Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

गाजामा तत्काल युद्धविरामको आह्वान गर्न नयाँ मस्यौदा प्रस्तावमा मतदान हुँदै

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले मङ्गलबार गाजामा तत्काल युद्धविरामको आह्वान गर्न नयाँ मस्यौदा प्रस्तावमा मतदान गर्दैछ । यस सन्दर्भमा तेस्रो अमेरिकी भिटोको खतरा हुँदाहुँदै पनि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले मानवीयता रक्षाका लागि यो प्रक्रिया गरिरहेको दावी गरिरहेको छ । 

अल्जेरियाले तयार गरेको दस्तावेजमा तत्काल मानवीय युद्धविरामको माग गरिएको छ । इजरायलले दक्षिणी गाजा पट्टीको शहर राफाहमा सर्ने तयारी गरिरहेको बेला मतदान भएको छ । आक्रमण रोक्नका लागि चौतर्फी दबाब बढिरहेको छ । मस्यौदा प्रस्तावले प्यालेस्टिनी नागरिकको कारुणिक विस्थापन तथा गैरमानवीय कार्यको विरोध गर्दै सबै हमास बन्धकहरूको रिहाइको माग पनि गरिरहेको छ । 

संयुक्त राज्य अमेरिका र इजरायलले अस्वीकार गरेका अन्य अघिल्लो प्रस्ताव जस्तै  नयाँ प्रस्तावले भने हमासको अक्टोबर  ७ मा  गरिएको आक्रमणको निन्दा गर्दैन । एफपी टोलीका अनुसार आक्रमणले दक्षिणी इजरायलमा लगभग १ हजार एक सय ६०  जनाको ज्यान लिएको छ । जसमा अधिकांश  निहत्था नागरिक रहेका छन् ।  

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार इजरायलको जवाफी अभियानमा महिला तथा बालबालिका सहित गाजामा २९ हजार भन्दा बढी मानिस मारिएका छन् । संयुक्त राज्य अमेरिकाले अल्जेरियाको प्रस्ताव स्वीकार्य नभएको चेतावनी दिँदै यसलाई भिटो  प्रयोग गर्ने धम्की दिएको छ ।

परिषद्को  कार्यले  परिस्थितिजन्य  मद्दत गर्ने विषयमा  विश्वास नगर्ने  संयुक्त राष्ट्रसंघका लागि अमेरिकी उप राजदूत रोबर्ट वुडले सोमबार बताए । उनले प्रस्ताव मतदानमा आएमा अगाडि नबढ्ने उल्लेख गरे । वुडका अनुसार  युद्धविराम प्रस्ताव पारित भएपछि जारी नाजुक कूटनीतिक वार्ताले गाजाबाट बन्धकहरूको रिहाइ प्रक्रियालाई खतरामा पार्नेछ ।

संयुक्त राज्य अमेरिकाले यसको सट्टा वैकल्पिक मस्यौदा प्रस्तुत गर्ने एएफपीले सोमबार उल्लेख गरेको छ।  यद्यपि  उक्त प्रस्तावमा समावेश गरिएको  युद्धविराम शब्दको संयुक्त राज्य अमेरिकाले पहिले बेवास्ता गर्दै अक्टोबर – डिसेम्बरमा दुई ड्राफ्टहरू माथि भिटो  प्रयोग गरेको थियो । अमेरिकाको उक्त कदमबाट तत्काल युद्ध विराम हुने कुनै छनक देखिएको छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending