काठमाडाैं । इटालीमा गर्भवती भएको नाटक गर्दा एक महिलालाई महँगो साबित भएको छ ।
वास्तवमा २४ वर्षभित्र १७ पटकसम्म गर्भवती भएको नाटक गरेको खुले पछि उनी पक्राउ परेकी छिन् । हाल उनी इटलीको जेलमा दिन बिताइरहेकी छिन ।
समाचार अनुसार कार्यालयको कामबाट बिदा लिन र सरकारबाट सुत्केरी भत्ता लिन महिलाले आफ्ना ५ सन्तान रहेको र १२ वटा गर्भपतन गराएको बताएकी थिइन् ।
ती महिलाको नाम बारबरा हो, जो अहिले ५० वर्षकी भएकी छिन् । यस मामलामा यो भनिएको छ कि उनको गर्भावस्थाका बच्चाहरु मध्ये कुनै पनि सरकारी अभिलेखमा दर्ता गरिएको छैन, न त कुनै अधिकारीले देखेका नै छन् ।
समाचार अनुसार ती महिलाको पार्टनर, डेभिड पिज्जिनाटो, ५५ ले पुलिसलाई स्वीकार गरे कि उनलाई थाहा थियो कि उनी गर्भवती छैनन भन्ने तर उनले झुटो कुरा बोलिरहे ।
स्थानीय आउटलेट क्लारिनमा उल्लेख भएकाे समाचार अनुसार न्यायाधीशहरूले डेभिड पिज्जिनाटो अर्थात उनका सहयोगीलाइ निकै ध्यानमा राखेका थिए । अन्ततः उनीहरूले सजायमा याे लेखे कि ती महिलाले सार्वजनिक निकायलाई हानि पुर्याउने धोखाधडीको अपराध गरेकी छिन् ।
पिज्जिनाटोले हल्का सजायको बदलामा महिला विरुद्ध उजुरी दिएका थिए र ठगीमा उनको सहयोगीको रूपमा अभियोग लगाइएको छ । उता, महिला भने पाँच सन्तान जन्माएकाे र धेरै नै पटक गर्भपतन गराएकाे कुरामा अडिग रहेकी थिइन ।
यद्दपी, स्थानिय पत्रिका ला रिपब्लिकाका अनुसार क्लेरिनको रिपोर्टलाइ आधार मानेर ती महिलालाई ठगीको आरोप लगाइएको छ र उनले अब १ वर्ष ८ महिनाको जेल सजाय भोग्नु पर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: