहाँका स्थानीयहरु गाई, भैँसी, बाख्रा, कुखुरापालन र कृषि पेसा नै मुख्य आयस्रोत हो । मध्यपहाडी राजमार्गले यहाँको जनजीवन परिर्वतन गर्न ठूलो भूमिका खेलेको छ । राजमार्गकै कारण साँखमा रहेका पर्यटकीय ठाउँको पनि प्रचारमा सहयोग पुगेको वडाध्यक्ष एक्कबहादुर पाण्डेले बताए ।

साँखगाउँलाई पर्यटकीय हिसाबले अझ व्यवस्थित गर्न मुसिकोट नगरपालिका र वडा कार्यालय लागिपरेका उनले बताए । “साँखगाउँलाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न, साँख दह संरक्षण तथा भौतिक संरचना निर्माणमा निरन्तर लागिरहेका छौँ । यस क्षेत्रमा पर्यटक भित्र्याई गाउँलाई आर्थिक रुपमा समृद्ध बनाउने हाम्रो योजना छ”, उनले भने ।

दहमा लिफ्टिङ प्रविधिमार्फत पानी ल्याई डुङ्गा सञ्चालन र माछापालन गरी यहाँको आर्थिक विकास गर्ने वडाको योजना छ । “पर्यटन प्रवद्र्धनका लागि साँख दहबाट दुलीदसम्म केबलकार सञ्चालन गर्ने पनि योजना रहेको छ, केही वर्षमै योजना पूरा गर्छौं र यहाँका स्थानीयलाई आर्थिक रुपान्तरमा जोडछौँ,” वडाध्यक्ष पाण्डेले भने ।

दहलाई संरक्षण गर्न मुसिकोट नगरपालिका पनि लागिपरेको छ । गत वर्ष मात्र दह संरक्षणका लागि सङ्घीय ससर्त अनुदानअन्तर्गत रु ५४ लाखमा दहको चारैतिर पदमार्ग निर्माण, रेलिङ, प्रतीक्षालय र द्वार निर्माण गरिएको थियो ।   

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending