Khabar Dabali २५ जेष्ठ २०८३ सोमबार | 8th June, 2026 Mon
Investment bank

वीरगन्जमा लगाइएको कर्फ्यू ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइयो

खबरडबली संवाददाता

पर्सा। वीरगन्जमा सोमबारदेखि लगाइएको कर्फ्यू बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको छ। बुधबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्ज महानगर क्षेत्रमा सोमबार साँझ ५ बजेदेखि जारी गरिएको कर्फ्यू आदेश बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाउने निर्णय गरेको हो।

वीरगन्जमा सोमबारदेखि दुई फरक धर्म समुदायबिचको द्वन्द्वका कारण उत्पन्न तनावको स्थिति साम्य हुदै गएकोले सर्वसाधारण नागरिकको सुविधा र सहजतालाई मध्यनजर गरी अर्को आदेश नभएसम्मका लागि सोमबार साँझदेखि जारी गरिएको कर्फ्यू आदेश बुधबार बिहान ११ बजे देखि राति १० बजेसम्मका लागि हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।

यसअघि मंगलबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने बुधबार बिहान ६ बजेदेखि बिहान ११ बजेसम्मका लागि मात्र कर्फ्यू खुल्ला गरिने र बिहान ११ बजेपछि पुन कर्फ्युलाई यथावत राख्ने निर्णय गरेको थियो ।तर बुधबार बिहान १० बजे फेरि बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने अवस्था सामान्य बन्दै गएको देखेपछि बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु हटाउने निर्णय गरेको भुसालले बताए ।

यसअघि मंगलबार राति जिल्ला प्रशासन कार्यालयमा हिन्दु समाज पर्सा र स्थानीय प्रशासनबिच तनावग्रस्त बनेको वीरगन्जको अवस्था साम्य पार्न सहमति भएको थियो।उक्त सहमतिमा मंगलबार दिउँसो सर्वदलीय(सर्वपक्षीय बैठकले गरेका पाँच बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो ।

वीरगन्जमा सोमबार हिन्दु धर्मको झण्डा च्यात्ने, फरक धर्मका समुदायलाई गालीगलौज र धम्की दिनेहरुलाई पक्राउ गरि प्रहरीले कारबाही गर्ने सहमतिपनि म‌गलबारराति स्थानीय प्रशासनसंग भएको हिन्दु समाजका अगुवा रन्जित साहले जानकारी गराएका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियन गेम्स क्वालिफायरको उपाधि नेपालले जित्यो, हङकङ १९ रनले पराजित

काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअ...

विश्वकपमा सहभागी हुन विदेश जाने तयारीमा रहेका एन्फा अध्यक्ष र महासचिवलाई राखेपले लगायो रोक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार ...

नेप्से ओरालो, डेढ अर्बमै खुम्चियो कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। यससँगै नेप्से २,७३५ अंकमा झरेर बन्द भएको छ। यसअघि बिहीबार १३ अंक र शुक...

प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आज सोमबार सवा १ बजेका लागि १५ मिनेट स्थगित गरिएको बैठक त्यसपछि वि...

एसियन गेम्स क्वालिफायर: हङकङले नेपाललाई १८९ रनको लक्ष्य दियो

काठमाडौं । सिंगापुरस्थित सिङ्गा ओभल मैदानमा जारी एसियन गेम्स क्वालिफायरको उपाधि भिडन्तमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर...

प्रधानमन्त्री बालेनको अभिव्यक्ति विवादपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले “नेपालले भारतको सीमा मिचेको छ” भन्ने अभ...

अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्न सांसद शाहीको माग

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्ने माग संसद्मै उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले क...

प्रधानमन्त्री बालेनको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने सांसद हर्कराज राईको अडान

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा आएर आफ्नो सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनु...

प्रधानमन्त्रीले भुल सुधार र क्षमा याचना गर्न एमालेको अडान

काठमाडौं । नेकपा एमालेले नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा आपत्ति जनाउँदै क्षमायाचनाको माग गरेको छ। सोमबार प्रति...

प्रतिनिधिसभामा विपक्षी अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन्। केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध जनाएपछि बैठक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending