बेनी । म्याग्दी जिल्ला अदालतले बेनीमा करिब एक महिनाअघि भएको हत्या आरोप लागेका पाँच नाबालक आरोपीलाई पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको छ । रघुगंगा गाउँपालिका—१ बेग घर भई बेनी नगरपालिका— ८ पिपलचोक बस्ने २१ वर्षीय सुशील गर्बुजालाई गत माघ ११ गते बेनी नगरपालिका— ८ न्युरोडमा चक्कु प्रहार गरी हत्या गरेको आरोप लागेका १७ जनामध्ये ५ जना नाबालकलाई पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश गरेको हो।
जिल्ला अदालत म्याग्दीका श्रेस्तेदार भोलाराज रेग्मीले अदालतमा उपस्थित भएका पाँचजना नाबालकलाई बयान गरेर पुर्पक्षका लागि सुधारगृहमा पठाउने आदेश भएको जानकारी दिए। जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले परिवर्तित नाम ४३ (ब), ४३ (त), ४३ (फ), ४३ (भ), ४३ (ड) लाई सुधारगृहमा पठाउन आदेश दिएका हुन्। ४३(ध) र ४३ (ह) परिवर्तित नाम गरेका आरोपी फरार छन् । १८ वर्षभन्दा कम उमेर भएकाले नाम सार्वजनिक नगरिएका उनीहरूलाई सुधार गृहमा पठाइएको श्रेस्तेदार रेग्मीले बताए ।
‘१० जना वयस्कमध्ये ८ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको र पाँच जनाको थुनछेक बहस भएको बताउँदै बाँकी तीन जनाको बहस सकिएपछि एकमुष्ठ आदेश हुने उनले बताए ।
धवलागिरी गाउँपालिका— ४ खिवाङका २१ वर्षीय अमृत पुर्जा, रघुगंगा गाउँपालिका— ७ चिमखोलाका १९ वर्षीय उत्सव पुन, मंगला गाउँपालिका— २ का प्रविन जीसी, बेनी नगरपालिका— ९ का १८ वर्षीय सविन राई र रघुगंगा गाउँपालिका— २ का १८ वर्षीय सञ्जन खत्रीको थुनछेक बहस भएको हो ।
धवलागिरि गाँउपालिका— ४ का २२ वर्षीय शंकर घर्ती, बेनी नगरपालिका— ५ का २४ वर्षीय सफल खत्री, जलजला गाउँपालिका— ३ पर्वतका १८ वर्षीय सोहन बरुवालको थुनछेक बहस हुन बाँकी छ। श्रेस्तेदार रेग्मीका अनुसार आरोपित वयस्कहरूमध्ये मनिष तिलिजा र एम भनिने गगनबहादुर गर्बुजा फरार छन्।
प्रहरीको अनुसन्धान प्रतिवेदन र मिसिलको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत म्याग्दीमा घटनाका आरोपितहरूको विरुद्धमा मुद्दा दर्ता भएको थियो। जिल्ला प्रहरी कार्यालय, म्याग्दीले गर्बुजाको हत्यामा संलग्न भएको आरोप लागेका १७ जनाविरुद्ध जन्मकैदको सजायको माग दाबीसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा फागुन ३ गते बुझाएको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का, मेडिकल रिपोर्ट, साक्षी, प्रत्यक्षदर्शी, आरोपितको बयान, सीसीटीभी फुटेज, सर्वसाधारणले खिचेका तस्बिर र भिडियोलगायतलाई आधार मानेर घटनाको अनुसन्धान प्रतिवेदन तयार पारेको जनाएको छ।
यस घटनाको अनुसन्धान प्रहरी निरीक्षक कुमार गुरुङको नेतृत्वमा भएको थियो। ३१ जना साक्षीहरूको बयान लिइएको छ। ४ जना फरारको खोजीलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: