काठमाडौं । नेपालीको कांग्रेसको जारी महासमिति बैठकमा ८ सय बढी नेताले ‘हिन्दु राष्ट्र’ को पक्षमा हस्ताक्षर गरेका छन् । बैठकमा उपस्थित भएका ८ सय महासमिति सदस्य र ३८ केन्द्रीय सदस्यले सनातन हिन्दु राज्य नेपाल कांग्रेसको नीति हुनुपर्ने पक्षमा हस्ताक्षर गरेका हुन् ।
सोमबारदेखि ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा नेपाली कांग्रेसका नेता शंकर भण्डारी नेतृत्वको सनातन हिन्दु राष्ट्र पुनर्स्थापना महाअभियानले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन गरेकाे छ । पार्टीका केन्द्रीय सदस्य, महासमिति सदस्य तथा कांग्रेसका कार्यकर्ताहरुले उत्साहजनक रुपमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको सो महाअभियानका केन्द्रीय सचिव तथा कांग्रेसका पूर्व महासमिति सदस्य भरतराज पौडेले बताए ।
बैठकमा एजेण्डाका रुपमा यो विषय प्रवेश गरेको छैन नि भन्ने हाम्रो प्रश्नमा पौडेलले कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण बहुमतको निर्णयलाई कार्यान्वयन गर्न सो हस्ताक्षर अभियानले बल दिने दाबी गरे । नेपालको भविष्य सनातन हिन्दूराष्ट्रतिर रहेको बताउँदै उनले यसले मात्र नेपालको दिगो शान्ति र विकासको आधार बन्ने दाबी गरे ।
पार्टीका केन्द्रीय स्तरका नेताहरुमा शंशाक कोइराला, रामहरी खतिवडा लगायतका नेताहरुले हस्ताक्षर गरेका छन् । नेता खतिवडाले हस्ताक्षर गर्दैमा हिन्दूराष्ट्र नहुने बताउँदै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताउँदै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखलले कांग्रेसका विभिन्न मञ्चहरुमा हिन्दु राष्ट्रको पक्षमा बिचार उठ्ने गरेको बताए । यो विषय कांग्रेसमा अनौपचारिक छलफलको विषयमात्र रहेको उनले बताए ।
यो अभियानलाई नेतृत्व गरिरहेका कांग्रेस नेता शंकर भण्डारी हिन्दु राष्ट्र नेपाल धर्मसँग मात्र सम्बन्धित नभई हाम्रो राष्ट्रियतासँग जोडिएको विषय भएकोले यसलाई नीतिको रुपमा अघि बढाउनुपर्ने बताए ।
उनले संविधान जारी गर्ने क्रममा त्रुटि भएकोले त्यसलाई सच्याउन, नेपाली जनताको भावना अनुसार चल्न र राष्ट्रियता बचाउनका लागि कांग्रेसले यो नीति लिनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: