Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

कांग्रेसका ८ सयभन्दा बढी नेताले गरे ‘हिन्दु राष्ट्र’ को पक्षमा हस्ताक्षर

खबरडबली संवाददाता

काठमाडौं । नेपालीको कांग्रेसको जारी महासमिति बैठकमा ८ सय बढी नेताले  ‘हिन्दु राष्ट्र’ को पक्षमा हस्ताक्षर गरेका छन् । बैठकमा उपस्थित भएका  ८ सय  महासमिति सदस्य र ३८ केन्द्रीय सदस्यले सनातन हिन्दु राज्य नेपाल कांग्रेसको नीति हुनुपर्ने पक्षमा हस्ताक्षर गरेका हुन् । 

सोमबारदेखि ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा नेपाली कांग्रेसका नेता शंकर भण्डारी नेतृत्वको सनातन हिन्दु राष्ट्र पुनर्स्थापना महाअभियानले  हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन गरेकाे छ । पार्टीका केन्द्रीय सदस्य, महासमिति सदस्य तथा कांग्रेसका कार्यकर्ताहरुले उत्साहजनक रुपमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको सो महाअभियानका केन्द्रीय सचिव तथा कांग्रेसका पूर्व महासमिति सदस्य भरतराज पौडेले  बताए ।  

बैठकमा एजेण्डाका रुपमा यो विषय प्रवेश गरेको छैन नि भन्ने हाम्रो प्रश्नमा पौडेलले कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण बहुमतको निर्णयलाई कार्यान्वयन गर्न सो हस्ताक्षर अभियानले बल दिने दाबी गरे । नेपालको भविष्य सनातन हिन्दूराष्ट्रतिर रहेको बताउँदै उनले यसले मात्र नेपालको दिगो शान्ति र विकासको आधार बन्ने दाबी गरे । 

पार्टीका केन्द्रीय स्तरका नेताहरुमा शंशाक कोइराला, रामहरी खतिवडा लगायतका नेताहरुले हस्ताक्षर गरेका छन् । नेता खतिवडाले हस्ताक्षर गर्दैमा हिन्दूराष्ट्र नहुने बताउँदै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताउँदै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखलले कांग्रेसका विभिन्न मञ्चहरुमा हिन्दु राष्ट्रको पक्षमा बिचार उठ्ने गरेको बताए । यो विषय कांग्रेसमा अनौपचारिक छलफलको विषयमात्र रहेको उनले बताए । 

यो अभियानलाई नेतृत्व गरिरहेका कांग्रेस नेता शंकर भण्डारी हिन्दु राष्ट्र नेपाल धर्मसँग मात्र सम्बन्धित नभई हाम्रो राष्ट्रियतासँग जोडिएको विषय भएकोले यसलाई नीतिको रुपमा अघि बढाउनुपर्ने बताए । 

उनले संविधान जारी गर्ने क्रममा त्रुटि भएकोले त्यसलाई सच्याउन, नेपाली जनताको भावना अनुसार चल्न र राष्ट्रियता बचाउनका लागि कांग्रेसले यो नीति लिनुपर्ने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending