काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई द्वन्द्वपीडितले सात बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । सत्य, न्याय, परिपुरण, स्मृति र सामाजिक न्यायका लागि पीडितहरूको राष्ट्रिय अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको ध्यानाकर्षण पत्रमा संसद्को कानून, न्याय तथा मानव अधिकार समिति र संसद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने विषयलाई मुख्य अजेन्डा बनाई चालु अधिवेशनबाट पारित गर्न माग गरिएको छ।
पीडितहरूको सक्रिय सहभागितामा विश्वसनीय आयोगहरू स्थापना गर्न, परिपुरण नीति तथा कोष निर्माण गरी परिपुरणका कार्यक्रमलाई संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा पीडितहरूको परिचालन तथा सहभागिता सुनिश्चित हुनेगरी तत्काल लागू गर्न अभियानले ध्यानाकर्षण गराएको छ।
यस्तै, कुनै पनि बहानामा पीडितहरूको दैनिक आवश्यकता, प्राथमिकता र लामो पर्खाइलाई बेवास्ता गरी संक्रमणकालीन न्याय प्रक्रियालाई नलम्ब्याउन र राजनीतिक स्वार्थपूर्ति तथा लेनदेनका नाममा वर्षौंदेखि अन्याय र पीडामा बाँच्न बाध्य भुइँतहका पीडितहरूको सत्य, परिपुरण, सामाजिक सम्मान र न्यायका मागहरू अविलम्ब सम्बोधन गर्नुपर्ने माग राखिएको छ।
छिटो सत्य र परिपुरण दिनुपर्ने, पीडित केन्द्रित संक्रमणकालीन न्याय प्रक्रियामा सहयोगी र पीडितहरूको सामूहिक अभियानमा साथ दिन सरकार, राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायलाई पनि अभियानले अपिल गरेको छ।
ध्यानाकर्षण बुझाउन गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जाल, द्वन्द्वमा बलात्कार पीडित महिलाहरूको राष्ट्रिय संगठन, द्वन्द्व पीडित साझा चौतारी, राष्ट्रिय स्मृति सञ्जाल, बेपत्ता परिवार राष्ट्रिय सञ्जाल, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, द्वन्द्वपीडित समिति (सीभीसी), सामाजिक न्याय समिति, द्वन्द्व प्रभावित सरोकार केन्द्र, दाङ, जनयुद्धका शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशन, बेपत्ता योद्धा परिवार समाज, शहीद परिवार समाज, शहीद तथा बेपत्ता स्मृति प्रतिष्ठान, घाइते तथा अपांगता भएकाहरूको राष्ट्रिय सञ्जाल र राप्ती सोनारी द्वन्द्वपीडित सञ्जालका प्रतिनिधि पुगेका थिए ।
ध्यानाकर्षण पत्र बुझ्ने क्रममा प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा केही दिन सहमतिको प्रयास गर्ने र त्यसपछि प्रक्रियामा अगाडि बढ्ने जानकारी दिएको गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जालका रामकुमार भण्डारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: