रौतहट । लामो रस्साकसी पछी रौतहटको फतुवा विजयपुर सातौं नगरसभा सम्पन्न भएको छ । ४८ करोड भन्दा बढीको बजेट पारित गर्दै फतुवा बिजयपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको हो ।
कार्यवाहक मेयर अम्बेया खातुनको अध्यक्षतामा फतुवा विजयपुरको सातौं नगरसभा नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको छ । सातौं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले नगरसभामा चालु आर्थिक वर्ष २०८०र ८१ का लागि कुल ४८ करोड पाँचलाख ८८ हजार दुई सय रूपैयाको बजेट सर्वजनिक गरेका थिए। नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान,पुँजीगत अनुदान गरी जम्मा ३२ करोड ४१ लाख १२ हजार विनियोजन गरिएको छ ।
संघीय राजस्व बाँडफाँटबाट नौ करोड ८२ लाख १४ हजार २ सय, मालपोत दस्तुर बाट ३० लाख, जग्गा रजिष्ट्रेशन बाँडफाँड बाट एककरोड २० लाख, प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर बाट २५ लाख र समानीकरण अनुदान रु। ८० लाख ६२ हजार, समपुरक अनुदान २० लाख, विशेष अनुदान ३० लाख, सशर्त पूँजिगत ८० लाख, आन्तरिक श्रोत बाट एककरोड ५० लाख र सडक बोर्ड बाट प्राप्त हुने अनुदान ४७ लाख रहेको उपसचिव प्रधानले बाचन गरेका थिए।
अधिकृत प्रधान नगर सभाले शिक्षा , स्वास्थ्य , भौतिकपूर्वधार , कृषी र खानेपानी लगाएका क्षेत्रलाई विशेष प्रथमिकता दिएको बताएका थिए। सम्पन्न नगरसभामा ११ वटै वडाका अध्यक्ष सहित कार्यपालिकाको बहुमत सदस्यको उपस्तिति रहेको थियो । निलम्बित मेयर गोपाल प्रसाद यादव भने अनुपस्थित रहेका थिए। लालबकैया नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भएर बिशेष अदालतले १५ लाख जरिवाना र ३ बर्ष कैदको फैसला सुनाएको थियो। फैसला संगै पछि मेयर यादवको पद धरापमा परेपछि उपमेयर खातुन कार्यवाहक बनेकी थिइन्।
कार्यबाहक जिम्मेवारी पाएपछि खातुन र कांग्रेस पार्टीबाट निर्वाचित ७ जना वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुसँग सहमति नहुँदा ७ महिना ढिलो नगरसभा भएको छ। गत असार १० गतेभित्र हुनुपर्ने नगरसभा समयमा हुन नसक्दा त्यहाँ कार्यरत ३५० भन्दा बढी शिक्षक कर्मचारी गत साउन देखि तलब पाउन सकेका छैनन्। नेपाली कांग्रेस पार्टीको टिकटबाट, मेयर, उपमेयर,७ जना वडा अध्यक्षसहित नगरपालिकामा पूर्ण बहुमत हुँदा पनि पार्टीभित्रै आन्तरिक खिचलोको कारण उनीहरूबीच सहमति हुन सकेको थिएन। वडा अध्यक्ष राजेश यादवसहितले कार्यबाहक मेयर खातुनमाथि एकोहोरो गर्न खोजेको आरोप लगाएका थिए।
उता मेयर खातुनले कांग्रेस पार्टीको ठूलो नेताको ईशारामा आफूलाई असफल बनाउन पटक पटक षड्यन्त्र भइरहेको बताउँदै आएकी छन्। प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको पहलबाट गत कार्तिकमा सामाजिक सुरक्षाभत्ता वितरण गरिएको थियो। फतुवा विजयपुर नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति एवं प्रदेश सांसद सुनिलकुमार यादव (जितेन्द्र)को गृह नगर हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: